• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

खराब मौसमका कारण श्रीलङ्काका सबै विद्यालय बन्द

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

इजरायली प्रधानमन्त्री नेतान्याहुलाई आफ्नै आधारको मत विभाजनको चुनौती


  •   बिहिबार, भदौ १८, २०८३ मा प्रकाशित
  • जेरुसेलम । अक्टोबर २७ मा हुने आमनिर्वाचनमार्फत पुन : सत्तामा फर्कने प्रयास गरिरहनुभएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई प्रमुख विपक्षीभन्दा आफ्नै समर्थक दलबीचको मत विभाजन ठूलो चुनौती बनेको छ ।

    Advertisement

    निर्वाचनमा नेतान्याहु समर्थक साना दलहरूको सङ्ख्या बढेसँगै उहाँको आधारभूत मत विभाजित हुने जोखिम बढेको हो ।

    सरकारका कट्टरपन्थी मन्त्री इटामार बेन–गभिर र बेजलेल स्मोट्रिचले नेतृत्व गरेका दलसमेत अलगअलग चुनावी प्रतिस्पर्धामा छन् । नेतान्याहुले वैचारिक रूपमा निकट दलहरूलाई एकीकृत हुन आग्रह गर्दै ‘हामी एकजुट हुँदा जित्छौँ, विभाजित हुँदा हार्छौं’ भन्नुभएको छ ।

    इजरायलको निर्वाचन प्रणालीअनुसार संसद्को १२० मध्ये सिट जित्न कुनै दलले कम्तीमा ३.२५ प्रतिशत मत ल्याउनुपर्छ । कुनै दल उक्त सीमाभन्दा तल रहेमा उसका मत सिटमा परिणत हुँदैनन् । त्यसैले साना दलको मत विभाजनले नेतान्याहु नेतृत्वको गठबन्धनलाई आवश्यक ६१ सिटको बहुमत जुटाउन कठिन बनाउन सक्छ ।

    नेतान्याहुले करिब १७ वर्ष इजरायली राजनीतिमा प्रभाव राख्नुभएको छ । उहाँको पछिल्लो कार्यकाल हमासको अक्टोबर ७, २०२३ को आक्रमण, त्यसपछि गाजा, लेबनान र इरानमा भएका सैन्य सङ्घर्ष तथा सरकारविरुद्धका प्रदर्शनले प्रभावित बनेको छ । यी घटनाका कारण सरकारप्रति जनअसन्तुष्टि बढेको विभिन्न सर्वेक्षणले देखाएका छन् ।

    सन् २०२२ मा एउटै सूचीबाट चुनाव लडेका स्मोट्रिचको ‘रिलिजियस जियोनिज्म’ र बेन–गभिरको ‘यहुदी पावर’ यसपटक अलग प्रतिस्पर्धामा छन् । लिकुड पार्टीका पूर्वसदस्यहरूको नेतृत्वमा रहेका साना दल र पूर्व सैन्य जनरलको नेतृत्वमा बनेको राजनीतिक सूचीले पनि उही मतदातालाई आकर्षित गरिरहेका छन् ।

    सन् २०२१ मा साना दलले आवश्यक मतसीमा पार गर्न नसक्दा भएको मत विभाजनले नेतान्याहुको पराजयमा योगदान गरेको थियो भने सन् २०२२ मा विपक्षीबीचको प्रतिस्पर्धाले उहाँलाई पुन : सत्तामा फर्कन सहज बनाएको थियो । त्यसैले यसपटक पनि साना दलको प्रदर्शन उहाँका लागि निर्णायक बन्न सक्नेछ ।

    निर्वाचनअघि दलहरूलाई सेप्टेम्बर ८ सम्म एकीकरण गर्ने, प्रतिस्पर्धाबाट बाहिरिने वा अलगै चुनाव लड्ने निर्णय गर्नुपर्नेछ । बुधबार एउटा सानो दल स्मोट्रिचको सूचीमा सहभागी हुन सहमत भएको छ ।

    निर्वाचन नजिकिँदै जाँदा नेतान्याहुले आफ्ना समर्थकलाई एकताबद्ध हुन आग्रह गर्दै आफूले मात्र हमासलाई पराजित गर्न र प्यालेस्टिनी राज्य स्थापना रोक्न सक्ने दाबी गर्नुभएको छ । उहाँले विपक्षीलाई ‘वामपन्थी’ भन्दै उनीहरू सत्तामा आए देशका लागि गम्भीर परिणाम आउने चेतावनी दिनुभएको छ ।

    यसपटक नेतान्याहुका लागि विपक्षीलाई पराजित गर्नुजत्तिकै आफ्नै राजनीतिक आधारलाई विभाजित हुनबाट जोगाउनु महत्त्वपूर्ण बनेको छ । साना दलबीचको एकता वा विभाजनले उहाँको पुनः सत्तारोहणको सम्भावनामा प्रत्यक्ष प्रभाव पार्न सक्ने देखिएको छ ।

    बिहिबार, भदौ १८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते
    जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • २.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ३.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ४.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ५.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ६.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    • ७.
      अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

    • ८.
      भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.