• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

चिनियाँ एजेन्ट बनेको आरोपमा पत्रकारलाई जेल सजाय


  •   बिहिबार, भदौ १८, २०८३ मा प्रकाशित
  • वासिङ्टन । चिनियाँ सरकारका लागि अमेरिकाभित्र गैरकानूनी रूपमा विदेशी एजेन्टका रूपमा काम गरेको अभियोगमा अमेरिकी पत्रकार थोमस वेयर पाउकेन द्वितीयलाई सङ्घीय अदालतले दुई वर्ष जेल सजाय सुनाएको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ ।

    Advertisement

    एकाउन्न वर्षीय पाउकेनले यस वर्षको सुरुआतमा अभियोग स्वीकार गर्नुभएको थियो । अदालतले उहाँलाई जेल सजायपछि ३६ महिना निगरानीमा राख्ने र सो अवधिमा विदेश यात्रा गर्न नपाउने आदेशसमेत दिएको छ । उहाँका वकिल चार्ल्स बर्नह्यामका अनुसार पाउकेनले फैसलाविरुद्ध अपिल नगर्ने निर्णय गर्नुभएको छ ।

    वासिङ्टन र बेइजिङबीच तनाव बढिरहेका बेला चिनियाँ सरकारका लागि कानूनी रूपमा आवश्यक खुलासा नगरी काम गरेको आरोपमा भएको यो पछिल्लो अमेरिकी सङ्घीय अभियोजन हो । राष्ट्रिय सुरक्षाका लागि सहायक महान्यायाधिवक्ता जोन ए। आइसेनबर्गले पाउकेनले चिनियाँ राज्य सुरक्षा मन्त्रालय (एमएसएस) का लागि संवेदनशील सूचना सङ्कलन, व्यक्ति भर्ती र अन्य गतिविधिमा सहयोग गरेको आरोप लगाउनुभयो ।

    पाउकेनले सन् २०१० मा चीन गएपछि सिसिटिभीसहित विभिन्न चिनियाँ सञ्चारमाध्यममा पत्रकारका रूपमा काम गर्नुभएको थियो । सन् २०२४ देखि उहाँ चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वामा सम्पादकका रूपमा कार्यरत हुनुहुन्थ्यो ।

    अदालतमा पेस गरिएको शपथपत्रअनुसार कम्तीमा सन् २०१९ देखि पक्राउ पर्नुअघिसम्म पाउकेनले ‘क्याथी’ नामले चिनिने एक व्यक्तिको निर्देशनमा काम गर्नुभएको थियो । न्याय मन्त्रालयका अनुसार उहाँले उक्त कामबापत कम्तीमा एक लाख अमेरिकी डलर प्राप्त गर्नुभएको थियो । उहाँलाई संवेदनशील सूचना उपलब्ध गराउन सक्ने व्यक्तिहरू भर्ती गर्नसमेत निर्देशन दिइएको थियो ।

    पाउकेनले चिनियाँ पक्षलाई कुनै वर्गीकृत सूचना नदिएको उहाँका वकिलले बताउनुभएको छ । पाउकेनले भने आफूमाथिको जिम्मेवारी स्वीकार गर्दै अदालतको सजाय सम्मान गर्नुभएको छ ।

    अमेरिकी अधिकारीहरूले उहाँलाई जनवरी २०२५ मा अमेरिका फर्कने क्रममा रोकेर सोधपुछ गरेका थिए । उहाँलाई गत फेब्रुअरीमा पक्राउ गरिएको थियो ।

    टेक्सासका पाउकेनले चीनमा काम गर्दा ‘टम म्याकग्रेगर’ उपनामसमेत प्रयोग गर्नुभएको थियो । उहाँले अमेरिका–चीन सम्बन्ध र चीनको सेन्जेन सहरबारे दुई पुस्तक प्रकाशित गर्नुभएको छ ।

    बिहिबार, भदौ १८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम
    लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • २.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ३.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ४.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ५.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ६.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ७.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    • ८.
      अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.