• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

रुसले इरानलाई सुपरसोनिक मिसाइलमा सघाउँदै


  •   बुधबार, भदौ १७, २०८३ मा प्रकाशित
  • लन्डन, १७ भदौ । रुसले इरानलाई उन्नत सुपरसोनिक क्रुज मिसाइल विकास गर्न गोप्य रूपमा सहयोग गरिरहेको पाइएको छ । फाइनान्सियल टाइम्सका अनुसार सन् २०२३ देखि सञ्चालनमा रहेको ‘सी४३०एल’ नामक बहुवर्षीय कार्यक्रममा रुसका अनुभवी मिसाइल विशेषज्ञ संलग्न छन् । कार्यक्रमअन्तर्गत इरानलाई ध्वनिको गतिभन्दा कैयौँ गुणा तीव्र गतिमा उड्न सक्ने मिसाइलका लागि आवश्यक रामजेट इन्जिन प्रविधि विकास गर्न सहयोग भइरहेको छ ।

    Advertisement

    रूसी पत्राचार, यात्रा विवरण र सैन्य पेटेन्टको विश्लेषणमा आधारित प्रतिवेदनअनुसार अमेरिका–इजरायल र इरानबीच सैन्य द्वन्द्व भइरहेका बेला पनि उक्त कार्यक्रम जारी रहेको थियो । इरानी मिसाइल विज्ञ तथा कन्फ्लिक्ट आर्मामेन्ट रिसर्चका वरिष्ठ विश्लेषक फेबियन हिन्जले यसलाई रुसबाट इरानतर्फ भएको अत्यन्त रणनीतिक सैन्य प्रविधिको महत्त्वपूर्ण हस्तान्तरणका रूपमा व्याख्या गर्नुभएको छ । उहाँका अनुसार यस्तो कार्यक्रम सञ्चालनका लागि रूसी नेतृत्वको उच्च राजनीतिक स्वीकृति आवश्यक हुन्छ ।

    रामजेट प्रविधि जहाजविरोधी तथा स्थल आक्रमण गर्ने क्रुज मिसाइलमा प्रयोग गर्न सकिन्छ । सुपरसोनिक मिसाइलले उच्च गति र कम उचाइमा उड्ने क्षमता प्रयोग गर्ने भएकाले हवाई तथा क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई त्यसको पहिचान र अवरोध गर्न कम समय मात्र उपलब्ध हुन्छ । खाडी क्षेत्रमा अमेरिकी तथा सहयोगी सेनाका उन्नत प्रतिरक्षा प्रणाली तैनाथ रहेकाले यो प्रविधि इरानका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण हुन सक्ने प्रतिवेदनमा उल्लेख छ ।

    फाइनान्सियल टाइम्सका अनुसार इरानले रामजेट इन्जिन प्रणाली निर्माण र उडान परीक्षण गरिसकेको छ । यद्यपि रूसी सहयोगमा विकसित सुपरसोनिक क्रुज मिसाइल तैनाथ भइसकेको प्रमाण भने भेटिएको छैन । सीआईएका पूर्व इरानकेन्द्रित सैन्य विश्लेषक जिम ल्यामसनले यस्तो प्रविधिले इरानलाई अमेरिकी नौसेनाका जहाजविरुद्ध नयाँ स्तरको रणनीतिक क्षमता प्रदान गर्न सक्ने बताउनुभएको छ । चुहिएको रूसी पत्राचारले यस गर्मीयामसम्म पनि कार्यक्रमबारे छलफल भइरहेको देखाएको छ ।

    रुस र इरानबीच बढ्दो सैन्य सहकार्यका बीच यो विवरण सार्वजनिक भएको हो । इरानले रुसलाई ‘साहेद’ आक्रमण ड्रोन आपूर्ति गर्दै आएको छ र यी ड्रोन युक्रेनविरुद्धको रूसी युद्धमा प्रयोग हुँदै आएका छन् । पश्चिमी अधिकारीहरूले रुसले इरानलाई स्याटेलाइट तस्बिर, ड्रोन सहयोग र हतियारका सामग्री उपलब्ध गराएको आरोप पनि लगाउँदै आएका छन् ।

    यसैबीच, अमेरिकाले इरानी सैन्य संरचनाविरुद्ध आक्रमण तीव्र पारेको छ । अमेरिकी सेन्ट्रल कमान्डले इरानी हवाई प्रतिरक्षा, समुद्री खानी राख्ने क्षमता तथा सञ्चार संरचनालाई लक्षित गरी कारबाही गरिएको जनाएको छ । सेन्टकमका अनुसार हर्मुज जलघाँटीमा व्यापारिक जहाज र अमेरिकी सैनिकविरुद्ध आइआरजिसीले गरेको प्रयास आक्रमणपछि ती कारबाही भएका हुन् ।

    तर इरानी विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकी आक्रमणले सिरिकमा आयोजित विवाह समारोहलाई समेत निशाना बनाएको र त्यसबाट ५० भन्दा बढी व्यक्ति मारिएका वा घाइते भएको दाबी गरेका छन् । इरानको सरकारी समाचार संस्था इरनाले अमेरिकी आक्रमणको जवाफमा आइआरजिसी एयरोस्पेस फोर्सले जोर्डनस्थित अमेरिकी प्रिन्स हसन एयर बेसमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको दाबी गरेको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज आसपासका इरानी लक्ष्यविरुद्ध नयाँ आक्रमण सुरु गरिएको बताउनुभएको छ । इरानले जलघाँटीमा थप समुद्री खानी बिछ्याउने तयारी गरेको दाबी गर्दै उहाँले त्यसको जवाफमा कारबाही गरिएको बताउनुभएको हो । उहाँले अमेरिकी आक्रमणको जवाफमा इरानबाट हुने कुनै पनि प्रतिक्रियाको कडा प्रतिकार गरिने चेतावनी दिँदै तेहरानविरुद्ध अझ ठूलो कारबाही हुन सक्ने सङ्केतसमेत गर्नुभएको छ ।

    बुधबार, भदौ १७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.