• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

किएभनजिकै रुसी ड्रोन आक्रमणमा ३७ जनाको मृत्यु


  •   आइतबार, भदौ १४, २०८३ मा प्रकाशित
  • माइला, १४ भदौ । युक्रेनको राजधानी किएभनजिकै रहेको एक गोदाममा रुसी ड्रोन आक्रमण हुँदा ३७ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । गोदाममा गोलाबारुद तथा बारुदी सुरुङ भण्डारण गरिएको र आक्रमणपछि भएको विस्फोट तथा आगलागीले आसपासका दर्जनौँ घरमा क्षति पुगेको उनीहरूको भनाइ छ ।

    Advertisement

    बुचा जिल्लाको माइला गाउँमा शुक्रबार राति भएको आक्रमण यस वर्ष युक्रेनमा भएको सबैभन्दा घातक रुसी आक्रमण बनेको छ । स्थानीय क्षेत्रीय सैन्य प्रशासनका प्रमुख टिमुर टकाचेन्कोका अनुसार आगलागीका कारण कम्तीमा ५० आवासीय भवनमा क्षति पुगेको छ । मृत्यु हुनेमा ३४ जना वृद्ध तथा अपाङ्गता भएका व्यक्तिको स्याहार केन्द्रका बासिन्दा रहेको उहाँले बताउनुभयो । घटनापछि ३७० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

    युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मानिसको बस्ती नजिकै गोलाबारुद भण्डारण गरिएको विषयमा प्रश्न उठाउँदै घटनालाई ‘भयानक लापरबाही’ भन्नुभएको छ । उहाँले घटनाबारे आपराधिक अनुसन्धान सुरु गरिएको र दोषीलाई जवाफदेही बनाइने बताउनुभएको छ ।

    रुसको रक्षा मन्त्रालयले भने उक्त गोदाममा लामो दूरीका ड्रोनका लागि आवश्यक सामग्री तथा प्रक्षेपण उपकरण भण्डारण गरिएको भन्दै त्यही संरचनालाई लक्षित गरी आक्रमण गरिएको जनाएको छ ।

    यसैबीच, दक्षिणी खेरसन क्षेत्रमा रुसी आक्रमणबाट दुई जनाको मृत्यु हुनुका साथै एक बालबालिकासहित २७ जना घाइते भएको क्षेत्रीय अधिकारीहरूले बताएका छन् ।

    युक्रेनले पछिल्ला महिनामा रुसी सैन्य उद्योग तथा ऊर्जा पूर्वाधारलाई लक्षित गरी लामो दूरीका ड्रोन आक्रमण बढाएको छ । राष्ट्रपति जेलेन्स्कीले यस्ता आक्रमणका लागि दैनिक एक हजारसम्म ड्रोन प्रयोग गर्ने लक्ष्य रहेको बताउनुभएको छ ।

    रुसको रक्षा मन्त्रालयका अनुसार शनिबार राति उसले युक्रेनबाट प्रहार गरिएका ३१३ ड्रोन नष्ट गरेको छ । युक्रेनी ड्रोन आक्रमणमा रुसको रोस्तोभ क्षेत्रमा ११ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

    (रासस/एपी)

    आइतबार, भदौ १४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम
    लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • २.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ३.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ४.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ५.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ६.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ७.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    • ८.
      अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.