• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ १२, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नेपालका बाढी प्रभावित क्षेत्रमा आपत्कालीन सहयोग गर्ने चीनको निर्णय

बिहीबारको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर

बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी

तीज गीत: विपत्तिको गरौँ सामना

अमेरिका–जापानसँग कोरियाको सैन्य अभ्यास

बाढीको जोखिमपछि तिब्बतमा उद्धार रोकियो

चीनको साथबिना इरानमाथि दबाब कठिन

भालुबाङ अस्पतालमा वार्षिक समीक्षा गोष्ठी सम्पन्न

लोकप्रिय समाचार

  • १. तीज गीत : देश पोलेर

  • २. मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

  • ३. जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

  • ४. रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह

  • ५. काठमाडौँ मसालका प्रवक्ता रेग्मीलाई मातृशोक

  • ६. ओली–प्रचण्डको कमजोरीले कम्युनिस्ट आन्दोलन कमजोर भयो : रामप्रकाश पुरी

  • ७. मूल प्रवाह पश्चिम भारत क्षेत्रीय समितिको अध्यक्षमा प्रविण सिंह काउछा

  • ८. तीज गीत : आपराधिक मानसिकता पार्न सर्वनाश

  • ९. चिनियाँ राष्ट्रपति भन्छन् : राज्यका सम्पूर्ण संयन्त्रलाई उद्धारमा खटाउनू

  • १०. बाढीपीडितको उद्धार र राहतमा जुट्न अखिल (छैठौँ)को अपिल

अमेरिका–जापानसँग कोरियाको सैन्य अभ्यास


  •   शुक्रबार, भदौ १२, २०८३ मा प्रकाशित
  • सियोल, १२ भदौ (रासस/एएफपी)  । उत्तर कोरियासँग संवाद पुनः सुरु गर्न खोजिरहेको अमेरिकाले दक्षिण कोरियासँगको वार्षिक सैन्य अभ्यासको अवधि घटाए पनि सियोलले अमेरिका र जापानसँग संयुक्त सैन्य अभ्यास गर्ने भएको छ ।

    Advertisement

    दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफ (जेसीएस) का अनुसार तीन देशले सेप्टेम्बर ७ देखि ११ सम्म जेजु टापुको पूर्व र दक्षिणतर्फको अन्तर्राष्ट्रिय जलक्षेत्रमा ‘फ्रिडम एज’ अभ्यास सञ्चालन गर्नेछन् । अभ्यासमा समुद्री क्षेप्यास्त्र प्रतिरक्षा, हवाई तथा वायु प्रतिरक्षा, पनडुब्बीविरोधी युद्ध र साइबर प्रतिरक्षासम्बन्धी गतिविधि समावेश हुनेछन् ।

    जेसीएसले अभ्यास उत्तर कोरियाको आणविक तथा क्षेप्यास्त्र खतराको सामना गर्न र क्षेत्रीय शान्ति तथा स्थायित्व कायम गर्न तीन देशले वार्षिक रूपमा गर्दै आएको रक्षात्मक अभ्यास भएको बताएको छ । सन् २०२३ को क्याम्प डेभिड शिखर सम्मेलनपछि पहिलोपटक सन् २०२४ जुनमा ‘फ्रिडम एज’ अभ्यास आयोजना गरिएको थियो ।

    अमेरिकी प्रशान्त कमान्डकी प्रवक्ता लेफ्टिनेन्ट कमोडोर क्लो मोर्गनले अभ्यासले तीन देशबीचको अन्तरक्रियाशीलता बढाउँदै प्रशान्त क्षेत्रमा रक्षा साझेदारी सुदृढ गर्ने बताउनुभयो ।

    यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरिया र अमेरिकाबीचको वार्षिक ‘उल्ची फ्रिडम सिल्ड’ अभ्यासको अवधि ११ दिनबाट घटाएर पाँच दिनमा सीमित गर्न निर्देशन दिनुभएको थियो । ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–उनसँग संवाद अघि बढाउने प्रयास भइरहेको बताउँदै उक्त अभ्यास किमका लागि ‘निकै अपमानजनक’ रहेको उल्लेख गर्नुभएको थियो ।

    दक्षिण कोरियाले भने इरानसँगको युद्धका कारण अमेरिकी सैन्य स्रोत तथा जनशक्तिमा परेको दबाबलाई कारण देखाउँदै अर्को संयुक्त अभ्यास ‘साङ्योङ’ रद्द गरेको छ ।

    तर उत्तर कोरियाले सैन्य अभ्यासप्रति असन्तुष्टि जनाउँदै जवाफी कदम र क्षेप्यास्त्र प्रहारको चेतावनी दिँदै आएको छ । यस अवस्थामा अमेरिका, दक्षिण कोरिया र जापानबीचको ‘फ्रिडम एज’ अभ्यासले उत्तर कोरियाको आणविक तथा क्षेप्यास्त्र खतराविरुद्ध तीन देशको सुरक्षा सहकार्यलाई निरन्तरता दिने सङ्केत गरेको छ ।

    शुक्रबार, भदौ १२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालका बाढी प्रभावित क्षेत्रमा आपत्कालीन सहयोग गर्ने चीनको निर्णय
    बिहीबारको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू
    सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर
    बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी
    बाढीको जोखिमपछि तिब्बतमा उद्धार रोकियो
    चीनको साथबिना इरानमाथि दबाब कठिन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      तीज गीत : देश पोलेर

    • २.
      मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

    • ३.
      जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

    • ४.
      रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह

    • ५.
      काठमाडौँ मसालका प्रवक्ता रेग्मीलाई मातृशोक

    • ६.
      ओली–प्रचण्डको कमजोरीले कम्युनिस्ट आन्दोलन कमजोर भयो : रामप्रकाश पुरी

    भर्खरै

    • १.
      नेपालका बाढी प्रभावित क्षेत्रमा आपत्कालीन सहयोग गर्ने चीनको निर्णय

    • २.
      बिहीबारको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

    • ३.
      सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर

    • ४.
      बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी

    • ५.
      तीज गीत: विपत्तिको गरौँ सामना

    • ६.
      अमेरिका–जापानसँग कोरियाको सैन्य अभ्यास

    • ७.
      बाढीको जोखिमपछि तिब्बतमा उद्धार रोकियो

    • ८.
      चीनको साथबिना इरानमाथि दबाब कठिन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.