• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

नेटोमाथि आक्रमण नगर्न रुसलाई चेतावनी


  •   बिहिबार, भदौ ११, २०८३ मा प्रकाशित
  • वासिङ्टन, ११ भदौ । अमेरिकी केन्द्रीय गुप्तचर निकाय (सीआईए) का निर्देशक जोन र्‍याटक्लिफले नेटो सदस्य राष्ट्रमाथि आक्रमण नगर्न रुसलाई चेतावनी दिन मस्कोको असामान्य भ्रमण गर्नुभएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले र्‍याटक्लिफको भ्रमणलाई ‘बेलाबेलामा हुने भ्रमण’ भन्दै यसको मुख्य उद्देश्य युक्रेन युद्ध अन्त्य गर्ने प्रयास रहेको बताउनुभएको छ ।

    Advertisement

    वाल स्ट्रिट जर्नल र सिबिएस न्युजका अनुसार र्‍याटक्लिफको भ्रमणको प्रमुख उद्देश्य रुसलाई नेटो सदस्य राष्ट्रमाथि आक्रमणबाट रोक्नु थियो । जर्नलले राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी वर्षमा नेटोको सामथ्र्य परीक्षण गर्न ‘सीमित आक्रमण’ गर्न सक्ने आशङ्का पनि उल्लेख गरेको छ । ह्वाइट हाउसले यसबारे एएफपीका प्रश्नको जवाफ दिएको छैन ।

    राष्ट्रपति ट्रम्पले अमेरिकी रेडियो प्रस्तोता ग्लेन बेकसँगको अन्तर्वार्तामा र्‍याटक्लिफ मस्कोमा रहेको पुष्टि गर्दै अमेरिका युक्रेन युद्ध अन्त्य गर्न प्रयासरत रहेको बताउनुभयो । सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि मस्को भ्रमण गर्ने उच्चपदस्थ अमेरिकी अधिकारीमध्ये र्‍याटक्लिफ एक हुनुहुन्छ । उहाँको भ्रमण रुसी आक्रमण तीव्र भइरहेका र अमेरिकी मध्यस्थतामा भएका शान्ति वार्ता अवरुद्ध रहेको समयमा भएको हो ।

    सीबीएस न्युजका अनुसार र्‍याटक्लिफले भ्रमणका क्रममा इरानसँगको युद्धबारे पनि छलफल गर्नुभएको थियो । हर्मुज जलघाँटी पुनः जलयातायातका लागि नखोलिए थप प्रतिबन्ध लगाउने चेतावनी दिइएको बताइएको छ ।

    यसैबीच, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले र्‍याटक्लिफले रुसी विशेष सेवासँग ‘सम्पर्क’ गर्नुभएको तर राष्ट्रपति पुटिनसँग भेट नगरेको बताउनुभयो । राष्ट्रपति पुटिनलाई उक्त वार्ताबारे जानकारी गराइएको भए पनि युक्रेन युद्धबारे छलफल भए–नभएकोबारे उहाँले स्पष्ट पार्नुभएन । गुप्तचर सेवामार्फत हुने सम्पर्कलाई सकारात्मक विकासका रूपमा व्याख्या गर्दै पेस्कोभले यसले दुई देशबीचको सम्बन्ध सुधारमा कस्तो प्रभाव पार्छ भन्न कठिन रहेको बताउनुभयो ।

    यसअघि सीआईएका तत्कालीन निर्देशक विलियम बर्न्सले सन् २०२१ नोभेम्बरमा मस्को भ्रमण गरी रुसलाई युक्रेनमा सेना नपठाउन चेतावनी दिनुभएको थियो । त्यसको केही सातापछि रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । सीआईए रुससँगको कैदी आदानप्रदानमा समेत संलग्न रहँदै आएको छ ।

    युक्रेन युद्धमा ठूलो मानवीय क्षति भए पनि क्रेमलिनले पूर्वी युक्रेनको बाँकी भूभाग कब्जा गर्ने र क्रिमियामाथिको नियन्त्रण कायम राख्ने मागमा लचकता नदेखाएको बताइएको छ ।

    राष्ट्रपति ट्रम्पले र्‍याटक्लिफको भ्रमण नेटोको सामथ्र्य परीक्षण वा इरानमाथि आर्थिक दबाब बढाउने अभियानसँग सम्बन्धित रहेको अड्कल अस्वीकार गर्नुभएको छ । उहाँले रुस र युक्रेन दुवै युद्ध अन्त्य गर्न चाहेको दाबी गर्दै अमेरिका त्यसका लागि निरन्तर प्रयासरत रहेको बताउनुभयो ।

    (रासस/एएफपी)

    बिहिबार, भदौ ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम
    लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • २.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ३.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ४.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ५.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ६.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ७.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    • ८.
      अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.