काठमाडौँ । सूचना तथा प्रसारण विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र जारी तथा नवीकरण कार्य स्थगित गरेको छ । विभागले हाल कोरोना सङ्क्रमणको बढ्दो जोखिमका कारण सो सेवा अर्को सूचना नभएसम्मका लागि रोकिएको बताएको छ ।
Advertisement
प्रेस प्रतिनिधि प्रमाणपत्र जारी वा नवीकरण गर्दा सम्बन्धित व्यक्ति नै विभागमा उपस्थित हुनुपर्ने कानुनी व्यवस्था भएको र सो सेवा अनलाइन, भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न तत्काल सम्भव नभएको हुँदा हाललाई स्थगित गरिएको सूचना तथा प्रसारण विभागद्वारा जारी सूचनामा जनाइएको छ।
तर, श्रमजीवी पत्रकारले प्रेस रजिष्ट्रारसमक्ष दिने उजुरी र सोसम्बन्धी काम भने निरन्तर हुने जानकारी दिइएको छ ।