काठमाडौँ । संयुक्त राज्य अमेरिकाले सिरियालाई ४७ वर्षपछि ‘आतंकवाद प्रवर्द्धन गर्ने देश’को सूचीबाट हटाएको छ। अमेरिकी प्रशासनका अनुसार यो निर्णयले सिरियामा विदेशी लगानी बढाउन र देशलाई विश्व अर्थतन्त्रमा पुनः एकीकृत गर्न सहयोग पुग्नेछ।
Advertisement
सिरिया सूचीबाट हटेसँगै अमेरिकाको उक्त सूचीमा अब इरान, उत्तर कोरिया र क्युबा मात्र बाँकी छन्। अमेरिकी विदेशमन्त्री मार्को रुबियो र अर्थमन्त्री स्कट बेसेन्टले निर्णयले सिरियाको आर्थिक विकास, लगानी र स्थिरतामा सहयोग पुग्ने बताएका छन्।
ट्रम्प प्रशासनले सिरियाका राष्ट्रपति अहमद अल-सारासँग सम्बन्धसमेत बढाउँदै लगेको छ। अल-सारा नेतृत्वको संगठनलाई अमेरिकाले गत वर्ष आतंकवादी संगठनको सूचीबाट हटाएको थियो ।
