काठमाडौँ । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुराखेतमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
Advertisement
आज बिहान काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको प्रदेश–३–००२ झ ५१८३ नम्बरको स्कार्पियो दुर्घटनामा परेको हो। दुर्घटनामा घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
घाइते सबैलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको छ। गाडीमा न्यायाधीश डाँगीसहित उनका पारिवारिक सदस्यहरू रहेको बताइएको छ।
