• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित


  •   सोमबार, भदौ ०१, २०८३ मा प्रकाशित
  • पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार गएको शक्तिशाली भूकम्पपछि करिब १२ हजार ८०० मानिस विस्थापित भएका छन् । घरहरू क्षतिग्रस्त भएपछि हजारौँ बासिन्दा विद्यालय, प्रहरी चौकी र सरकारी कार्यालयमा आश्रय लिएर आवश्यक राहतको पर्खाइमा छन् ।

    Advertisement

    सात दशमलव सात म्याग्निच्युडको भूकम्पमा ५३ जनाको मृत्यु भएको र एक सयभन्दा बढी घाइते भएको उद्धार अधिकारीहरूले बताएका छन् । हालसम्म कोही बेपत्ता भएको सूचना नआए पनि उद्धार तथा खोजी कार्य जारी रहेको अधिकारीहरूको भनाइ छ ।

    इन्डोनेसियाको राष्ट्रिय विपद् व्यवस्थापन निकायका प्रवक्ता बर्टन सुआर पेलिता पञ्जाइतानका अनुसार सोमबार बिहानसम्म फ्लोरेसका विभिन्न क्षेत्रमा घर फर्कन नसक्ने विस्थापितको सङ्ख्या १२ हजार ८०० पुगेको छ । लगातार आएका परकम्पका कारण धेरै मानिस दोस्रो रात पनि घरबाहिरै बस्न बाध्य भएका छन् ।

    भूकम्पको केन्द्रनजिकै रहेको नागेको क्षेत्रमा एएफपीले म्बे सहरका बासिन्दाले त्रिपाल र खम्बाको सहायताले अस्थायी टहरा बनाएर रात बिताइरहेको देखेको थियो । स्थानीय बासिन्दा जुनैदिनका अनुसार धेरै घर भत्किएका छन् भने बाँकी घरमा समेत चिरा परेकाले भित्र बस्न सक्ने अवस्था छैन ।

    उहाँले पानी, कपडा र सिरानीजस्ता आवश्यक सामग्री लिन मात्र घर जाने र फेरि अस्थायी शिविरमै फर्किने बताउनुभयो । राहतमा ढिलाइ भएको भन्दै उहाँले सरकारसँग सहयोगका लागि आग्रह गर्नुभयो ।

    फ्लोरेसका बासिन्दाका लागि सन् १९९२ को ७.७ म्याग्निच्युडको भूकम्पको त्रास अझै ताजा छ । त्यसबेला भूकम्पपछि आएको सुनामीमा करिब दुई हजार ५०० जनाको मृत्यु भएको थियो ।

    यसपटक इन्डोनेसियाली वायुसेनाले दुई हक्र्युलस विमान र एउटा बोइङमार्फत १३ टन आपत्कालीन राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याएको जनाएको छ । दुर्गम क्षेत्रमा रहेका बासिन्दासम्म सामग्री पुर्‍याउन हेलिकप्टरसमेत परिचालन गरिएको छ ।

    राहत सामग्रीमा खाद्यान्न, कपडा, खानेपानी र आपत्कालीन उपचारका सामग्री छन् । सेनाले प्रमुख वितरण केन्द्रमा राहत व्यवस्थापनका लागि कर्मचारीसमेत परिचालन गरेको छ ।

    तर प्रभावित बासिन्दाले राहत अझै पर्याप्त रूपमा नपुगेको गुनासो गरेका छन् । तीन सन्तानकी आमा म्बेकी ३१ वर्षीया सिती सौदाह दासोले आफूहरूले लगाएको कपडाबाहेक केही पनि लिएर घरबाट निस्कन नपाएको बताउँदै सरकारी सहयोगको प्रतीक्षा गरिरहेको जानकारी दिनुभयो ।

    उद्धार तथा खोजी अधिकारी फतुर रहमानका अनुसार उद्धार टोलीले स्थल र हवाई दुवै माध्यमबाट खोजी गरिरहेको छ । बेपत्ता भएको सूचना नआए पनि सम्भावित प्रभावित क्षेत्रमा खोजी जारी राखिएको उहाँले बताउनुभयो ।

    भूकम्पको केन्द्र फ्लोरेसको उत्तरी तटमा रहेको र भूकम्प तुलनात्मक रूपमा सतहमै गएको भूगर्भीय अधिकारीहरूले बताएका छन् । प्रभावित क्षेत्रमा अग्ला भवनको सङ्ख्या निकै कम रहेको छ ।

    राष्ट्रिय विपद् व्यवस्थापन निकायका अनुसार टापुमा कम्तीमा ९१४ घरमा गम्भीर क्षति पुगेको छ भने सयौँ घरमा सामान्य क्षति भएको छ । विद्यालय, स्वास्थ्य संस्था र सरकारी कार्यालयसहित दर्जनौँ सार्वजनिक भवनसमेत प्रभावित भएका छन् ।

    बालबालिकाको पढाइसमेत प्रभावित भएको छ । गैरसरकारी संस्था सेभ द चिल्ड्रेनका अनुसार आठ हजारभन्दा बढी बालबालिका सुरक्षा जोखिम र शिक्षामा अवरोधको अवस्थामा छन् ।

    इन्डोनेसिया प्रशान्त महासागर वरिपरि फैलिएको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने भएकाले त्यहाँ भूकम्प जाने क्रम सामान्य छ । सन् २००४ मा सुमात्राको तटमा गएको ९.१ म्याग्निच्युडको भूकम्पपछि आएको सुनामीमा विश्वभर करिब दुई लाख २० हजार मानिसको मृत्यु भएको थियो । इन्डोनेसियामा मात्रै करिब एक लाख ७० हजार मानिसले ज्यान गुमाएका थिए । उक्त घटनालाई आधुनिक इतिहासकै सबैभन्दा विनाशकारी प्राकृतिक विपत्तिमध्ये एक मानिन्छ ।

    सोमबार, भदौ ०१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.