• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति

नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता

ह्यारी केनलाई ब्यालन डी’ओर

नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

वेदकालीन समाज

डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

जापान नेपाली एकता समाज कान्तो क्षेत्रीय समितिको आयोजनामा बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न


  •   बुधबार, साउन २७, २०८३ मा प्रकाशित
  • नवीन बस्याल,

    Advertisement

    टोकियो । जापान नेपाली एकता समाज कान्तो क्षेत्रीय समितिको आयोजनामा बिदाइ तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

    जापान नेपाली एकता समाज कान्तो क्षेत्रीय समितिका अध्यक्ष गोम बुढाथोकीको अध्यक्षता तथा सचिव ऋषि पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष दयाराम सुवेदीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा जापान नेपाली एकता समाजका महासचिव धनराज शर्मा प्रमुख अतिथि, रक्तिम सांस्कृतिक अभियानका संस्थापक अध्यक्ष तथा जनगायक जीवन शर्मा विशिष्ट अतिथि, रक्तिमका वरिष्ठ कलाकार तथा बाँसुरीवादक खडक पुन, साथै नेपालबाट भ्रमणका लागि जापान आउनुभएका खिमा बस्याल र लीलावती पौडेलको आतिथ्यता रहेको थियो ।

    एकमहिने सांगीतिक भ्रमणका लागि जापान प्रस्थान गर्नुभएका रक्तिम सांस्कृतिक अभियानका संस्थापक अध्यक्ष तथा जनगायक जीवन शर्माले जीवनका दशकौँ समय देश र जनताप्रति समर्पित गर्दै गीत–संगीतका माध्यमबाट पुर्‍याउनुभएको योगदानको मूल्याङ्कन गर्दै जापान नेपाली एकता समाज कान्तो क्षेत्रीय समितिले सम्मान तथा बिदाइ गरेको हो ।

    त्यस्तै, नेपालबाट जापान भ्रमणमा रहनुभएका जापान नेपाली एकता समाजका केन्द्रीय सदस्य तथा रक्तिम सांस्कृतिक अभियानका कलाकार नवीन बस्यालकी ममतामयी आमा खिमा बस्याल तथा जापान नेपाली एकता समाज कान्तो क्षेत्रीय समितिका उपाध्यक्ष यामप्रसाद पौडेलकी ममतामयी आमा लीलावती पौडेललाई पनि क्षेत्रीय समितिले सम्मान गरेको थियो । उहाँहरूको जापान भ्रमण ऐतिहासिक तथा सुखद रहोस् भन्ने शुभकामनासहित सम्मान गरिएको हो ।

    कार्यक्रममा जनगायक जीवन शर्माले जीवनका विभिन्न कालखण्डमा लेख्नुभएका तथा जनजीवनसँग जोडिएका दर्जनौँ लोकप्रिय गीत प्रस्तुत गर्नुभएको थियो। उहाँले ‘जनताको गीत’, ‘मधेशी पहाडी’, ‘झरनाको चिसो पानी’, ‘म हिँडेको गाउँको बाटो मुस्कुरायो’, ‘डुल्छु दुनिया संसार’, ‘फोकल्यान्ड टापुबाट’, ‘सिमली छायाँमा बसी’, ‘यसपाली त यस्तै भो आमा’ लगायतका गीत प्रस्तुत गर्नुभएको थियो ।

    त्यसैगरी, रक्तिम सांस्कृतिक अभियान जापानका कलाकारहरू नवीन बस्याल, खडक पुन, रुद्रमणि निउरे, दानु सारू, निरु सिंजाली, एलिशा पुन, कमला बस्याललगायतले विभिन्न गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा वरिष्ठ बाँसुरीवादक खडक पुनले जनगायक जीवन शर्माका लोकप्रिय गीत ‘सिमली छायाँमा बसी’ र ‘झरनाको चिसो पानी’ लगायतका गीतका बाँसुरी धुन प्रस्तुत गर्नुभएको थियो। उहाँका भावपूर्ण बाँसुरी धुनले कार्यक्रममा उपस्थित दर्शकलाई भावुक बनाएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि जापान नेपाली एकता समाजका महासचिव धनराज शर्माले जनगायक जीवन शर्माका गीतहरूले नेपाली समाजमा जनजागरण तथा परिवर्तनको चेतना फैलाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले भन्नुभयो, “जीवन शर्माको यही योगदानको सम्मान गर्दै उहाँसँग वैचारिक तथा सांगठनिक सम्बन्ध राख्ने जापान नेपाली एकता समाजले उहाँप्रति सम्मान व्यक्त गरेको हो। यो सम्मान हाम्रो संगठनको मूल उद्देश्य जनजागरण, सामाजिक न्याय र परिवर्तनसँग जोडिएको छ ।”

    महासचिव शर्माले जीवन शर्माले आफ्नो जीवनभर परिवर्तनका गीत गाउँदै जनताको चेतना अभिवृद्धिमा योगदान पुर्‍याएको उल्लेख गर्दै उहाँका गीत–संगीतका कारण आज नेपाली समाजमा हिजोको तुलनामा यस्ता गीत–संगीत सुन्ने र परिवर्तन आवश्यक छ भन्ने चेतनाको विकास हुँदै गएको बताउनुभयो ।

    कार्यक्रमको अन्त्यमा कार्यक्रमका अध्यक्ष तथा जापान नेपाली एकता समाज कान्तो क्षेत्रीय समितिका अध्यक्ष गोम बुढाथोकीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।

    बुधबार, साउन २७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति
    नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता
    ह्यारी केनलाई ब्यालन डी’ओर
    नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा
    हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव
    डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति

    • २.
      नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता

    • ३.
      ह्यारी केनलाई ब्यालन डी’ओर

    • ४.
      नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

    • ५.
      हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

    • ६.
      वेदकालीन समाज

    • ७.
      डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

    • ८.
      मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.