खिमराज चालिसे
भारत । भारतको हरियाणा राज्यस्थित अम्बालामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको महिला नगर विभाग गठन गरिएको छ। गत ९ अगस्त २०२६ मा आयोजित एक विशेष नगर भेलाले रेश्मा केसीको संयोजकत्वमा महिला नगर विभाग गठन गरेको हो।
मूल प्रवाहका क्षेत्रीय सदस्य लक्ष्मण अर्याल र नगर अध्यक्ष कमल सुवेदीको विशेष उपस्थितिमा सम्पन्न उक्त भेलामा वर्तमान समसामयिक विषयहरूमा व्यापक छलफल र विचार-विमर्श गरिएको थियो। छलफलपश्चात् प्रवासमा रहेका नेपाली महिलाहरूलाई सङ्गठित, जागरूक र गतिशील बनाउने उद्देश्यका साथ रेश्मा केसीको नेतृत्वमा २३ सदस्यीय महिला नगर विभाग गठन गरिएको हो।
विभागका सदस्यहरूमा सिता खनाल, भावना केसी, पुनम केसी, बिमला महरा, सिता गौतम, लिलादेवी ढकाल, दर्शना देवी, अन्जु सुवेदी, पूजा सुनार, डीला खड्का, पवित्रा शर्मा, मैना ढकाल, सुष्मा पन्थ, शोभा रसाइली, सवित्रा अर्याल, गोमा शर्मा, शान्ति बिक, मीना केसी, सुमित्रा शर्मा, पूर्णिमा थापा, माया शर्मा, रिखी देवी केसीलगायत हुनुहुन्छ।
नवगठित समितिले स्थानीय स्तरमा नेपाली महिलाहरूको हकहितको रक्षा, समस्याहरूको समाधान र सङ्गठन विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। उक्त भेलामा अम्बाला नगरका नेपाली दिदीबहिनी तथा सङ्गठनका कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।
