• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

खाती दम्पती हत्या गर्ने चार अभियुक्त सार्वजनिक


  •   सोमबार, साउन २६, २०७७ मा प्रकाशित
  • महेन्द्रनगर । नौ दिनअघि कञ्चनपुरको बेलौरी नगरपालिकामा वृद्ध दम्पतीको हत्या गर्ने गिरोहका नाइकेसहित चार जना अभियुक्तलाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ । गत साउन १७ गते मध्यरातमा बेलौरी नगरपालिका–७ भगतपुरका ६८ वर्षीया बेलीदेवी खातीको धारिलो हतियार प्रयोग गरी घरमै अज्ञात समूहले हत्या गरेको थियो भने सोही आक्रमणका क्रममा बेलीदेवीका श्रीमान् ७० वर्षीय घनश्याम खाती गम्भीर घाइते भएका थिए ।

    Advertisement

    घाइते खातीको आइतबार राति कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी हत्याका मुख्य योजनाकार खाती दम्पतीकै छिमेकी स्थानीय ५३ वर्षीय प्रकाश ऐर, अर्का स्थानीय ३५ वर्षीय दिनेश राना, बेलौरी नगरपालिका–६ हात्तीबोझाका २६ वर्षीय होरी राना र कृष्णपुर नगरपालिका–२ वाणीका ४५ वर्षीय रवि राना ९भर्रा० लाई सार्वजनिक गरेको छ ।

    पत्रकार सम्मेलनमा प्रवक्ता थापाले घटना छिमेकी प्रकाश ऐरको योजनामा भएको बताउनुभयो । ‘ऐरले झण्डै १४/१५ वर्षदेखि घनश्याम खातीलाई बोक्सीको आरोप लगाउँदै आएको रहेछ’ थापाले भन्नुभयो, ‘ऐरले नै हत्याको योजना बनाएर दम्पतीको हत्यापछि दुई चरणमा रु चार लाख रकमसमेत दिएको खुलेको छ ।’ अभियुक्त ऐरको योजनालाई मुख्य रुपमा भर्रा भनेर चिनिने रवि रानाले सहयोग गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ ।

    घटनामा अभियुक्त रवि राना धारिलो हतियार प्रयोग गरी आक्रमण गर्ने, स्थानीय दिनेश र होरी राना घटनाका बेला खातीका छोरा राजेश खातीलाई घर बाहिर मादक पदार्थ सेवन गराएर फकाउने भूमिकामा देखिएको प्रहरीले जनाएको छ । ‘परिवारका सदस्यहरु बिरामी पर्न थालेपछि रवि रानासित योजना बनाएर अभियुक्त ऐरले हत्या गराएको हो’ प्रनाउ थापाले भन्नुभयो, ‘घटना घटाइसकेपछि अर्को अभियुक्त दिनेश रानाले खातीका छोरा राजेशलाई राति घरसम्म मोटरसाइकलमा पु-याएका थिए ।’

    प्रहरीका अनुसार अभियुक्तहरुले छोरा राजेशलाई नै हत्यारा सावित गराउने प्रयासले नै राति मोटरसाइकलमा घरसम्म पु-याएको स्वीकार गरेको प्रहरीले जनाएको छ । घटनापछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट घटनाको अनुसन्धानमा प्रनाउ थापा आफैँ खटिनुभएका थियो । ‘घटनास्थलमा अनुसन्धान शुरु गर्दा हामीले खाती दम्पतीका छोरा राजेश र स्थानीय दिनेश रानालाई नियन्त्रणमा लिएका थियौँ ।’ प्रवक्ता थापाले भन्नुभयो, ‘छोराको संलग्नता नदेखिएपछि उनलाई छोडिदियौँ ।’

    खातीको घरमा पुगेर दम्पतीमाथि आक्रमण गर्ने अभियुक्त रवि रानालाई प्रहरीले आइतबार कृष्णपुर नगरपालिकाको गुलरिया क्षेत्रबाट नियन्त्रणमा लिएको थियो । ‘रविको घरबाट हत्या गरेबापत ऐरबाट लिएको रु डेढ लाख नगदसमेत बरामद गरेका छौँ ।’ उहाँले भन्नुभयो, ‘हत्यामा प्रयोग भएका दुई वटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएका छौँ ।’

    प्रहरीका अनुसार अभियुक्तद्वय स्थानीय दिनेश र होरी रानालाई हत्यामा संलग्न भएबापत रु २५/ २५ हजार दिने भनिएको थियो । अभियुक्त दिनेश शारीरिक रुपले अशक्त छन् । उनको दायाँ हात छैन । प्रहरी स्रोतका अनुसार राना एउटै हातले मोटरसाइकल चलाएर भारतबाट आउने अवैध सामानको तस्करीसमेत गर्दै आएका थिए । रानाले मोटरसाइकलको एक्सलेटरसमेत बाँया हातमा जडान गरेको देखिन्छ ।

    प्रहरीका अनुसार खाती दम्पतीलाई हत्यापछि उनका छोरालाई घरसम्म मोटरसाइकलमा पु-याउन दिनेश नै गएका थिए । प्रहरीले राजेश खातीले गत साउन १९ गते दिएको किटानी जाहेरीका आधारमा अभियुक्तहरुलाई कानूनी कारबाही अघि बढाइएको जनाएको छ ।(रासस)

    यो पनिः कञ्चनपुरको बेलौैरीमा पत्नीको विभत्स हत्या, पति गम्भीर घाइते

    सोमबार, साउन २६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.