कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरमा वृद्ध दम्पतीमाथि आक्रमण गरी महिलाको हत्या गरिएको छ । धारिलो हतियार प्रहारबाट ५५ वर्षीय बेलु खातीको मृत्यु भएको छ भने पति ६२ वर्षीय धनश्याम गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार हतियार प्रहारबाट पत्नीको तत्कालै मृत्यु भएको थियो । घाइते घनश्यामलाई उपचारका लागि कोहलपुर लगिएको छ ।
हत्याराको पहिचान हुन सकेको छैन । प्रहरीले घटनाको सोधपुछका लागि खातीका छोरा राजेश र स्थानीय दिनेश रानालाई नियन्त्रणमा लिएको जनाएको छ ।
सोधपुछका लागि छोरासहित दुई जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताउनुभयो ।
स्थानीयका अनुसार घरमा खाती दम्पती मात्रै थिए । उनीहरुका छोरा राजेश बेग्लै घरमा आफ्नो परिवारसँग बस्ने गरेका छन् ।