• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

प्रहरी दमनपछि पनि जारी भारतीय विद्यार्थी आन्दोलन, राहुल गान्धीसहित विपक्षी नेता पक्राउ


  •   बुधबार, साउन ०६, २०८३ मा प्रकाशित
  • नयाँ दिल्ली, साउन ६ । भारतमा शिक्षा प्रणालीमा सुधार, परीक्षा प्रणालीमा देखिएका अनियमितताको छानबिन तथा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै सुरु भएको विद्यार्थी आन्दोलन प्रहरीको कडा दमनपछि पनि थप सशक्त बन्दै गएको छ ।

    Advertisement

    आन्दोलनलाई समर्थन गर्न प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारी निवासअगाडि धर्नामा बसेका विपक्षी नेता राहुल गान्धीसहित कांग्रेसका वरिष्ठ नेताहरूलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ।

    यसैबिच दिल्ली प्रहरीका अनुसार प्रधानमन्त्री निवासअगाडि प्रदर्शन गरिरहेका राहुल गान्धी, प्रियंका गान्धी र अन्य विपक्षी सांसदहरूलाई नियन्त्रणमा लिएर नजिकैको प्रहरी कार्यालय लगिएको छ ।

    कांग्रेस नेता पवन खेराले सामाजिक सञ्जालमार्फत प्रहरीले राहुल र प्रियंका गान्धीलाई बलपूर्वक पक्राउ गरेको जानकारी दिएका छन् । भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरेका भिडियोमा प्रदर्शनकारीहरूले गान्धीलाई पक्राउ हुनबाट जोगाउने प्रयास गरेको देखिएको छ ।

    विद्यार्थी आन्दोलन दोस्रो दिन पनि राजधानी नयाँ दिल्लीको जन्तर–मन्तर क्षेत्रमा जारी रहेको छ। आन्दोलनकारीहरूले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको तत्काल राजीनामा, परीक्षा प्रणालीमा भएको अनियमितताको निष्पक्ष छानबिन, अनशनरत सामाजिक अभियन्ता सोनम वाङ्चुकलाई अस्पतालबाट मुक्त गर्न तथा प्रश्नपत्र चुहावटसँग सम्बन्धित घटनामा ज्यान गुमाएका विद्यार्थीका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्।

    सोमबार संसदतर्फ मार्च गरेका हजारौं विद्यार्थीमाथि प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज गरेको थियो । प्रदर्शनका क्रममा एक सयभन्दा बढी विद्यार्थी घाइते भएका थिए । दिल्ली प्रहरीले प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारी गरी करिब १८० जना घाइते भएको जनाएको छ । आन्दोलनकारीहरूको आरोपअनुसार पछिल्ला दुई महिनायता भारतका विभिन्न प्रवेश परीक्षामा प्रश्नपत्र चुहावट, उत्तरपुस्तिका मूल्याङ्कनमा त्रुटि तथा परीक्षा व्यवस्थापनमा भएका अनियमितताका कारण लाखौं विद्यार्थी प्रभावित भएका छन् । यस घटनासँग सम्बन्धित तनावका कारण कैयौँ विद्यार्थीले आत्महत्या गरेको दाबी आन्दोलनकारीहरूको छ ।

    प्रधानमन्त्री नरेन्द्र मोदीले आन्दोलनबारे सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएका छैनन् । यद्यपि विपक्षी नेता राहुल गान्धीले सरकारले युवाको भविष्य नष्ट गरेको आरोप लगाउँदै प्रधानमन्त्री मोदी, गृहमन्त्री अमित शाह र शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले नैतिक जिम्मेवारी लिएर पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । उनले सरकारले घटनाको जिम्मेवारी लिन नचाहेको र संसदमा समेत यस विषयमा छलफल गर्न इच्छुक नरहेको आरोप लगाए ।

    आन्दोलनको नेतृत्व गरिरहेको ॅककरोच जनता पार्टी (सिजेपी)’ ले सरकारसँग वार्ताको प्रयास भए पनि कुनै ठोस निष्कर्ष ननिस्किएको जनाएको छ । सिजेपीका संस्थापक अभिजित दिप्केले सरकारसँगको वार्ता समयको बर्बादी भएको टिप्पणी गर्दै अब वार्ता गर्न सरकार आफैं जन्तर–मन्तर आउनुपर्ने बताएका छन् ।

    उनले आन्दोलनकारीहरूलाई सम्बोधन गर्दै प्रहरीले विद्यार्थीमाथि अमानवीय व्यवहार गरेको आरोप लगाए। उनका अनुसार शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा नदिएसम्म आन्दोलन जारी रहनेछ । उनले यो आन्दोलन केवल सुरुआत भएको उल्लेख गर्दै आगामी दिनमा अझ व्यापक प्रदर्शन हुने चेतावनी दिएका छन् ।

    सोनम वाङ्चुकको तीन सातादेखिको आमरण अनशन आन्दोलनको प्रमुख आधार बनेको थियो । प्रहरीले उनलाई बलपूर्वक आन्दोलनस्थलबाट हटाएर सरकारी अस्पतालमा भर्ना गरेपछि आन्दोलनले थप गति लिएको हो । वाङ्चुकले अनशन स्थगित गरे पनि विद्यार्थीमाथि भएको प्रहरी दमन देखेपछि पुनः अनशन सुरु गर्ने घोषणा गरेका छन् । उनका परिवार र आन्दोलनकारीहरूले अस्पतालमा राखिएको अवस्थालाई अवैध नियन्त्रणको संज्ञा दिएका छन् ।

    यसैबीच दिल्ली प्रहरीले प्रदर्शनका क्रममा भएको ढुंगामुढा, हिंसा तथा सार्वजनिक सम्पत्तिमा तोडफोड गरेको आरोपमा कम्तीमा पाँचवटा आपराधिक मुद्दा दर्ता गरेको जनाएको छ । राजनीतिक विश्लेषकहरूले आन्दोलनले सरकारमाथि उल्लेखनीय दबाब सिर्जना गरे पनि प्रधानमन्त्री मोदी तत्काल झुक्ने सम्भावना कम रहेको बताएका छन् । उनीहरूका अनुसार सरकारले आन्दोलनप्रति कठोर नीति अपनाइरहेकाले आगामी दिनमा आन्दोलन अझ सशक्त बन्न सक्ने संकेत देखिएको छ ।

    विद्यार्थी, पेशाकर्मी र सर्वसाधारणको समेत समर्थन पाउन थालेको यो आन्दोलन पछिल्ला वर्षहरूमा मोदी सरकारविरुद्ध उठेको सबैभन्दा ठूलो जनआन्दोलनमध्ये एकका रूपमा हेरिएको छ । आन्दोलनकारीहरूले आफ्‌ना माग पूरा नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पारेका छन् ।

    बुधबार, साउन ०६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.