• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च


  •   बुधबार, साउन ०६, २०८३ मा प्रकाशित
  • तेहरान । इरानसँग जारी युद्धमा हालसम्म ३७ अर्ब ५० करोड अमेरिकी डलर खर्च भइसकेको अमेरिकी प्रशासनको दाबीबीच तेहरान र अन्य क्षेत्रमा बुधबार पुन: अमेरिकी हवाई आक्रमण भएको छ । यससँगै इरानले हवाई सुरक्षा प्रणाली सक्रिय पारेको छ भने दुवै पक्षबीचको तनाव अझ चर्किएको छ ।

    Advertisement

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अझै समाप्त नभएको र अहिले नै सैन्य कारबाही रोक्ने अवस्था नरहेको बताउनुभएको छ । उता, अमेरिकी रक्षा मन्त्रालयका प्रमुख पीट हेग्सेथले युद्ध सञ्चालनमा हालसम्म ३७ अर्ब ५० करोड डलर खर्च भइसकेको जानकारी दिँदै सेनाका लागि थप अर्बौं डलर बजेट आवश्यक रहेको बताउनुभएको छ ।

    अमेरिकी सेनाले लगातार एघारौँ रात इरानमाथि आक्रमण गरेको पुष्टि गर्दै हर्मुज जलघाँटी हुँदै सञ्चालन हुने व्यापारिक जहाजलाई जोखिममा पार्ने इरानी सैन्य क्षमतालाई कमजोर बनाउने उद्देश्यले सैन्य रसद संरचनालाई निशाना बनाइएको जनाएको छ । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार आणविक ऊर्जा केन्द्र रहेको बुसेहरसहित विभिन्न क्षेत्रमा आक्रमण भएको छ भने तेहरानको पश्चिम, पूर्व र उत्तरपूर्वी क्षेत्रमा हवाई सुरक्षा प्रणाली सक्रिय भएको आवाज सुनिएको थियो ।

    हर्मुज जलघाँटीमा सुरु भएको द्वन्द्व विस्तार हुँदै मध्यपूर्वका अन्य रणनीतिक समुद्री मार्गसम्म पुगेको छ । यसले विश्वव्यापी तेल आपूर्ति र अन्तर्राष्ट्रिय ऊर्जा बजारमा थप अनिश्चितता सिर्जना गरेको विश्लेषण गरिएको छ ।

    ट्रम्पले अर्को सम्भावित अमेरिकी लक्ष्य नतान्ज नजिक रहेको ‘पिक्याक्स माउन्टेन’ नामक भूमिगत आणविक परिसर हुन सक्ने सङ्केत गर्नुभएको छ । पश्चिमी गुप्तचर निकायहरूले उक्त क्षेत्रमा इरानले अघोषित युरेनियम संवर्धन केन्द्र निर्माण गरिरहेको आशङ्का व्यक्त गर्दै आएका छन् ।

    यसको प्रतिक्रिया स्वरूप इरानले अमेरिकी तथा उसका सहयोगी मुलुकका हितमाथि थप आक्रमण गर्ने चेतावनी दिएको छ । खताम अल–अन्बिया सैन्य कमान्डले सम्भावित नयाँ अमेरिकी आक्रमणलाई क्षेत्रीय युद्ध विस्तारका रूपमा लिइने र त्यसको जवाफ अमेरिका, उसका सहयोगी तथा समर्थकका सम्पत्तिमाथि आक्रमणमार्फत दिइने जनाएको छ ।

    यता, कुवेतले बुधबार इरानबाट आएको भनिएको ड्रोन आक्रमणलाई आफ्नो हवाई सुरक्षा प्रणालीले निष्क्रिय पारेको जनाएको छ ।

    बहराइनले पनि इरानी आक्रमणहरू रोकिएको दाबी गरेको छ भने कुवेत र जोर्डनले ड्रोन तथा मिसाइल आक्रमण विफल बनाएको बताएका छन् । इरानी सेनाले कुवेत र बहराइनमा रहेका अमेरिकी हवाई सुरक्षा प्रणाली, राडार तथा प्रशासनिक संरचनालाई निशाना बनाएको जनाएको छ ।

    इरान समर्थित यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाका बन्दरगाह अवरुद्ध गर्ने चेतावनी दिएपछि तनाव थप बढेको छ । राष्ट्रपति ट्रम्पले यस्तो प्रयास भए त्यसको कडा जवाफ दिइने चेतावनी दिनुभएको छ । साउदी अरेबियाले पनि हुथीहरूको धम्कीको कडा निन्दा गरेको छ ।

    समुद्री सुरक्षा कम्पनी भ्यानगार्ड टेकका अनुसार साउदी अरेबियाको यानबु बन्दरगाहबाट कच्चा तेल बोकेर निस्किएका दुई ट्याङ्करले लाल सागरमा मार्ग परिवर्तन गरेका छन् । विश्लेषकहरूका अनुसार हुथीहरूले साउदी तेल निर्यात मार्गमा अवरोध पुर्‍याउन सफल भए विश्व ऊर्जा बजारमा गम्भीर असर पर्न सक्छ ।

    यसैबीच, इरानी रिभोलुसनरी गार्ड्सले हर्मुज जलघाँटी पार गर्ने प्रयास गरिरहेका दुई ट्याङ्कर विस्फोटमा परेर ठप्प भएको दाबी गरेको छ । बेलायतको युनाइटेड किङ्डम मेरिटाइम ट्रेड अपरेसन्स (युकेएमटीओ) ले पनि ओमानको तट नजिक एउटा ट्याङ्करमा अज्ञात प्रक्षेप्य ठोक्किएको जनाएको छ ।

    युद्ध चर्किए पनि कूटनीतिक सम्पर्क भने पूर्ण रूपमा रोकिएको छैन । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले मध्यस्थकर्तामार्फत अमेरिकासँग संवाद जारी रहेको जानकारी दिनुभएको छ । यसैक्रममा पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले इरानका गृहमन्त्री एस्कन्दर मोमेनीसँग भेट गर्दै सबै पक्षलाई संयम अपनाउन र मध्यपूर्वलाई थप अस्थिर बनाउने गतिविधिबाट टाढा रहन आग्रह गर्नुभएको छ ।

    बुधबार, साउन ०६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम
    लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • २.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ३.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ४.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ५.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ६.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ७.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    • ८.
      अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.