• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

फेरि त्यो घुम्ने कुर्सीमा…!


  •   मङ्गलबार, असार ३०, २०८३ मा प्रकाशित
  • ✍️ दीप गोले तामाङ

    Advertisement

    त्यो
    दलाल सत्ताधारीभन्दा
    के कम थियो र?

    अर्को दलाल,
    हिजोका शासकलाई गाली गर्दै,
    फेसबुकका स्टाटसमा
    परिवर्तनका नाराहरू लेख्दै,
    सत्ता परिवर्तनको विगुल फुक्दै,
    सुकुम्बासीका घरमा डोजर चलायो,
    फुटपाथका व्यापारीका सामान फ्याँक्यो,
    सडक चौडा बनायो,
    र जनताको
    वाहवाही बटुल्यो।

    फेरि,
    एउटा नयाँ शासक
    युवाको आशाको किरण बनेर उदायो।
    रातारात
    चर्चाको शिखरमा पुग्यो।
    सत्ता ढाल्नु थियो,
    आफ्नै सत्ता उभ्याउनु थियो।

    सिंहदरबार,
    सर्वोच्च अदालत,
    र संसद भवन जलाउने
    उत्तेजक आदेशहरूबाट
    उसले बहादुरीको आवरण ओढ्यो।
    तर अन्ततः
    उही पुरानै
    झुट, ढोंग र छलको मुखौटा लगायो।

    चुनावी छापमा
    जनताको विश्वास माग्यो।
    विदेशीको आशीर्वादले
    शक्तिशाली बन्यो।
    सत्ता हत्यायो,
    आफ्नै वाचापत्र कुल्चियो,
    र जनताका सपनामाथि
    निराशाको आगो सल्काइदियो।

    आज पनि
    किसानको खेत उस्तै रित्तो छ।
    मजदुरको पसिना
    उस्तै सस्तो छ।
    महिलाको संघर्ष
    उस्तै अधुरो छ।
    युवाको भविष्य
    उस्तै अन्योलमा छ।
    विद्यार्थीका सपना
    उस्तै अलपत्र छन्।

    युवालाई
    आफ्नै शरीरमा पेट्रोल छर्केर
    जल्न बाध्य बनाइयो।
    सुकुम्बासीलाई
    डुबेर पनि बाँच्नुपर्ने
    विवशतामा धकेलियो।

    के सरकारले
    यी सबै देखेन?
    सुनेन?
    वा
    जनताको पीडा
    सुन्नै चाहेन?

    इतिहासले
    तानाशाहहरूको अन्त्य देखेको छ,
    तर सत्ता भने
    बारम्बार
    त्यही बाटो पछ्याइरहेको छ।

    खै,
    यो कस्तो घुम्ने कुर्सी हो,
    जहाँ बसेपछि
    मानिस बदलिँदैन,
    मानवता बदलिन्छ।

    प्रतिबन्ध,
    प्रतिशोध
    र अहंकारको ज्वालामुखी बोकेर
    फेरि
    अर्को तानाशाह जन्मिन्छ।

    र,
    हरेक पटकझैँ
    देश परिवर्तनको नाममा
    बलिको बोका
    युवाहरू नै बन्छन्।

    २०८३/०३/३०
    पौराई

    मङ्गलबार, असार ३०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने
    के गुमाएँ मैले ?

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.