• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

पबमा भीषण आगलागी, २७ जनाको मृत्यु


  •   सोमबार, असार २९, २०८३ मा प्रकाशित
  • बैङ्कक । थाइल्यान्डको राजधानी बैङ्ककस्थित एक पबमा सोमबार मध्यरातपछि भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन् । घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या अझ बढ्न सक्ने आशङ्का गरिएको छ ।

    Advertisement

    आगलागी बैङ्ककको उत्तरी क्षेत्रमा रहेको ना लाडपराव पबमा भएको हो । प्रारम्भिक जानकारीअनुसार स्टेज नजिकै रहेको सर्किट ब्रेकरबाट धुवाँ निस्किएपछि विस्फोट भएको र केही क्षणमै बाक्लो धुवाँ तथा आगो पबभर फैलिएको थियो । त्यसपछि मानिसहरू बाहिर निस्कन खोज्दा भागदौड मच्चिएको थियो ।

    थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले घटनास्थलमै पुगेर २७ जनाको मृत्यु भएको पुष्टि गर्दै आगलागीको कारणबारे विस्तृत अनुसन्धान भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार धेरै शव पबको पछाडितर्फ रहेको शौचालय क्षेत्रमा फेला परेका छन् । त्यहाँ मानिसहरू ज्यान जोगाउन आश्रय लिन पुगेका थिए ।

    प्रारम्भिक उद्धार टोलीले सार्वजनिक गरेको दृश्यमा पबको मुख्य प्रवेशद्वारबाट ठूलो आगो र बाक्लो कालो धुवाँ निस्किरहेको तथा मानिसहरू ज्यान जोगाउन भागिरहेको देखिएको थियो । आगलागी नियन्त्रणमा लिन दमकलकर्मीलाई करिब आधा घण्टा लागेको थियो ।

    बैङ्ककका गभर्नर चाडचार्ट सिटिपुन्टका अनुसार घाइतेलाई विभिन्न अस्पतालमा उपचारका लागि लगिएको छ । धेरै पीडितसँग परिचय खुल्ने कागजात नभएको वा उनीहरू बेहोस रहेकाले पहिचान गर्ने काम जारी छ ।

    घटनापछि आफ्ना आफन्तको खोजीमा पुगेका परिवारजनका लागि घटनास्थल नजिकै दर्ता तथा सूचना केन्द्र स्थापना गरिएको छ ।

    नजिकै अर्को कार्यक्रममा प्रस्तुति दिइरहेकी गायिका सुकन्या वोङवोङवाईले आगलागीको खबर पाएपछि घटनास्थल पुगेको बताउँदै आफ्ना ब्यान्डका एक सदस्यको मृत्यु भएको, तीन जना अस्पतालमा उपचाररत रहेको र एक जना अझै सम्पर्कविहीन रहेको जानकारी दिनुभयो ।

    उहाँका अनुसार आगलागी भएपछि तत्काल विद्युत् आपूर्ति बन्द हुँदा पब अन्धकारमय बनेको र बाक्लो धुवाँका कारण मानिसहरूले एकअर्कालाई देख्न नसकेकाले बाहिर निस्कन कठिन भएको थियो ।

    थाइल्यान्डमा यसअघि पनि यस्ता दुःखद् आगलागी भएका छन् । सन् २०२२ मा देशको पूर्वी क्षेत्रमा रहेको एक म्युजिक पबमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको थियो । त्यसअघि सन् २००९ को नयाँ वर्षको पूर्वसन्ध्यामा बैङ्ककको सान्टिका नाइटक्लबमा भएको आगलागीमा ६६ जनाले ज्यान गुमाएका थिए भने २०० भन्दा बढी घाइते भएका थिए । उक्त आगलागी भित्री आतशबाजी प्रदर्शनका कारण भएको निष्कर्ष निकालिएको थियो ।

    सोमबार, असार २९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.