• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ४. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

चीनको क्षेप्यास्त्र परीक्षणविरुद्ध प्रशान्त राष्ट्र एकजुट


  •   बुधबार, असार २४, २०८३ मा प्रकाशित
  • सिड्नी । प्रशान्त क्षेत्रका राष्ट्रहरूले चीनले हालै प्रशान्त महासागरमा गरेको रणनीतिक क्षेप्यास्त्र परीक्षणको विरोधमा कडा संयुक्त वक्तव्य जारी गर्ने तयारी गरेका छन् । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले क्षेत्रीय सहमतिका लागि उक्त वक्तव्यको मस्यौदा प्रशान्त टापु फोरमका सदस्य राष्ट्रबीच छलफलमा रहेको जानकारी दिनुभएको छ ।

    Advertisement

    ब्रिस्बेनमा पपुवा न्यू गिनी, टोङ्गा र सामोआका नेतासँग सुरक्षा वार्ताअघि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री अल्बानिजले प्रशान्त क्षेत्रका देशहरूले एउटै स्वरमा बलियो सन्देश दिन आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार तयार पारिएको संयुक्त वक्तव्य निकै कडा प्रकृतिको छ ।

    चीनले सोमबार प्रशान्त महासागरमा नक्कली वारहेड बोकेको रणनीतिक क्षेप्यास्त्र परीक्षण गरेको थियो । अस्ट्रेलिया, न्युजिल्यान्ड, जापान र संयुक्त राज्य अमेरिकालगायतका देशहरूले त्यसको आलोचना गरेका छन् । निगरानीकर्ताहरूका अनुसार क्षेप्यास्त्र सोलोमन टापु, नाउरू र तुभालुबीचको समुद्री क्षेत्रमा खसेको देखिएको थियो ।

    चिनियाँ सहायता र पूर्वाधार ऋणमा निर्भर धेरै प्रशान्त राष्ट्रहरू बेइजिङको सार्वजनिक आलोचना गर्न हिच्किचाउने गरेका छन् । तर सोलोमन टापुले पनि मङ्गलबार उक्त क्षेप्यास्त्र परीक्षणप्रति असन्तुष्टि जनाएको छ ।

    प्रधानमन्त्री अल्बानिजले टोङ्गाका प्रधानमन्त्री लर्ड फकाफानुआ, पपुवा न्यू गिनीका प्रधानमन्त्री जेम्स मारापे र सामोआका प्रधानमन्त्री ला’ओलियालिमालिएटोआ ल्युएटा श्मिटसँग क्षेत्रीय सुरक्षा तथा सहकार्यबारे छलफल गर्दै हुनुहुन्छ । उहाँले प्रशान्त क्षेत्रको सुरक्षाका लागि क्षेत्रीय राष्ट्रहरू स्वयं जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।

    अस्ट्रेलियाले चीनको बढ्दो प्रभावलाई सन्तुलनमा राख्ने रणनीतिअन्तर्गत प्रशान्त क्षेत्रका देशमा सुरक्षा सहकार्यसँगै रग्बी लिग र रग्बी युनियन कार्यक्रममार्फत पनि सम्बन्ध विस्तार गरिरहेको छ ।

    चीनको क्षेप्यास्त्र परीक्षण अस्ट्रेलिया र फिजीबीच नयाँ रक्षा साझेदारी सम्झौतामा हस्ताक्षर भएकै दिन भएको थियो । क्यानबेराले पछिल्ला वर्षहरूमा दक्षिण प्रशान्तका विभिन्न देशसँग सुरक्षा सहकार्य विस्तार गर्दै आएको छ ।

    फिजीका रक्षामन्त्री पियो टिकोडुआडुआले चिनियाँ दूतावासलाई परीक्षण नगर्न पूर्वचेतावनी दिएको बताउनुभएको छ । उहाँका अनुसार यस्तो क्षेप्यास्त्र परीक्षणले क्षेत्रीय विश्वास र पारस्परिक सम्मानलाई कमजोर बनाएको छ । साथै, परीक्षण भएकै समयमा चीनको क्षेप्यास्त्र निगरानी जहाज युआन वाङ–५ फिजीको बन्दरगाहमा रहेको घटनालाई उहाँले असामान्य संयोगको संज्ञा दिनुभएको छ ।

    बुधबार, असार २४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ४.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.