• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

कम्युनिस्ट पार्टीलाई आधारभूत वर्गमा लैजाने समस्या


  •   बिहिबार, साउन २२, २०७७ मा प्रकाशित
  • कम्युनिस्ट पार्टी श्रमजीवी वर्गको प्रतिनिधि संस्था हो । श्रमजीवी वर्ग मजदुर, किसान र बुद्धिजीवी वर्गअन्तर्गतका व्यक्ति हुन् । कम्युनिस्ट आन्दोलन शोषणविहीन र वर्गविहीन समाज बनाउने आन्दोलन हो । एक÷दुई व्यक्ति मात्रैले पार्टी बन्दैन । त्यसमा धेरै व्यक्ति संलग्न भएर वा गराएर मात्रै सङ्गठनको रूप तयार हुन्छ । त्यस्तो अवस्थामा धेरै वा सबै व्यक्ति सर्वहारा वर्गअन्तर्गतका श्रमजीवी वर्गका व्यक्ति भएर वा बनाएर मात्र सङ्गठनको सुरुवात गर्ने अवस्था पर्खने अथवा त्यस्ता व्यक्ति मात्रै सङ्गठनमा रहने अवस्था हुन्न । समाजमा जेजस्ता व्यक्ति छन्, तिनीहरूमध्येका प्रगतिशील तत्त्वलाई संलग्न गराएर सङ्गठन निर्माण गर्ने र अध्ययन, प्रशिक्षण, वर्गसङ्घर्ष र अनुशासन निर्माण गर्दै–गराउँदै सङ्गठनका गतिविधि अगाडि बढाउनुपर्दछ ।

    Advertisement

    जहाँसम्म समाजको कुरा छ, त्यो विकासको परम्परागत संस्कृतिको सामना गर्दै, त्यसबाट अगाडि बढ्दै गएको हुन्छ । त्यसो भन्नुको अर्थ मानव चेतना मानव इतिहाससँग सम्बन्धित हुन्छ भनेको हो । समाजको तत्कालीन अवस्थाका प्रगतिशील तत्त्वलाई समावेश गरेर श्रम विभाजनबाट सङ्गठनका गतिविधि अगाडि बढेका अथवा बढाइएका हुन्छन् । त्यस्तो अवस्थामा सङ्गठित शक्ति प्रदर्शन भई समाजका अरू व्यक्तिमा आकर्षण भएर सङ्ख्या बढ्दै जाने हो । यो तरिकाले सङ्गठन सर्वहारा वर्गको अधिनायकत्व कायम राख्न र सर्वहारा वर्गको नेतृत्वमा सङ्गठन विस्तार गर्ने काम अत्यन्तै कठिन काममध्ये पर्दछ । समाजका व्यक्तिको आफ्ना तत्कालीन जल्दाबल्दा समस्या समाधान गर्ने काम त्यहाँको समाज विकासको अवस्थामा भर पर्दछ । व्यक्ति सङ्गठनमा प्रवेश गर्दासाथ आफ्नो श्रेष्ठता स्थापित गराउन चाहन्छ । उसले आफ्नो वर्गीय हैसियतअनुसार स्थान ग्रहण गर्नेभन्दा ज्येष्ठताको प्रदर्शन गर्छ ।

    समाजको बहुमत जनसङ्ख्या निम्न पुँजीपति वर्गको हुन्छ । उनीहरूको विश्वदृष्टिकोण निम्न पुँजीवादी नै हुन्छ । उनीहरू पुँजीपति वर्गबाट शोषित, उत्पीडित त हुन्छन्, तर उनीहरूको सबैभन्दा ठुलो डर सर्वहारा वर्गमा गइन्छ कि भन्ने हुन्छ । उनीहरूको प्रयत्न आफ्ना व्यक्तिगत स्वामित्वको उत्पादनका साधन कायम राख्ने र थप्दै गएर पुँजीपति बन्ने नै हुन्छ । तर शोषणयुक्त व्यवस्थाका कारण त्यस्तो हुन सक्दैन । बढी आवश्यकता सीमित आम्दानीको श्रोतबाट पूरा हुन नसक्ने भएर दिनदिनै सर्वहारा वर्गको नजिक पुग्छन् । आफू सर्वहारा वर्गको उदार दृष्टिकोण र निर्भिकताको जीवनशैली अपनाउन नसकेकै कारण मानसिक समस्या परेको हो । त्यही कमजोरी पत्ता लगाएर शोषणको बोझ थप्ने काम समाजका शोषक वर्गले भिराएका हुन्छन् । त्यस्तो अवस्थामा न सम्पन्न वर्गीय जीवन हुन सक्छ, न सर्वहाराजस्तो निर्भिकताको र उच्च मनोबलसहितको जीवन जिउन सक्छन् ।

    कम्युनिस्ट पार्टीको उद्देश्य, सामूहिकताको महत्त्व, क्रान्तिको अनिवार्यता, मनोगत अवस्थाबाट उच्च मनोबल बनाएर आफ्नो योगदान थप्ने कुरा र सङ्गठन र अनुशासनको महत्त्व आदि विषयमा सही जानकारी नहुनाको कारणले अमूल्य समय खेर गइरहेको हुन्छ । आफूजस्ता हजारौँहजारको सङ्ख्यामा रहेका श्रमजीवीसँग एकसाथ सङ्गठित भएर वर्गविहीन र शोषणविहीन समाज बनाउने महान् उद्देश्यका साथ काम गर्न लाग्ने बनाउन क्रान्तिकारी पार्टी र क्रान्तिकारी नेतृत्वको पहुँच नपुग्दासम्म निम्न पुँजीवादी विश्वदृष्टिकोण सर्वहारा विश्वदृष्टिकोणमा रूपान्तरण हुन सक्दैन । त्यसकारण कम्युनिस्ट पार्टीको महत्त्व र आवश्यकता समाजमा अति खड्केको विषय हो । आफूहरू सङ्ख्यामा थोरै भए पनि क्रान्तिकारीहरूले भौतिक रूपमा उत्पीडन बेहोरिरहेका श्रमजीवी वर्गका व्यक्तिबिच श्रम र सङ्गठनको महत्त्व स्पष्ट पार्न कोशिस गर्ने हो भने क्रान्तिकारी आन्दोलन उठ्ने र आमूल परिवर्तन हुने निश्चित छ । त्यसका लागि कम्युनिस्ट पार्टी चाहिन्छ ।

    कम्युनिस्ट पार्टीको नेता बन्न खोज्ने काम अत्यन्त घटिया दर्जाको काम हो । कम्युनिस्ट पार्टीको सदस्य अत्यन्त महान् व्यक्ति हो । ऊ महान् यसकारणले हो कि उसले वर्तमान समाजमा आमूल परिवर्तन गर्ने उद्देश्यसहित काम गर्दछ । त्यस्तो महान् उद्देश्यमा सबैभन्दा बाधक धर्म र परम्परागत संस्कृति हो । ती दुवैले समाजका शोषित, उत्पीडित वर्गलाई शोषण र उत्पीडन सहने भएको हुनाले तिनीहरूमाथि शोषण र उत्पीडन थप्ने शोषक र उत्पीडकको एकछत्र शासन चलिरहेको छ ।

    शोषण र उत्पीडनका औजार भिरेर कम्युनिस्ट भन्नेहरूसमेत समाजमा शासक भई वितण्डा मच्याइरहेका छन् । यो कुरा बुझ्न र बुझाउन अति आवश्यक छ कि शोषण गर्नुभन्दा शोषण सहनु पनि कत्ति कम काम होइन । शोषण सहने मान्छे भएकै कारणले शोषण कायम रहेको हो । आफूले काम नगरिकन अथवा गलत काम गरेर आफ्ना दैनिक आवश्यकता पूरा गर्ने काम नै शोषण हो । मान्छेले जन्मेदेखि मर्ने बेलासम्म यस्ता अवस्था पनि पार गर्नुपर्दछ, जहाँ आफैले काम गर्न सक्दैन । बालक, वृद्ध, बिरामी, अपाङ्गता आदि यस्ता अवस्था हुन्, जहाँ व्यक्ति आफैले काम गर्न सक्दैन । त्यसका लागि समाज चाहिन्छ । समाजको चालक शक्ति राज्यसत्ता हो, जुन समाजको सबैभन्दा ठुलो सङ्गठित शक्ति हो । तर त्यही शक्ति समाजमा उत्पीडन थप्ने कामको नेतृत्व गरिरहने काम गर्ने हुनाले आमूल परिवर्तन गर्न कम्युनिस्ट पार्टी चाहिएको हो । यो आमूल परिवर्तन कम्युनिस्ट पार्टीको सदस्यले गर्नुपर्ने काम हो । एक्लै भए पनि गर्नुपर्ने हो । एक्लै नसकिने भएकाले सङ्गठित हुनुपरेको हो । सङ्गठित हुनुपरेको कारण श्रम विभाजन गरेर आमूल परिवर्तनको काम सफलतापूर्वक सम्पन्न गर्नका लागि हो, शोषण र उत्पीडन थप्न वा थप्नेलाई सहयोग पु¥याउन होइन । काम गर्न योग्यताको विकास गर्नुपर्छ । आफ्नो योग्यतानुसार काम गर्ने हो । कम्युनिस्ट पार्टीको सदस्य भएको व्यक्ति आफै शोषणको विरोधी भएको मात्र होइन, शोषित व्यक्ति हुने पनि हो । शोषित भनेको धेरै काम गरेर थोरै ज्याला पाउने व्यक्ति हो ।

    समाजको कुनै व्यक्तिसँग धेरै उत्पादनका साधन र आम्दानीका श्रोत पनि धेरै छन् भने त्यस्तो हुनु त्यो व्यक्तिको दोष होइन, त्यो व्यवस्थाको दोष हो, नियम–कानुनको दोष हो, जसले गर्दा ती साधन उसकहाँ जम्मा गराइदिए । ती साधन र ती श्रोत मानिसको संयुक्त प्रयत्नबाट जम्मा भएका हुन् र अहिले पनि संयुक्त प्रयत्नबाट सञ्चालन भइरहेका छन् । व्यक्ति समाजको एउटा सदस्य हो र उसका सम्पूर्ण गतिविधि समाजको एउटा सदस्यको हैसियतमा सञ्चालन भइरहेका हुन्छन् । व्यक्तिगत स्वामित्वको व्यवस्थालाई सामूहिक स्वामित्वको व्यवस्था बनाए पनि ती श्रोतसाधन सञ्चालन गर्नुपर्छ र गरिन्छ पनि । परम्परागत राज्यसत्ता र परम्परागत व्यवस्थाका कारणले समाजका व्यक्तिलाई परस्पर विरोधी शक्ति शासक र शासितमा विभाजन गरेको हुनाले वर्गसङ्घर्ष, वर्गचेतना र वर्ग सङ्गठन र वर्ग अनुशासनको आवश्यकता परेको हो । यो सामूहिकताको प्रयत्नमा मुख्य बाधक राज्यसत्ता भएको र राज्यसत्ता व्यक्तिगत सम्पत्ति जोगाएर शोषण गर्न, शोषण गराउन लागेको हुनाले त्यसलाई विस्थापन गर्नुपरेको हो ।

    सिद्धान्तलाई सिद्धान्तले, राजनीतिलाई राजनीतिले र सङ्गठनलाई सङ्गठनले नै विस्थापन गर्नुपर्ने हुनाले आमूल परिवर्तनको कुरा आएको हो । वर्तमान समाजमा राज्यसत्ताको आवश्यकता छ । त्यसैले राज्यसत्ता गठन गर्नुपर्छ । राज्यसत्ता समाजवादबाट र समाजकै लागि आवश्यक भएको र गठन हुन्छ मात्र होइन, गठन नभइहुन्न भनेको हो । त्यसकारण समस्या शोषकको र आमूल परिवर्तनको हो । वर्तमान राज्यसत्तामा आमूल परिवर्तन गरेर शोषणलाई बढाइरहेको राज्यसत्ताको स्थानमा शोषण घटाउने र घटाइरहने गरी वर्गसङ्घर्षबाट मात्र होइन, वर्गसङ्घर्ष बढाउनकै लागि आमूल परिवर्तन चाहिएको हो । त्यसका लागि वर्ग, वर्गचरित्र, वर्गीय अधिनायकत्व अति आवश्यक शर्त हुन् ।
    वर्गीय मुक्तिको उद्देश्यसहित कम्युनिस्ट पार्टी गठन हुने भएकाले त्यसैअनुसारका निम्नतम योग्यता र आवश्यकता निश्चित गरिएको हुन्छ । कम्युनिस्ट पार्टीका सदस्य शोषित यसकारणले हुन् कि उनीहरूले उच्च क्षमताको प्रयोग निम्नतम ज्यालामा खर्च गरिरहेका हुन्छन् । त्यो लगानी शोषण र शोषकका लागि होइन, सामूहिकता र वर्गीय मुक्तिका लागि हो ।

    राज्यसत्ता ठुलो सङ्गठित शक्ति भनिए पनि सम्पूर्ण जनसङ्ख्याको एक प्रतिशतभन्दा बढी हुन्न । ९९ प्रतिशतको सङ्ख्यामा रहेका जनताको बिचमा निश्चित उद्देश्य र अनुशासनसहित उनीहरूको बिचमा पिछडिएको चेतनाबाट फाइदा उठाउनुको सट्टा उनीहरूको राजनैतिक चेतनास्तर उच्च बनाउन प्रयत्न गर्नुपर्छ । जनताको साथ र सहयोग बिना न त वर्तमान राज्यसत्ता चलेको हुन्छ, न समाजवादी राज्यसत्ता नै चल्न सक्छ ।

    राजनैतिक पार्टी सचेत, सङ्गठित र अनुशासित व्यक्तिको जमात हो । जनताले राजनीति राजनैतिक पार्टीका कार्यकर्ताको व्यवहारबाट सिक्दछन् । राजनीतिक पार्टीले आफ्ना कार्यकर्तामा वर्गीय विश्वदृष्टिकोण र वर्गीय चेतनासहित अनुशासित भई जनताको बिचमा काम गर्न पठाउनुपर्छ । उनीहरूको व्यवहारअनुसार जनताको चेतनास्तर उच्च बन्छ । अर्को कुरा पार्टीले आफ्नो पत्रिका, आफ्नो प्रशिक्षण, आफ्नो भाषण र आफ्ना विभिन्न अभियान मार्फत् जनताको राजनैतिक चेतनास्तर उच्च बनाउने काम पनि गरिरहनुपर्छ । अप्ठेरो कहाँ छ भने राज्यसत्ताले सम्पूर्ण जनताबाट कर उठाएर धर्म, परम्परा आदिको साथमा आफ्नो जनता विरोधी क्रियाकलाप सञ्चालन गर्दछ । राज्यसत्ताका विरोधी राजनैतिक शक्तिले आफ्ना क्रियाकलाप जनताको बिचमा पु¥याउने श्रोत पनि जनताका बिचबाट नै जुटाउनुपर्दछ ।

    जनताले धर्म मान्छन्, देवता मान्छन्, राजा मान्छन्, नेता मान्छन् र आफ्ना प्रतिनिधि चिन्न र छुट्याउन सजिलो मान्दैनन् । त्यही जनताको कमजोर अवस्थाबाट फाइदा उठाएर राज्यसत्ताले आफ्नो आयु लामो बनाउने र आफ्ना विरोधी दबाउने दुवै काम गर्दछ । जनताको बिचमा जनतालाई शोषणको भुमरीमा फसाउन धेरै राजनैतिक पार्टी पनि जाने गर्दछन् । जनताको लामो अनुभव र सही राजनैतिक चेतना विकास गर्नमा र आफ्नो मुक्ति आफै गर्नुपर्छ भन्ने भावनाको विकासमा बाधा–अडचन खडा भइरहेको पनि हुन्छ । तर इतिहासको निर्माता जनता भएकाले को सही हो र को गलत हो भन्ने पनि छुट्याउन प्रयत्न गरिरहन्छन् । राजनैतिक पार्टी पनि धु्रवीकरण हुँदै गएर जनताका पक्षपाती र जनताका विरोधी विपरीत कित्तामा छुट्टिँदै गइरहेका हुन्छन् ।

    जनताको बिचमा कम्युनिस्ट पार्टीको राजनीति लैजाने व्यक्ति श्रमजीवी वर्गको व्यक्ति नै हुनुपर्छ । उसले एकैपटक दुई वटा काम गर्नुपर्छ ः एउटा– उसका व्यक्तिगत समस्या श्रम गरेर नै टार्ने र दोस्रो– पार्टीको राजनीति जनताबिच पु¥याउने । त्यसका लागि दुवै काम गर्न ऊ सक्षम र तयार दुवै हुनुपर्छ । जनताले ती दुवै काम एकैसाथ गर्न नसक्ने हुनाले सर्वसाधारण जनता कम्युनिस्ट पार्टीको सदस्य बन्न सक्दैनन् भनेको हो ।

    कम्युनिस्ट पार्टी जनताको मुक्तिका लागि काम गर्ने पार्टी हो । तर पनि जनता आफ्नो पार्टीको सदस्य बन्न सक्दैनन् । उनीहरूमा धर्मको नसा लागेको हुन्छ । परम्परागत चिन्तनबाट ग्रस्त हुन्छन् । धर्मबाट मुक्त नभइकन शोषणबाट मुक्त हुन सकिन्न । उनीहरू धर्मबाट मुक्त हुन सक्दैनन् । त्यसकारण जनतालाई मुक्तिको बाटो सिकाउन राज्यसत्ता शोषित, उत्पीडित वर्गको कब्जामा हुनुपर्छ । त्यसका जनताको बिचमा बलियो सङ्गठन बनाउन श्रमजीवी वर्गका व्यक्तिको सचेत श्रमको खाँचो पर्दछ । त्यसकारण कम्युनिस्ट पार्टीले आफ्ना कार्यकर्ता आधारभूत वर्गबाट नै तयार पार्नुपर्छ । त्यसका लागि पार्टी नेतृत्व र निर्देशक समितिका व्यक्तिको र पार्टी संरचनाको आधारमा भर पर्दछ । त्यो भनेको नेतृत्व पङ्क्ति श्रमजीवी वर्ग र श्रमजीवी वर्गमा समर्पित हुनुपर्छ ।

    कम्युनिस्ट पार्टीको सदस्य राज्यसत्ता कब्जा हुनुभन्दा पहिल्यै मुक्त भइसकेको हुनुपर्छ । आफ्नो श्रम बेचेर खर्च टार्ने र जनतालाई सचेत र सङ्गठित पार्नमा समर्पित भएको हुनुपर्छ । त्यसो भए मात्र जनताको विश्वास हुन्छ र राज्यसत्ता कब्जा भई जनताको मुक्ति सुरु हुन्छ । मुक्त हुने भनेको समाजका कुनै व्यक्तिले अर्को व्यक्तिको शोषण गर्न नपाउने भएको अवस्था हो । त्यो अवस्था शोषणविहीन र वर्गविहीन अवस्था हो । सबै मान्छे एकर्काप्रति मायाप्रेम र सद्भावका साथ प्रकृति विरुद्धको सङ्घर्षमा आफ्नो योग्यता र क्षमताको साथ खट्न लाग्ने अवस्था हो । त्यसका लागि सिङ्गै समाजवादी युग पार गर्नुपर्छ । अहिलेको एकाधिकारी पुँजीवादी युग समाप्त गरेर मात्र समाजवादी युग सुरु हुन्छ ।

    कम्युनिस्ट पार्टीले आफ्ना कार्यकर्तालाई आधारभूत वर्गबाट नल्याउने हो भने पार्टीमा अवसरवादको खेल सुरु हुन्छ । पहिलो कुरा त अवसरवादीहरू कम्युनिस्ट पार्टीमा आउनै मान्दैनन् । आए भने आफ्नो अवसरको उपयोग गर्न सुरु गर्छन् । उनीहरूले जनताको पिछडिएको चेतनाबाट फाइदा उठाउन सुरु गर्छन् । उनीहरूले जनताको पिछडिएको चेतनाबाट फाइदा उठाउन सुरु गर्छन् । सबैभन्दा पहिले आफू जनताको बिचमा गएर उनीहरूलाई सचेत र सङ्गठित बनाउनुको सट्टा आफ्नो रोजगार सृजना भएको मान्छन् अथवा रोजगार सृजना गर्छन् । आफूले उनीहरूको बिचमा काम गरेको हुनाले आफूलाई खाने, लाउने, बस्ने समस्याको समाधान गराउनेको नाममा आफ्ना स्वार्थपूर्ति गर्न लाग्छन् ।

    दोस्रो सर्वसाधारण जनतालाई पार्टीको मान्छे बनाउनभन्दा व्यक्तिगत स्वार्थमा उपयोग हुने मान्छे बनाउँछन्, ताकि आफ्नो चित्त नबुझेर पार्टी फुटाउने बेलामा आफ्नो पक्षमा लाग्ने गरी सम्बन्ध स्थापित गर्छन् । अर्को कुरा आफू जनताबिच काम गरेर जनतासँग एक भएको बताएर अरू अवसरवादीसँग पदको बार्गेनिङ गर्ने आधार बनाउँछन् । जे गरेर भए पनि जनताको पिछडिएको चेतनाबाट फाइदा उठाउने काम गर्दछन् । त्यसकारण कार्यकर्ताको क्रियाकलाप, सैद्धान्तिक स्तर, उनीहरूको पार्टीप्रति समर्पण भाव आदि कुराको वस्तुनिष्ठ मूल्याङ्कन गरेर वर्ग र वर्गीय समर्पणको योग्यता बढाउन बढी ध्यान दिनुपर्छ ।

    दासयुग, सामन्तीयुग र पुँजीवादी युग तीन वटै युगमा व्यक्तिगत स्वामित्वमा उत्पादनका साधन कायम राख्दै मान्छेले मान्छेमाथि शोषण गर्ने कामको निरन्तरता भएको हुनाले आमूल परिवर्तन मार्फत् नयाँ युग समाजवादी युग अथवा सामूहिक स्वामित्वमा उत्पादनका सबै साधन लैजाने युगको सुरुवात गर्नुपर्ने हुनाले यो चानेचुने काम होइन । यो युग सुरु गर्नु भनेको भीषण वर्गसङ्घर्षलाई अगाडि बढाउनु हो । सिङ्गै नयाँ युगमा प्रवेश गरेर मान्छेले मान्छेलाई शोषण गर्ने र शासन गर्ने युगको सधैँका लागि अन्त्य गर्ने कामको सुरुवात गर्ने युग हो । यो अति आवश्यक, गर्नैपर्ने र समानतासहित मानवको श्रेष्ठता कायम गर्ने काम हो ।

    बिहिबार, साउन २२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी
    घण्टीको उपहार र त्रिपुरेश्वरमा जलिरहेका गणेश

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.