काठमाडौं । भारतको गुजरातस्थित कोरोना अस्पतालमा आगलागी हुँदा ८ संक्रमितको मृत्यु भएको छ ।
Advertisement
बीबीसीका अनुसार अहमवाद सहरको नवरंगपुरस्थित श्रेय अस्पतालमा बिहान ३ बजेतिर अचानक आगलागी भएको थियो ।
अहमदाबादका अतिरिक्त मुख्य अग्निनियन्त्रक राजेश भट्टले बीबीसी हिन्दीलाई दिएको जानकारी अनुसार अस्पतालका कर्मचारीले पीपीई किट लगाएर काम गरिरहेका थिए, सर्ट सर्किटका कारण आगो लागेको हो ।
आगो एक घण्टामै नियन्त्रणमा लिइयो तर आत्तिएर ८ बिरामीको मृत्यु भएको हो ।