क)
भीरको टुप्पोबाट हेर्दा तल पाताल छ
समुन्द्रमा ज्वारभाटाको ठूलो छाल छ
सरकार फेरिए उस्तै छ अवस्था
दिनदिनको महंङ्गीले जनताको बेहाल छ ।
Advertisement
ख)
विदेशी ऋणको भारले थिच्यो सरकार
छालछाम गरि फेरि घिच्यो सरकार
हाम्रो प्रश्न छ, हामीलाई थाहा छैन
कसरी भारतको जमिन मिच्यो सरकार ।
ग)
त्यागेर अरुको भेटिदैछ अस्तित्व
बारबार नेपालीको रेटिदैछ अस्तित्व
छोड्दै गए हामीले पूर्खाका सम्पत्ति,
फेरिए संस्कृति मेटिदैछ अस्तित्व ।
दीप गोले तामाङ
रौतहट
खलंगा, प्यूठान
२०८३/०३/०८