बाल्छन् आगो नेपालमा, देशकै सम्पदा जलाउन,
बोल्छन् प्रधानमन्त्री आफ्नै देशमा राष्ट्रघात गराउन।
Advertisement
टेबल बजाउन मात्र सांसद र मन्त्रीका विवेक सुन्ने हात भए,
युथ काउन्सिल र दूतावास छन् सक्रिय, हाम्रो देश चलाउन।।
ममाथि किन प्रश्न उठाउँछौ ? तिमीले काण्ड घटाई फाइदा लियौ,
मैले ड्राफ्ट तयार पारेँ, तिमीले एमसीसी पास गर्दा फाइदा लियौ।
हेराफेरी त तिमीले पनि गरेका थियौ, सीसी क्यामेराको तार काटेर,
अहिले हामी सत्तामा छौँ, किन डाहा गर्छौ ? अलिअलि फाइदा लियौँ।।
— सबैमा नमस्कार, गुडगाउँ, भारतबाट।