• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

अप्ठ्यारो दिनको सुरुवात


  •   सोमबार, साउन १९, २०७७ मा प्रकाशित
  • २०७६ चैत्र ११ गते अप्ठ्यारो दिनको सुरुवात भएको थियो । दिन एउटै र उही, तर पनि अनुभूति फरक–फरक । मृत्युको भय सबैलाई भए पनि त्यो पनि फरक–फरक हुँदो रहेछ । पीडा सबैलाई उस्तै हुन्छ गुमाउनुको । जोसँग धेरै छ, गुमाउनुको चिन्ता पनि उसैलाई धेरै हुने नै भयो । डरसँगै आएको कहरको बिचमा गुमाउनेको प्रकृति पनि फरक–फरक भए । प्रेम र घृणा दुवै पीडाका कारक हुन् । प्रेमले आशक्ति बढाउँछ । त्यही प्रेम गरेको चिज गुमाउनुको पीडा अधिक हुन्छ । घृणाले क्रोधलाई जन्म दिन्छ र क्रोधले अन्त्यको कामना गर्दछ । यसको प्रकृति नै पीडादायक हुन्छ ।

    Advertisement

    यही दुई वटैको बिचमा गुमाउनुको वास्तविकता सबैको अगाडि चलचित्र भएर आयो । संसार ढाकेर आएको यो कहर सबैको नौलो अनुभव भयो । केही दिन सबैले मृत्युको सम्मुख पुग्नै आँटेको ठाने । कसैले पैसाको अगाडि कोरोना पनि डराउने ठाने । तर पनि पीडाको शास्वत रूप त्यो लोभ र क्रोध मानवीय स्वभाव रहिरह्यो । कहरमै पनि कसैले अझै पैसा कमाउने रहर गरे । एकको माललाई चार पनि ठोके । तर पनि मरिन्छ कि भनेर मास्कले नाकमुख छोपिरहे ।

    छिमेकीलाई पनि दुई बित्ता जमिनको लोभ लाग्यो । नवराज विकलाई प्रेमको भोक मेटाउने लोभ जाग्यो । प्रेमिका खोज्दै प्रेमिकाकै गाउँ पुगे । छिमेकी बाटो खन्दै वरै आइपुग्यो । व्यापारी पनि नाफा अधिक खोज्दै ठाउँमै पुगे । तृष्णाको अगाडि रोगको केही लागेन । धेरैले जीवनको अन्त्य नै ठानेर होला, भोलि बिर्सिएजस्तै गरेर आजै गर्नुसम्म गरे । घृणाले नवराज विक र साथीको ज्यान लियो । घृणा, प्रेम र तृष्णा सबैको परिणाम उस्तै अन्त्य हुन थालेका छन् । प्रेम देखाउने चिज हुन थालेको छ । प्रेम देखाएर तृष्णा मेटाउनेको सङ्ख्या अधिक हुन थालेको छ ।
    कसैलाई धनको तृष्णा, कसैलाई नामको तृष्णा, कसैलाई यौनको तृष्णा । सबैको तृष्णा मेटाउने माध्यम देखावटी प्रेम हुन थालेको छ । प्रेम र करुणा जताएर राहतमा आँखा लाउनेहरू दानवीर बनेर फेसबुकमा फोटा अपलोड गरेर नाम र दाम दुई वटैको तृष्णा मेटाउने प्रयत्न पनि भए । वातावरण नै यस्तै भएर होला, प्रेम नक्कली भयो । तृष्णा सक्कली हुँदै आयो । यसैको परिणाम भन्नुपर्छ, छिमेकीको नजरमा आफ्नै भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीमा नेपालीको आवत्जावत्लाई घुसपैठ देख्न थाले । हिजोको मोदीप्रेम नाङ्गिँदै असली रूप देखिन थाल्यो । हिँजो गौतम बुद्ध भारतमै जमिएका हुन् भनेर नेपालकै स्कुलमा समेत अहिलेसम्म झुटो कुरा पढाइरहेको मोदी सरकार, हाम्रा प्रधानमन्त्रीले राम र अयोध्या नेपालकै माडी र ठोरी हो कि भनेर उत्खननका कुरा गर्दा पनि तिनीहरूका आँखा तिल्मिलाएका छन् । सीमा शर्त, परम्परा र प्रोटोकल र पद्धति बिर्सिएर स्यालहुइयाँ मच्चाएका छन् । हिँजो नेपाली नेतृत्वको चुल्होसम्मै पुगेको भारतीय संयन्त्र आज आँगनबाहिर नै पुगेको ठानेर होला, सबै कुरा चिनियाँ परिपञ्च ठान्दछ । नेपाली होइन, चाइनिज बोलेको मान्दछ ।

    कुनै बेला संसार सबैको घर भनेर ग्लोबलाइजेसनका कुरा गरेर संसार चहारेर, लुटेर साम्राज्यवादीहरू फेरि रूप बदलेर अतिराष्ट्रवादको खोल ओढ्न थालेका छन् । ट्रम्प र मोदी दुवै जना नायक भएका छन् । अतिराष्ट्रवादको ढोङ गर्न थालेका छन् । दुवै अतिराष्ट्रवादी देखिन खोजेका छन् । छिमेकी सबै दुश्मन बनाउन थालेका छन् । नेपालमा प्रचलित एउटा उखान छ– अति सर्वत्र बर्जयते । यस्तै हुन थालेको छ ।

    अमेरिका बाँकी विश्वबाट एक्लो हुँदै गएको छ । भारत छिमेकीबाटै बहिष्कृतको बाटोमा छ । यहाँ अधिक तृष्णाले अहम्को बाटो समाएको छ । अधिक अहम् पनि विनासको मार्ग हो । नीति, विचार र सिद्धान्तबाट टाढै बसेका दुवै आफ्नै विचार र स्वार्थलाई सर्वोपरि ठानेका छन् । विश्वलाई फेरि अधिनायकवादमा फर्काउने सङ्केत गरेका छन् । यसैको प्रभाव होला, हाम्रा प्रधानमन्त्री पनि यही पथमा हिँड्न खजेका छन् । जनमत र जनहित विपरीत महाकाली सन्धिजस्तै ह्विप लगाएरै भए पनि एमसिसी पास गराउने भगिरथ प्रयासमा लागेका छन् । मृत्युसँग अस्पतालमा लड़ाइँ गर्दै गर्दा पनि एमसिसी बिर्सन सकेनन् । जनताले घृणा गरेको एमसिसी ट्रम्प–ओली सम्बन्ध प्रेममा बदल्ने सूत्र बनाउन खोजेका छन् । ट्रम्पप्रेमको तृष्णा बढाएका प्रधानमन्त्री ओली पनि अधिनायकवादको बाटो समातेका छन् ।

    नीतिसिद्धान्तलाई तिलाञ्जली दिएका ओलीलाई माधव–प्रचण्डको नक्कली प्रेमजालले तर्साएको छ । ओली पनि अतिराष्ट्रवादको बाटो हिँड्न थालेका छन् । मनोगत भएका छन् । प्रचण्ड–माधव नेपालको प्रेमले ओलीको मनमा घृणा जन्माएको छ । ओली अब नेकपाको होइन, नेकपा ओलीको बनाउने बाटोमा हिँडेका छन् । पार्टीपद्धति लत्याएका छन् । केन्द्रीय समिति र स्थायी समिति उनकै कारण बेरोजगार भएको छ । पार्टी र सरकार ओली एक्लै चलाएका छन् ।

    बेरोजगारको सत्तामोह पनि हराएको छैन । रोलक्रम सत्र भाइमा सरेजस्तै हुने हो कि ? चिन्ता बढेको छ । ओलीप्रेम हराएको छ । भाग टेबलमा पुगेको छैन । विवाद नीति, विचार र सिद्धान्तमा छैन, भागवण्डाकै कारण उत्कर्षमा पुगेको छ । पार्टी हिजो पनि देश र जनताको हितका लागि एकीकरण भएको थिएन र आज पनि हैन भन्ने छताछुल्ल भएको छ । हिजो मिलिजुली खानुपर्छ भनेर जोडिएका पार्टी आज भान्सेकै कारण विभाजनको मुखमा पुगेका छन् । नक्कली प्रेम सक्कली घृणालाई जन्म दिएका छन् । यसरी प्रेम विश्वास, आस्था र निष्ठा सबै नक्कली घृणा, लोभ, घात/अन्तर्घात सबै सक्कली भएको छ । यसको परिणाम हाम्रो राजनीति, समाज, हाम्रो देश सबै कुरा गोलचक्करमै फसेको छ ।

    वर्षैपिच्छे क्यालेन्डर फेरेर नयाँवर्षलाई स्वागत गरे पनि हाम्रो देश, राजनीति र अवस्था सबैका सबै यथास्थितिबाट पर र माथि जान सकेको छैन । प्रेम सक्कली हुँदाहुँदै घृणा पनि सक्कली भइदिँदा जातीय विभेदको शिकार हुन नवराज विक छोडेका छैनन् । हिजो समानताका लागि भनेर लडेका पार्टी र क्रान्ति नै नक्कली भएको पुष्टि भएको छ । त्यसैले होला, राजु सुदले विभेदको शिकार भएर मृत्युवरण गरेर पनि लोभीपापीलाई चुनौती दिइरहेका छन् । चितवनका चेपाङ, सर्वहाराकै नाम बेचेर गरिबलाई मुक्तिको सपना देखाएर । तिनै भावनालाई भ¥याङ बनाएर सत्तारोहण गरेका कमरेडकै निर्देशनमा बर्खेझरी केही छिन रोकिएको मौका छोपेर बस्ती जलाइएका छन् । ती सक्कली गरिब लोपोन्मुख चेपाङको सक्कली चित्कार नक्कली कमरेडको कानसम्म नक्कली भएर पुगेको छ । कमरेड बयान दिँदै छन् । चित्कार नक्कली छ । त्यही पीडामा मल्हम लिएर प्रेम देखाउने नेताको मल्हम पनि अस्ति नक्कली भएको गरिब भए पनि ती चेपाङ दाजुबहिनीलाई थाहा नभएको हैन ।

    अधिक तृष्णाले सधैँ भ्रमलाई यथार्थ देखाउँछ । त्यसैले मरुभूमिको यात्री सधैँ अगाडि भ्रमको पोखरीलाई यथार्थ मानेर कुद्ने गर्दछ । २००७ सालदेखि परिवर्तनको आशा गरेर नवीन व्यवस्थाका लागि बलिदानी गरिरहेका जनताले सधैँ व्यवस्था परिवर्तन गरिरहे । व्यवस्था फेरिरहे तर पनि सामाजिक न्यायसहितको समानता, सुशासन र समृद्धिको सपना, सपना मात्रै भयो, यथार्थ कहिले आएन । नेपालको राजनीतिले सधैँ मरुभूमिको यात्रा गरायो, पानीसहितको पोखरीसम्म कहिल्यै पुराउन सकेन । जति हिँडे पनि पोखरी सधैँ अझै पर सरिरह्यो । राणा फाल्यो, प्रजातन्त्र ल्यायो । पञ्चायत फाल्यो, फेरि प्रजातन्त्र, जनयुद्ध, गणतन्त्र । जनताको शासन जनताकै लागि पुस्ता फेरियो, अवस्था फेरिएन ।

    अब समाजले पनि भ्रमलाई यथार्थ मान्ने बानी पारिसकेजस्तै भएको छ । काङ्ग्रेस झिक्यो, कम्युनिस्ट पठायो । पालैपालो भाग लाइदिएजस्तो भएको छ । सबै कुरा स्वीकार्य हुन थालेको छ । कुनै बेला जन्मकैद सुनाएको अदालत फेरि सजाय माफ गरेर अपराधीलाई पुरस्कृत गर्दा पनि निको लाग्न थाल्यो । बलात्कारपछि हत्या गरेर मिल्काइएका निर्मलाको चित्कार सुन्दा पनि सामान्य लाग्न थाल्यो । चेपाङका बस्ती जलुन् या राजु सुदजस्ता भोकै मरुन्, फरक लाग्न छोडिसक्यो । भ्रष्टाचारीले महल ठडाउन या उद्घाटन गर्दै गर्दा पुल भत्किउन्, केही फरक पर्न छोडिसक्यो । सबै कुरा स्वीकार्य भइसक्यो । अब बानी परिसक्यो ।

    स्वीकार्यता दासताको प्रतीक हो । भक्तिको मार्ग हो । भक्तिको मार्गमा विश्वास मात्र हुन्छ । त्यहाँ विद्रोहलाई ठाउँ हुँदैन । अस्वीकार्यतालाई ठाउँ हुँदैन । भक्तिमा शङ्का हुँदैन । सत्ताले खोजेको यही मुर्दाशान्ति हो । यहाँ आवाज हुँदैन । पदचाप सुनिँदैन, मात्र शान्ति हुन्छ । न प्रेम न घृणा मात्र सून्य । न अघि न पछि । यसैलाई सधैँ सत्ताले सत्य मान्ने गर्दछ । उन्मादमा खुशी मान्ने गर्दछ । अहिले यस्तै भएको छ ।

    समय चलिरहन्छ । पुस्ता फेरिन्छ । चराको चिर्बिर आवाज सुनिन थाल्दछ । त्यही शान्तिभित्र विद्रोहको बिउ अङ्कुराउन थाल्दछ । सङ्घर्षको रूप फेरिन्छ तर मेटिँदैन । इनफ इज इनफलाई यसैको एउटा रूपमा लिन सकिन्छ । परिवर्तनको मार्गमा अप्ठ्यारो अवश्य आउँछ तर परिवर्तन रोकिँदैन । सत्ताको बेथितिले जन्माउने घृणाले विद्रोहको आगोमा घ्यु थप्ने गर्दछ । आशा गरौँ, नयाँ पुस्ता नयाँ भरोसा लिएर आउने छ । परिवर्तनको मसाल फेरि बल्ने छ । स्वाधीन राष्ट्र नेपाल सामाजिक न्यायसहितको समानता र समृद्धिको बाटोमा छिट्टै लम्किने छ । घृणाले जन्मिएको विद्रोहले परिवर्तन ल्याउने छ । सक्कली प्रेम र सद्भावको विकास गर्ने छ । नयाँ संस्कार र संस्कृतिको निर्माण हुने छ । परम्परा तोडिने छन् । सबैको प्रवृत्ति फेरिने छन् ।

    सोमबार, साउन १९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.