• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

राष्ट्रिय जनमोर्चाको जोडः पञ्चायत कालिन उच्चपदस्तहरूको पनि सम्पत्ति छानविन गरियोस्‌


  •   शुक्रबार, जेठ २२, २०८३ मा प्रकाशित
  • काठमाडौँ, जेठ २२ । राष्ट्रिय जनमोर्चाले पञ्चायतदेखि वर्तमान कालसम्म भएका भ्रष्टाचारजन्य सम्पूर्ण कामको जाँच गर्न र त्यसका लागि अधिकार सम्पन्न निष्पक्ष र तटस्थ आयोगको गठनमाथि जोड दिएको छ ।

    Advertisement

    जनमोर्चाले पञ्चायत कालदेखि हालसम्म भएका सबै भ्रष्टाचारजन्य गतिविधिको निष्पक्ष, अधिकारसम्पन्न र तटस्थ आयोगमार्फत छानविन हुनुपर्ने माग गर्दै आएको उल्लेख गरेको छ । तर वर्तमान सरकारको निर्णयले गणतान्त्रिक अवधिका निर्वाचित तथा अवकाश प्राप्त पदाधिकारीहरूलाई मात्र लक्षित गरिएको भन्दै पार्टीले यसलाई अस्वीकार गरेको हो ।

    पार्टीका कार्यवाहक अध्यक्ष रश्मिराज नेपालीद्वारा जेठ २२ शुक्रबार जारी गरिएको वक्तव्यमा वर्तमान सरकारले गठन गरेको सम्पत्ति छानविन आयोगको कार्यक्षेत्र र निर्णयप्रति कडा आपत्ति जनाएको छ ।

    पार्टीले जारी गरेको प्रेस वक्तव्यमा सरकारले आर्थिक वर्ष २०६२/०६३ देखि २०८२/०८३ सम्म निर्वाचित भइसकेका वा बहाल रहेका राजनीतिक पदाधिकारी तथा राष्ट्रसेवक कर्मचारीहरूको सम्पत्ति छानविन गर्न आयोग गठन गरेको उल्लेख गर्दै त्यसको दायरा सीमित गरिएको आरोप लगाइएको छ ।

    वक्तव्यमा वर्तमान सरकारका मन्त्रीहरू तथा प्रधानमन्त्रीको सम्पत्ति विवरणसमेत विवादमा परेको दाबी गरिएको छ । निर्वाचन आयोगमा बुझाइएको सम्पत्ति विवरण र सार्वजनिक गरिएको विवरणबीच अन्तर देखिएको तथा सरकारमा सहभागी भएपछि केही मन्त्रीहरूको सम्पत्ति वृद्धि भएको जस्ता समाचारहरू सार्वजनिक भएको उल्लेख छ ।

    यस्तो अवस्थामा प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्यहरूलाई छानविनको दायराबाट बाहिर राख्नु गलत हुने भन्दै जनमोर्चाले यसलाई सुशासनविरुद्धको कदम भनेको छ । पार्टीले प्रधानमन्त्रीसहित सबै मन्त्रीहरूको सम्पत्ति पनि समान रूपमा छानविनको दायरामा ल्याउनुपर्ने माग गरेको छ ।

    प्रेस वक्तव्य तल प्रस्तुत गरिएको छ :

    “आर्थिक वर्ष २०६२–०६३ देखि २०८२–०८३ को अवधिमा निर्वाचित भइ पदमुक्त भइसकेका वा बहाल रहेका निर्वाचित राजनीतिक पदाधिकारीलगायत राष्ट्र सेवक कर्मचारीहरूको सम्पत्ति छानविन गर्नका लागि वर्तमान सरकारले सम्पत्ति छानविन आयोग गठन गरेको छ । हाम्रो पार्टीले पञ्चायतदेखि वर्तमान कालसम्म भएका भ्रष्टाचारजन्य सम्पूर्ण कामको जाँच गर्न र त्यसका लागि अधिकार सम्पन्न निष्पक्ष र तटस्थ आयोगको गठनमाथि जोड दिएको थियो । वर्तमान सरकारले पञ्चायत र बहुदलीय कालमा भएका भ्रष्टाचारजन्य प्रकरणमाथि तत्काल छानविन नगरेर गणतान्त्रिक अवधिमा निर्वाचित पदाधिकारीहरू मध्ये अवकास प्राप्त र बहाल रहेकाहरूको मात्र सम्पत्ति छानविन गर्ने निर्णय गरेको छ । त्यसमा पनि सम्पत्ति छानविनको दायरामा वर्तमान सरकारका सदस्यहरू नपर्ने गरी हालै मन्त्रीपरिषद्ले गरेको निर्णयप्रति राष्ट्रिय जनमोर्चाले कडा विरोध प्रकट गर्दछ । सर्वप्रथमतः प्रधानमन्त्री र मन्त्रीपरिषद्का अन्य सदस्यहरूले सार्वजनिक गरेको सम्पत्ति विवरण विवादमा परेको छ । मन्त्रीपरिषद्का सदस्यहरूले निर्वाचन आयोगलाई बुझाएको सम्पत्ति विवरण र सार्वजनिक गरेको सम्पत्ति विवरणकाबिच अन्तर देखा परेका समाचारहरू आइरहेका छन् । सरकारमा सम्मिलित हुना साथ केही मन्त्रीहरूले थप सम्पत्तिसमेत आर्जन गरेको देखिएको थियो । प्रधानमन्त्री लगायतका मन्त्रीहरूको सम्पत्ति विवरण विवादमा तानिएको र सरकारमा सामेल हुनासाथ अतिरिक्त सम्पत्ति आर्जन गरेको समेत अवस्थामा प्रधानमन्त्रीलगायतका मन्त्रिहरूको सम्पत्ति छानविन नगर्ने निर्णय सरासर गलत छ । यो निर्णय सुशासनका विरुद्ध छ । त्यसैले वर्तमान सरकारका प्रधानमन्त्रीसहितका मन्त्रीहरूको सम्पत्ति समेत छानविन गरिनु पर्दछ ।”

    शुक्रबार, जेठ २२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    लागुपदार्थसहित दम्पती पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ४.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ५.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ६.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ७.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ८.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.