काठमाडौं । गत डिसेम्बर अन्तिममा चीनको वुहानबाट फैलिएको कोरोना भाइरसले अहिलेसम्म संसारका १ करोड ८० लाखभन्दा बढी मानिसलाई संक्रमण गरिसकेको छ ।
Advertisement
वर्ल्डओमिटरका अनुसार आइतबार बिहानसम्म कोरोनाले विश्वका १ करोड ८० लाख २० हजार ६८४ मानिसलाई संक्रमित तुल्याइसकेको छ।
जसमध्ये ६ लाख ८८ हजार ७१८ जनाको ज्यान गइसकेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड १३ लाख ३० हजार १४१ जना निको भइसकेका छन् ।
सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ४५ लाख ४४ हजार ६२७ जना संक्रमित भएका छन् भने १ लाख ५३ हजार ०८२ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, ब्राजिलमा २६ लाख६२ हजार ४८५ संक्रमित भएकोमा ९२ हजार ४७५ को मृत्यु भएको छ ।
हाम्रो छिमेकी देश भारतमा १६ लाख ९५ हजार ९८८ जना संक्रमित भएका छन् । तिब्र रुपमा कोरोना संक्रमण फैलिएको भारतमा ३६ हजार ५११ ले ज्यान गुमाएका छन् ।
