रवि पाैडेल (पाण्डेचरी)
शिक्षा सर्वशुलभ खाेजेका थियौं
भ्याट ठाेकिदियाै
स्वास्थ विमा भरेका थियौं
खारेज गरिदियाै
क,ख,ग,घ सिक्ने
सिकारु बिध्यार्थिहरु
मृगौला फेल भएका र
क्यान्सरको घातक बिमारले
तड्पिएका सिकिस्त बिरामीहरु
कुप्रि परेर हिड्ने
ती मेरा उमेर ढल्केका
बाबा र आमाहरुलाइ
सितल चाहिने बेला
बिजुलीको उज्यालो चाहिने बेला
कर ठाेकेर
आफ्नाे तलव बढायाै
नयाँ सरकार !
विदेशमा तातो रापले
सेकेका ती मजदुहरुलाई
राेजगारकाे कुनै शुत्र निकाल्न नसक्ने
हिजो घरमा फाेन गरेर
फलानोलाई भाेट दिनु आमा
भनेर जीताएका
ती युवाहरुकाे छानाेमा
डाेजर हानेर
बुडि आमा रुवाउने
नयाँ सरकार !
तिमी पुरानै सँग मिल्छाै
जसले राष्ट्रियताकाे आवाज मात्रै उठाए
समाधान गर्न सकेनन्
तिमीले त झन नुनचुक थपिदियाै
भन्छाै सिमाना
उसले मात्रै अतिक्रम गरेको छैन्
हामीले पनि मिचेका छाै
ग्रेटर नेपालकाे नक्सा राखेर
राष्ट्र र राष्ट्रियतामा भद्दा मजाक
किन गर्दै छाै
नयाँ सरकार ?
ठाेस प्रमाण विना
संसदकाे राेष्टममा
उमेर,विज्ञता र अनुभव
पटक्कै मिलेन
नयाँ सरकार !