धर्मराज शर्मा, कोट्टयाम, केरला ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत पर्ने कोट्टयाम नगर समितिले एक कार्यक्रम आयोजना गरी नगर समितिका सहसचिव श्रीमती देवी रिजाल अधिकारीलाई स्वदेश बिदाई गरेको छ ।
Advertisement
२८ मे २०२६ का दिन नगर अध्यक्ष भद्रबहादुर थापाको अध्यक्षता तथा सचिव दिलबहादुर रानाको सञ्चालनमा सम्पन्न बिदाइ कार्यक्रममा समाजका केन्द्रीय सदस्य चोबनाथ शर्मा, केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय सहसचिव धर्मराज शर्मा, मनोज जीसी, कुमारी थापा, गणेश परियार र डीबी अधिकारीलगायतको उपस्थिति रहेको थियो ।
अधिकारीले सङ्गठनलाई पुर्याउनुभएको योगदानको कदर तथा सम्मान गर्दै उहाँलाई खादा र स्मृति–चिन्ह प्रदान गरी सम्मानपूर्वक बिदाई गरिएको हो ।