• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

समानताको लडाइँ


  •   मङ्गलबार, जेठ १२, २०८३ मा प्रकाशित
  • विष्णु शर्मा (पाण्डेचरी)

    Advertisement

    जहिल्यै ठूला ठालुहरूलाई चैन हुन्छ,
    गरिबहरूलाई भने हत्कडी लगाउने ऐन बन्छ।
    धनिककी छोरी बलात्कार हुनुपर्दैन,
    सत्ताधारीको छोरो कहिल्यै हत्यारामा पर्दैन।

    साँचो बोलेकै कारण गरिबले ज्यान गुमाउँछ,
    हत्यारालाई सत्ताले नै संरक्षण गर्छ।
    छिमेकी ठालुले गरिबको सहारा मिच्छ,
    उसका साना बालबालिकामाथि पनि अन्याय गर्छ।

    सिधा–साधा मानिसलाई बाठाहरूले हेप्छन्,
    न्याय खोज्दा पनि वर्ग हेरेरै चाप्छन्।
    न्यायको आशमै धेरैको जीवन सकिन्छ,
    गरिखाने वर्ग सधैँ धोका खाएर बाँच्छ।

    ठूलो पदमा पुग्नेहरू सीडी चढ्छन्,
    गरिबको टाउको टेक्दै माथि बढ्छन्।
    समानताको खाडल पुरिन्छ भन्छन्,
    तर गरिबको आँसु नै सागर बन्छ।

    छुवाछूत अन्त्य भएको घोषणा गर्छन्,
    तर जातकै कारण दलितहरू अझै मर्छन्।
    ठूला जातका अगाडि दलितको अस्तित्व दबिन्छ,
    बोल्ने अधिकार माग्दा पनि आगो बलिन्छ।

    समानताको कुरा संविधानमा लेखिन्छ,
    तर व्यवहारमा त्यसलाई कसले स्वीकार्छ?
    महिला–पुरुष बराबरी भनिए पनि,
    व्यवहारमा अझै भेदभाव देखिन्छ।

    महिलाहरू भने अघि बढिरहेका छन्,
    अड्चन पार गर्दै शिखर चढिरहेका छन्।
    सांसद बनेर रोष्ट्रममा आवाज उठाउँछन्,
    तर त्यही आवाजमाथि प्रश्न उठाइन्छ।

    समानताको नाममा ठूलो लडाइँ चल्छ,
    अन्त्यमा नेताहरूको स्वार्थ मात्र बल्छ।
    झुपडीबाट दरबारसम्म उनीहरू पुग्छन्,
    तर गरिब सधैँ गरिब नै रहन्छ भनिन्छ।

    अलमलिने भाषणमा होइन, अब सोच्नुपर्छ,
    कसैले दिने दुःख सहेर बस्न हुँदैन।
    “तिम्रै हौँ” भन्ने नाममा धोका हुन्छ,
    हाम्रो अधिकारकै लागि सचेत बन्नुपर्छ।

    उत्पीडित वर्ग र सर्वहारा सबै उठ्नुपर्छ,
    समानताको पक्षमा एक भएर जुट्नुपर्छ।
    राष्ट्रियता र अधिकारमा आँच आउन दिनु हुँदैन,
    नैसर्गिक अधिकार जोगाउन अब सचेत बन्नुपर्छ।

    मङ्गलबार, जेठ १२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    • २.
      जनजाति मुक्ति आन्दोलन

    • ३.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ४.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ५.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ६.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ७.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ८.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.