दीप गोले (तामाङ) ##
Advertisement
क्रान्तिको तयारी गर्दैछौँ हामी
देश निम्ति लड्दैछौं हामी ।
एकमुठी साहस बोकी अघि बढ्दै,
एक भएर जुट्दैछौँ हामी ।।
केही छैन संसारमा भन्नेहरू,
सपना देख्छन् सुखबासीका ।
गरिबको पीडा बिर्सेर हिँड्ने,
विदेशी शासनका दासीका ।।
कहाँ गए खोइ देशभक्तिहरू ?
विदेशी शक्तिले दुःख दिन्छ ।
न्याय रोइरहेछ गल्लीगल्ली,
सत्य बोल्ने मुख किन चुप बस्छ ? ।।
एकमुठी साहस अब उठाऔं,
वर्गसंघर्षको बाटो समाऔं ।
गरिब किसान मजदुरको जीत,
नयाँ बिहानी अब ल्याऔं ।।

