• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

महान् विभूति गोकुल जोशीप्रति अभिवादन !


  •   शनिबार, जेठ ०९, २०८३ मा प्रकाशित
  • मोहनविक्रम सिंह ##

    Advertisement

    अध्यक्ष, गण्डकी साहित्य सङ्गम, पोखरा

    महोदय,
    गण्डकी साहित्य परिषद, पोखराको तर्फबाट सन्तानब्बेऔँ गोकुल जयन्तीको अवसरमा मलाई सम्मानित गर्ने निर्णय गर्नुभएकोमा मैले तपाईंहरूलाई धेरै धेरै धन्यवाद दिन्छु । गोकुल जोशी नेपालको प्रगतिशील साहित्यको एउटा महान् विभूति हुनुहुन्थ्यो । नेपाली प्रगतिशील साहित्यको क्षेत्रमा उहाँको ठुलो योगदान रहेको छ । उहाँको नामबाट स्थापना गरिएको पुरस्कारद्वारा सम्मानित गरिनु मेरो लागि धेरै नै सम्मान र गौरवको पनि कुरा हो ।

    उहाँको साहित्यको महत्त्व यो कुरामा रहेको छ कि उहाँले आफ्नो साहित्यद्वारा समाज र जीवनमा परिवर्तनको लागि विशेष जोड दिनुभएको छ । त्यसरी उहाँका लागि साहित्यको अर्थ खालि कल्पना र सौन्दर्य मात्र थिएन, त्यो विद्यमान समाज व्यवस्थालाई बदलेर त्यसका ठाउँमा एउटा स्वतन्त्र, सुखी र सुन्दर समाज निर्माणको लागि काम गर्ने उद्देश्यद्वारा अभिप्रेरित थियो । त्यसरी उहाँको साहित्यमा हामीले जीवनको दर्शन र क्रान्तिको उद्घोषसमेत पाउँछौँ । उहाँले आफ्नो सम्पूर्ण जीवन त्यो उद्देश्यको पूर्तिको लागि समर्पण गर्नुभयो । त्यसरी उहाँ एउटा साहित्यकार मात्र हुनुहुँदैनथ्यो, उहाँ समाजको परिवर्तनको लागि एउटा कर्मठ सेनानी र योद्धा पनि हुनुहुन्थ्यो ।

    उहाँका रचनामध्ये ‘बाँच र बाँच्न देऊ’ सबैभन्दा प्रसिद्ध छ । त्यो एउटा रचनाले मात्र पनि उहाँको जीवनप्रतिको दर्शन वा प्रतिबद्धतामाथि प्रकाश हाल्दछ । त्यसमा उहाँले लेख्नुभएको छ–

    ‘रोक्ने को हो दूरदर्शी विचारका धारा
    को हो नयाँ नेपालको, बोक्ने अभिभारा ।’

    माथि लेखिएका दुईओटा पङ्क्तिले मात्र पनि उहाँको जीवनप्रतिको दर्शन र त्यसको विजयमाथिको उहाँको अगाध विश्वासमाथि प्रकाश हाल्दछन् । ती पङ्क्तिले बताउँछन्, दूरदर्शी विचारधारालाई संसारको कुनै शक्तिले पनि रोक्न सक्दैन । उहाँले एक प्रकारले सारा संसारलाई हाँक दिएझैँ गरेर ती पङ्क्ति लेख्नुभएको छ । अब उहाँ हाम्राबिचमा हुनुहुन्न तर उहाँले दूरदृष्टिको विजयमाथि जुन अगाध विश्वास प्रकट गर्नुभएको थियो, त्यसले अहिले पनि हामीलाई अगाध प्रेरणा दिन्छ ।

    उहाँको समयको तुलनामा अहिले संसार धेरै नै सङ्कटको मुखमा उभिएको छ । खास गरेर विश्व समाजवादी व्यवस्थाको पतन र विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक र अत्यन्त कमजोर अवस्थामा पुगेको हुनाले तिनीहरूको भविष्यमाथि धेरै नै शङ्का गर्न थालिएको छ र मानिसमा भविष्यप्रति धेरै नै निराशाको भाव पैदा भएको छ तर त्यसको जबाफ गोकुल जोशीको कविताले दिन्छ । अर्को शब्दमा त्यो कविताले हामीमा अत्यन्त कठिन र प्रतिकूल अवस्थामा पनि भविष्यमाथि अगाध विश्वासको भावना पैदा गर्दछ ।

    उहाँले लेखेको तलको कविताले पनि धेरै नै महत्त्व राख्दछ–

    ‘भोक भोकै मर्न लागे कवि कलाकार,
    तड्पाएर नमारिदेऊ झुन्ड्याएर मार !’

    माथिको कविताले कवि, कलाकार वा साहित्यकारको कठिन जीवनबारे प्रकाश हाल्दछ । खास गरेर प्रगतिशील कवि, लेखक र साहित्यकारबारे त्यो कुरा सत्य हो । त्यो कवितामा जे लेखिएको छ, त्यसबाट यो अनुमान गर्न गाह्रो पर्दैन, त्यो कविताले स्वयम् उहाँको जीवन र उहाँले सामना गर्नुपरिरहेको कठिन परिस्थितिमाथि पनि प्रकाश हाल्दछ । उहाँको जीवनको दर्दनाक कथा र समाज वा राज्यप्रतिको उहाँको तीव्र असन्तोष र रोषलाई पनि बताउँछ । त्यो कविताले बताउँछ, बाहिरबाट हेर्दा सामान्य र शान्त प्रकृतिको देखिने उहाँको व्यक्तित्वभित्र कति ठुलो अग्निज्वाला प्रज्ज्वलित भएको थियो ।

    मलाई यो बताउँदा खुसी लागिरहेको छ कि मलाई काठमाडौँमा उहाँसित भेट हुने सौभाग्य प्राप्त भएको थियो । खास गरेर टुडिखेलमा मैले उहाँलाई देख्दथेँ र कतिपय बेला उहाँसित भेटघाट पनि हुने गर्दथ्यो तर त्यो बेला मलाई यो कुराको थाहा हुन सकेको थिएन, बाहिरबाट सामान्य प्रकारको देखिने व्यक्ति देशको एउटा महान् प्रगतिशील साहित्यकार हुनुहुन्थ्यो । बाहिरबाट शान्तजस्तो देखिने व्यक्तित्वभित्र क्रान्तिको अग्निज्वाला दन्किरहेको थियो तर उहाँको मृत्युको धेरै पछि नै मलाई उहाँबारे क्रमश: धेरै कुरा थाहा हुँदै गयो । अन्तमा क्षयरोगद्वारा उहाँको निधन भएको थियो । यो प्रश्न उठाउने ठाउँ छ : कहीँ उहाँको समुचित उपचारको व्यवस्था नभएर नै उहाँको जीवनको अन्त त भएको थिएन ?
    अन्तमा, देशको एउटा प्रगतिशील विभूतिप्रति असीम श्रद्धा र सम्मानका साथ अभिनन्दन !

    (२०८३ जेठ ९ गते पोखरामा आयोजित सम्मान समारोहमा व्यक्त मन्तव्य)

    शनिबार, जेठ ०९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल
    ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)
    ओस्कार अवार्डमा ‘तिनीहरू’ प्रस्तावित
    राहत के गर्दैछौ (तिजीगीत)

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.