• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

बाजे खिमविक्रम र बुबा मोहनविक्रमः अन्तरसम्बन्ध र अन्तरसंघर्षको कथा


  •   बिहिबार, साउन १५, २०७७ मा प्रकाशित
  • समीर सिंह

    Advertisement

    प्रचलित किंवदन्तीहरू
    बाजे खिमविक्रमबारे गाउने एउटा गीत गाउँघरमा प्रचलित छ
    ‘जति काटे पनि नकाटिने खिमविक्रमको घाँटी…’

    बाजे खिमविक्रमलाई उहाँका झगडियाहरूले २००२ सालतिर ओखरकोटको मच्छीमा राति सुतेका वेला हत्या गर्न उहाँमाथि खुकुरी प्रहार गरेका थिए । पहिलो र दोस्रो प्रहार घाँटीमा नै पर्यो । त्यसपछि उहाँ उठेर लड्न थाल्नुभयो । उहाँका दुवै हात खुकुरीको धारमा परेकाले उहाँका दुवै हातमा पनि ठूला चोट लाग्यो । त्यसपछि वरिपरि हल्ला भयो र आक्रमणकारी भागेर गए । त्यहीवेला संयोगले त्यहाँ आइपुगेका एउटा पञ्जाबी जोगीले तताएको घिउ हालेर ६ महिनासम्म उपचार गरेपछि उहाँ उठ्न सक्ने हुनुभयो । माथिको गीत त्यही घटनासँग सम्बन्धित छ ।

    बाजे खिमविक्रमका बारेमा कैयौँ किंवदन्ती प्रचलित छन् । त्यस प्रकारका किंवदन्ती उहाँको प्रशंसा गर्ने वा निन्दा गर्ने दुवै प्रकारका छन् ।

    वास्तवमा उहाँ एउटा सामन्त हुनुहुन्थ्यो । सामन्त भन्नुको अर्थ उहाँले विभिन्न प्रकारका सामन्ती, शोषण र उत्पीडन गर्नुहुन्थ्यो र उहाँको आयको मुख्य स्रोत नै त्यही थियो । तर, उहाँको विषयमा चर्चा गर्दा हाम्रो ध्यान अर्को दुईवटा कुरामाथि पनि जानुपर्ने आवश्यकता छ । एउटा, उहाँले शोषण र उत्पीडन सामान्य किसानको भन्दा ठूलाठालु वा जाली फटाहाहरूको नै बढी गर्नुहुन्थ्यो । दोस्रो कुरा, उहाँ सामन्त र जाली फटाहा हुनुका साथै ००७ सालको राणाविरोधी आन्दोलन, जिल्लाका विभिन्न प्रकारका संघर्ष, भ्रष्टाचारविरोधी आन्दोलन, रचनात्मक कार्य र यहाँसम्म कि प्युठानमा कम्युनिस्ट पार्टीको स्थापना र किसान आन्दोलनमा पनि उहाँको उल्लेखनीय भूमिका वा योगदान रहेको थियो । यी सबै पक्षमाथि प्रस्ट भएपछि नै उहाँको एउटा वास्तविक चित्र अगाडि आउनेछ ।

    उहाँबारेका किंवदन्तीहरूमध्ये कतिपय कुरा सत्य पनि छन्, कतिपय कुरामा बढाइचढाइ गरेर पनि कथाको रचना गरिएको छ । उहाँको विषयमा धेरै नै प्रचलित किंवदन्ती यो पनि छः उहाँको ‘बाउन्न झ्याल भएको घर थियो र उहाँ घोडा चढेर भ¥याङबाट माथिल्लो तलामा जानुहुन्थ्यो ।’ ती दुवै कुरा बढाइचढाइ गरेर बताइएका हुन् । त्यसवेला गाउँमा बनेको घर जिल्लाका अन्य घरभन्दा ठूलो भएको कुरा सत्य हो । जुद्ध शमशेरको दरबार बनाउन पाल्पाको अर्गलीमा आएका कर्मीहरूलाई लगेर नै उहाँले घर बनाउनुभएको थियो । त्यसमा करिब २५–२६ वटा मात्र झ्याल–ढोका छन् । माथिल्लो तलासम्म घोडा चढेर जाने भन्ने कुरा पनि सत्य होइन ।

    बाउन्न झ्याल–ढोकाको प्रचार कसरी भयो रु त्यसको पनि आफ्नै कथा छ । त्यसवेला उहाँ बादीकोट गाउँको जिम्माल मुखिया हुनुहुन्थ्यो । उहाँका झगडियाहरूले उहाँका विरुद्ध कैयौँ उजुरी हालेपछि जिम्माल मुखियाको पद खोसिनुका साथै उहाँलाई बादीकोटबाट निकाला गरियो । त्यसपछि उहाँ बांगे गाउँमा घर बनाएर बस्न थाल्नुभयो । त्यसवेला राणाबाहेक अरू कसैले पनि बाउन्न झ्याल–ढोका भएको घर बनाउन पाउँदैनथे ।

    उहाँले एउटा अपेक्षाकृत ठूलो र आधुनिक प्रकारको घर बनाएपछि उहाँका झगडियाहरूले जुद्ध शमशेरकहाँ बाउन्न झ्याल–ढोका भएको घर बनाएको भनेर उजुरी दिए । त्यसपछि उहाँ बांगे गाउँबाट पनि निकाला हुनुभयो र त्यसवेलाको गुल्मीको झन्द्रेकमा घर बनाउनुभयो । सरकारी रूपमा त्यहाँको नै ठेगाना देखाउने गरे पनि बसाइ बांगेमा नै हुन्थ्यो ।

    झगडियाहरूले गाउँबाट निकाला भएको मान्छे पनि बांगेमा नै बसेको छ भनेर उहाँका विरुद्ध कैयौँ उजुरी हाले । त्यसले गर्दा पुलिसहरू बारम्बार उहाँलाई पक्रन आइरहन्थे, तर उहाँको डरले उनीहरू गाउँमा पस्न सक्दैनथे र बाटैबाट फर्कने गर्दथे । उहाँका विरुद्ध दिएको त्यो बाउन्न झ्याल–ढोकाको उजुरी झुटा थियो, तर अहिलेसम्म त्यो प्रचार कायम छ, र अब त्यो एउटा किंवदन्ती नै बनेको छ ।

    बाजेको राणा र जर्नेलहरूसितको संघर्ष
    राणा प्राइममिनिस्टर वा जर्नेलहरूसित उहाँको लगातार विरोध भइरहन्थ्यो । उहाँको कसैका अगाडि नझुक्ने एक प्रकारको ठाडो स्वभावका कारण उनीहरू उहाँसित सधैँ रिसाइरहन्थे र मौका पाएसम्म सजाय दिने कोसिस गरिरहन्थे । आफ्नो नाम खिमबहादुरका ठाउँमा खिमविक्रम लेखेको कारणले पनि राणा प्राइममिनिस्टर उहाँसँग क्रुद्ध भएका थिए र त्यसका लागि उहाँलाई सजायसमेत गरेका थिए । त्यसपछि पनि उहाँले आफ्नो नामको पछाडि खिमविक्रम लेख्न नछाडेकाले पनि उनीहरू क्रुद्ध नै थिए । त्यसैले उनीहरूले दुई–दुईपटक गाउँनिकाला गरेका थिए ।

    बाजे खिमविक्रमका विरुद्ध कैयौँपल्ट वारेन्ट काटियो । उहाँलाई कैयौँपटक गिरफ्तार गरियो । कैयौँपटक जिल्लाबाट पक्रेर काठमाडौँ जेलमा सरुवा गरियो । आफ्नो त्यही प्रकारको स्वभावका कारणले काठमाडौंको सेन्टर जेलमा भएको वेलामा राणा शासनको विरोध गरेको हुनाले आजीवन कैदको सजाय तोकिएर सेन्टर जेलमा भएका खड्कमानसिङ बस्नेतसित उहाँको घनिष्टता कायम भएको थियो र दुवैजनाले मितेरी पनि लगाउनुभएको थियो । कैयौँपटक उहाँ जेलबाट भागेर फरार पनि हुनुभएको थियो ।

    विभिन्न चरित्रहत्या
    बाजे खिमविक्रमबारे सामाजिक सञ्जालमा विभिन्न प्रकारले चरित्रहत्या गर्दै आइएको छ । वास्तविकता के हो त रु त्यसबारे पनि केही चर्चा गर्नु आवश्यक होला ।

    दर्शनशास्त्रमा अधिभूतवादी धारणा भन्ने एउटा धारा छ । कुनै पनि कुरालाई एकपाखे तरिकाले विश्लेषण गर्ने । कुनै अंशका आधारमा समग्रतालाई बुझ्ने । हरेक कुरामा सकारात्मक तथा नकारात्मक पाटा हुन्छन् । तर, कुनै चिजको मूल्यांकन गर्दा नकारात्मक पक्षको मात्र उजागर गर्ने । कुनै अमुक व्यक्तिका कुनै कमजोरी हुन सक्छन् । त्यसका साथै उसको जीवनमा सकारात्मक पक्षहरू पनि हुन सक्छन् । तर, अधिभूतवादी पद्धतिअनुसार त्यो अमुक व्यक्तिको त्यही नकारात्मक पक्षका आधारमा मात्र मूल्यांकन गर्र्ने । नियत नै चरित्रहत्या गर्ने भएपछि अझ थुप्रै अनावश्यक कुरा जोडेर सामाजिक सञ्जाल तथा मिडियामा हल्ला फैलाइदिने । प्रायजसो के प्रचलन हुन्छ भने कुनै कुरा मिडियामा आयो भने त्यसको विपक्षको कुरा नसुनी कुनै अवधारणा बनाइहाल्ने । त्यस प्रकारका कुरालाई तथ्य र प्रमाणसित जोड्नतिर ध्यान नदिने । अनि हावैहावामा बहकिँदै जाने । कसैले ‘कौवाले कान लग्यो’ भनेपछि पहिले कान नछाम्ने, कौवाको पछि दौडिहाल्ने । विशेषगरी, द्वन्द्वात्मक भौतिकवादी तर्क प्रणालीलाई बुझ्न नसक्दा यस प्रकारका कमजोरीको सिकार हुने गरिन्छ । कतिपय व्यक्तिले नियतवश र कुनै व्यक्तिप्रतिको द्वेष वा शत्रुभावका कारणले पनि त्यसो गर्ने गर्दछन् ।

    फेक आइडीबाट एकजनाले लेखेका छन्, ‘खिमविक्रमले काम गर्ने ज्यामीहरूलाई कैयौँ दिनसम्म थुनेर राखेको र पछि ज्याला नदिई पिटेर लखेटेका थिए ।’ अगाडि यो पनि लेखिएको छ: ‘काठमाडौंको एउटा सिकर्मी आफ्नो कामको ज्याला नलिईकन जान्नँ भनेर धर्ना लिएर बसेछ, उनले (खिमविक्रम) त्यसलाई मरणासन्न हुने गरी पिटेछन् । पछि त्यो दिसा गर्ने निहुँले लंगौटी मात्र लगाएर भागेछ र आफ्नो घर काठमाडौ गएछ ।’

    बाजे खिमविक्रमको चरित्रहत्या गर्ने सन्दर्भमा एकातिर ऐतिहासिक किसान आन्दोलनमाथि आधारित फिल्म, ‘फागुन २४ गते’लाई अवमूल्यन गर्ने र अर्कोतिर ‘बुबा मोहनविक्रम सिंहले पनि आफ्नो बुबाको विरोध होइन, उहाँका शोषण र उत्पीडनको रक्षा गर्ने काम गरिएको’ भन्नेसमेत लेखिएको छ ।

    उहाँले शोषण उत्पीडन गरेर जम्मा गरेको पैसाबाट नै त्यो घर बनाएको कुरा सत्य हो । तर, काम गर्ने कर्मीलाई पैसा नदिने गरेको वा उनीहरूलाई पैसा माग्दा कुट्ने गरेको आक्षेप पूरै नै झुटा हो । काठमाडौंको एउटा कर्मीलाई पैसा माग्दा नदिएर कुटिएको र ऊ भागेर काठमाडौं गएको भन्ने आक्षेप पनि पूरै कपोलकल्पित हो । सत्य भए त्यसको नाम र काठमाडौंको ठेगानासमेत दिन सक्नुपर्दथ्यो । के फेक आइडीवालाले त्यस प्रकारको प्रमाण दिन सक्छन् रु तर, फेक आइडीवालाहरूले त्यस प्रकारको कुनै प्रमाण दिन सक्दैनन् । किनभने, त्यो आक्षेप पूरै निराधार हो ।

    बाजे खिमविक्रम सामन्त हो, तर सुदखोर होइन
    त्यो फेक आइडीमा ‘खिमविक्रम सामन्त र सुदखोर भएको, थुप्रै किसानको जमिन लुटेको’ बताउँदै ‘आफ्नो बुबाको विरुद्धमा मोहनविक्रम सिंहले विरोध नगरेको तथा बुबालाई बचाएका थिए’ भनेर पनि लेखिएको छ । त्यो आरोपमा केही सत्यता अवश्य छ, तर त्यसको ठूलो अंश झुटो छ । खिमविक्रम सामन्त भएको कुरा सत्य हो, तर सुदखोर भएको भन्ने सत्य होइन । सुदखोर त त्यस्तो व्यक्तिलाई भनिन्छ, जसको मुख्य कार्य आसामी लगाएर वा ब्याज, ठेगी उठाएर आय आर्जन गर्ने हुन्छ । बाजेको शोषण र उत्पीडनको मुख्य पक्ष सुदखोर थिएन । त्यसकारण उहाँ सुदखोर भन्ने आरोपमा सत्यता छैन ।

    बाजे आसामी लगाएर आम्दानी गर्ने सुदखोर साहु नभएकाले उहाँसित धेरै तमसुक पनि हुँदैनथे । त्यसैले बुबा मोहनविक्रम सिंहले ‘आफ्नो बाबुका तमसुकहरू च्यातेको’ भन्ने पनि सत्य होइन । बाजेले ठूलो संख्यामा आसामी लगाउने काम नै गर्नुहुँदैनथ्यो र त्यसरी उहाँसित धेरै तमसुक नै थिएनन् भने बुबाले ती तमसुक च्यात्ने कसरी रु तर, यहाँ भनाइको अर्थ बाजेले कुनै शोषण र उत्पीडन गर्नुभएको थिएन भन्ने होइन । त्यस्तै, बुबाले बाजेका शोषण उत्पीडनको विरोध गर्नुभएन भन्ने पनि होइन ।

    गरिब किसानको न्यायदाता
    बाजेले आफ्नो बढी आम्दानी साना किसानलाई शोषण उत्पीडन गरेर भन्दा ठूला साहु वा ठालुहरूलाई दण्डित गरेर नै गर्ने गर्नुहुन्थ्यो । प्रायः गाउँका मात्र होइन, टाढा–टाढाका साहु वा ठालुहरूले कुनै गरिब किसानमाथि अन्याय–अत्याचार गरे भने उनीहरू उजुरी गर्न बाजे भएको ठाउँमा पुग्थे । त्यसपछि उहाँ हातहतियार र दलबलसहित त्यहाँ पुग्नुहुन्थ्यो र किसानलाई न्याय दिनुहुन्थ्यो तथा साहु वा ठालुहरूलाई दण्ड जरिवाना गर्नुहुन्थ्यो । उहाँको भनाइ थियो, ‘सयजना किसानलाई अलिअलि दण्ड गरेर पैसा जम्मा गरेरभन्दा एउटा साहु वा ठालुलाई दण्ड जरिवाना गरेमा कैयौँ गुणा बढी आम्दानी हुन्छ ।’

    ००७ सालभन्दा पहिलेको एउटा घटनाको चर्चा गर्दै क। खगुलाल गुरुङले प्युठानबाट ‘नयाँ कदम’मा प्रकाशित आफ्नो ‘आत्मवृत्तान्तमा’ भन्नुभएको छः ‘नारीकोटका साहु मुखियाहरूले जंगलै फँडानी गरेको भनेर मेरा विरुद्ध झुटा मुद्दा दिएका थिए । म खिमविक्रमकहाँ उजुरी गर्न गएँ र उहाँले आएर मेरो पक्षमा फैसला गर्नुभयो । उहाँले मलाई त्यो झुटा मुद्दाबाट बचाउनुभयो ।’ खगुलाल गुरुङले आफ्नो आत्मवृत्तान्तमा उल्लेख गरेको त्यो एउटा घटना बाजेको कार्यप्रणालीकोे एउटा उदाहरण मात्र हो । उहाँको त्यस प्रकारको कार्यप्रणालीको कारणले धेरै सामन्त, साहु वा ठालुहरू बाजेका विरुद्ध थिए र त्यसवेलाको राणा शासनकहाँ कैयौँ उजुरी पठाइरहन्थे ।

    विरोध र संघर्षमा रमाउने खिमविक्रम
    त्यसवेला बांगेमा बिर्ता प्रथा थियो । त्यहाँका जिसीहरूका कुनै पुर्खाले त्यो गाउँ राणा सरकारबाट ‘मरोट’का रूपमा बिर्ता पाएका थिए । त्यो बिर्ता उनका भाइ वा छोराहरूका बीचमा अंशबन्डा हँुदा त्यो बिर्ता, किसानहरूबाट उठ्ने तिरो सबैमा अंशबन्डा हुन्थ्यो । हाम्रो बाजेले पनि त्यसको एउटा अंश किन्नुभएको थियो । उहाँले त्यसको एउटा सानो अंश मात्र किन्नुभएको थियो । तर, उहाँले आफ्नो प्रभाव र शक्तिको प्रयोग गरेर सबै बिर्ताको पूरै आम्दानी एक्लै असुल्ने गर्नुहुन्थ्यो । त्यसैले त्यो गाउँका सबै बिर्तावाला उहाँका विरोधी बनेका थिए ।

    बाजे खिमविक्रमको त्यस प्रकारको कार्यशैलीका कारणले आफ्नो गाउँ, आसपासका गाउँ र छिमेकी जिल्लाका पनि धेरै साहु, सामन्त वा ठालुहरू उहाँका विरुद्धमा थिए । र, उनीहरूसित सधैँ विरोध चलिरहन्थ्यो । कैयौँसित उहाँको कुटपिट पनि भइरहन्थ्यो । त्यसैले उहाँ सधैँ बन्दुक, पिस्तोल, सुरक्षा गार्डसहित पूरै सुरक्षाको व्यवस्था गरेर हिँड्ने गर्नुहुन्थ्यो । तर पनि कतिपल्ट उहाँमाथि लुकेर आक्रमण पनि भयो ।

    जिल्लाका बडाहाकिमसँग पनि उहाँको सधैँ विरोध भइरहन्थ्यो । एकातिर, कुनै नयाँ बडाहाकिम आएपछि जिल्लाका अरू ठूला साहु–सामन्त उनीहरूको चाप्लुसी गर्न पुग्दथे । तर, बाजेले कहिले पनि त्यस्तो गर्नुहुँदैनथ्यो । अर्कोतिर, जिल्लाका साहु–सामन्त, ठालुहरूले उहाँका विरुद्ध उजुरी हाल्ने गर्दथे । परिणामस्वरूप जिल्लाका बडाहाकिम, हाकिम आदिसित उहाँको सधैँ विरोध भइरहन्थ्यो । त्यसरी उहाँ सधैँ विरोध र संघर्षका बीचमा नै रहनुहुन्थ्यो ।

    मैले यहाँ बाजे खिमविक्रमको शैली तथा स्वभाव सबै ठीक थियो भन्न खोजेको होइन । भन्न यति मात्र खोजेको हो कि उहाँ जस्तो हुनुहुन्थ्यो, त्यही रूपमा नै मैले उहाँको परिचय दिन खोजेको छु ।

    बाजेका विरुद्ध बुबा मोहनविक्रमको संघर्ष
    खगुलाल गुरुङको आत्मवृत्तान्तअनुसार काफलनेटीको एउटा धनी किसानको बांगेमरोटको अठ्ठाइसेमा भएको खेत बाजेले कब्जा गर्नुभएको थियो । खगुलाल गुरुङसहित किसानहरूको एउटा ठूलो दल लिएर बुबा, उहाँलाई नियन्त्रण गरी किसानको जग्गा फिर्ता गर्न जानुभएको थियो । उहाँहरूले बाजेलाई पनि त्यहाँ बोलाउनुभएको थियो । बाजे बोलाएको ठाउँमा आउनुभएन र पीडित किसान पनि त्यहाँ आएनन् । बाजेले उहाँहरूलाई थाहा नदिईकन किसानलाई बोलाएर जग्गा फिर्ता गरिदिनुभएको रहेछ । खगुलाल गरुङले उल्लेख गरेको त्यो घटना बुबाले बाजेका विरुद्ध गरेको संघर्षको एउटा प्रतिनिधि उदाहरण मात्र हो । आफ्नो बुबासँग त्यस प्रकारको विरोध भएपछि बुबा मोहनविक्रम घर छोडेर नै हिँड्नुभएको थियो ।

    सालको रूखले बुबाको लन्डनमा पढ्ने योजना असफल
    ०१४ सालमा भएको नेकपाको दोस्रो महाधिवेशनबाट बुबा केन्द्रीय सदस्य भइसक्नुभएको थियो । आफ्नो बुबासितको संघर्षको प्रसंग कोट्याउँदै बुबाले आफ्नो एउटा अन्तर्वार्तामा चर्चा गर्नुभएको छ: केन्द्रीय कमिटीबाट अध्ययन गर्नका लागि बुबाले छुट्टी लिनुभएको थियो । बाजे र उहाँहरूका बीचमा उहाँ (बुबा) मेरो राइलो बुबा शंकरविक्रमलाई सँगै लगेर दार्जिलिङ पढ्ने र त्यहाँबाट बिए पास गरेपछि लन्डन पढ्न जाने सल्लाह भएको थियो । बाजेले त्यसका लागि आवश्यक खर्चको व्यवस्था गर्नुभएको थियो ।

    त्यो अन्तर्वार्तामा अगाडि भनिएको छः बाजेले टिम्मुरचौरको एउटा किसानको सालको रूख काटिदिनुभएको रहेछ । बाजे र बुबा मच्छिमासँगै भएको वेलामा टिम्मुरचौरका किसानले त्यो रूखबारे बुबासित उजुरी गरेछन् । त्यसबारे बाजे र बुबाका बीचमा कुराकानी हुँदा त्यसले चर्को रूप लियो । त्यसपछि बाजे र बुबाको सम्बन्ध बिग्रियो र बुबा दार्जलिङ पढ्न जाने योजना भंग भयो ।

    त्यसपछि उहाँले (बुबा) वनारसमा गएर आइएको परीक्षाको तयारी गर्न थाल्नुभयो । त्यहीबीचमा ०१७ साल पुस १ गतेको काण्ड भयो । यो अवस्थामा उहाँले आइएको परीक्षाको तयारी पनि गर्न सक्नुभएन । ०१७ सालको काण्डपछि दरभंगा प्लेनम भयो । डा। रायमाझीले राजावादी लाइन लिएको हुनाले पुष्पलाल, तुल्सीलाल, निर्मल लामा, चित्रबहादुर केसी आदि सबैले विरोध गरेर तेस्रो महाधिवेशन गर्ने सल्लाह गर्नुभयो । त्यो महाधिवेशनकै अवधिमा क. शक्ति लम्साल र क. खिमानसिङ गुरुङसहित उहाँ कपिलवस्तुमा गिरफ्तार हुनुभयो । उहाँ करिब नौ वर्षजति जेलमा नै रहनुभयो । जेलमा नै उहाँले आइए र बिएको परीक्षा दिनुभयो र जेलबाट छुटेपछि आग्रा युनिभर्सिटीबाट एमएको परीक्षा दिनुभएको थियो ।’ त्यसरी टिम्मुरचौरको एउटा किसानको सालको रूखको कारणले आफ्नो बुबासित परेको विरोधका कारण उहाँको दार्जिलिङ र लन्डन पढ्न जाने योजना भंग भएको थियो ।

    बुबाले आफ्नो बुबाको विरुद्ध गरेका कैयौँ संघर्षमध्ये कौछे टिम्मुरुखाका डोरबहादुरको जग्गाको विषय पनि एउटा छ । त्यो जग्गाबारे पनि बाबु–छोराको बीचमा ठूलो विवाद भएको थियो । पछि बुबा जेलमा पर्नुभयो र उहाँले त्यसबारे संघर्ष अगाडि बढाउन सक्नुभएन । जेलमा परेपछि उहाँले भाइहरूको बीचमा अंशबन्डा हुँदा त्यो जग्गा आफ्नो अंशमा पारेर डोरबहादुरलाई फर्काइदिन चिठी लेखेर पठाउनुभयो । भाइहरूले आपसमा सल्लाह गरेर सगोलबाट नै त्यो जग्गा डोरबहादुरलाई फर्काइदिएका थिए ।

    बुबाको आफ्नै आमा र बहिनीसित पनि संघर्ष
    किसानहरूको न्यायपूर्ण मागका लागि बुबाले आफ्नी आमा ताराकुमारी र बहिनी श्यामकुमारीका विरुद्ध पनि कडा संघर्ष गर्नुपरेको थियो । बुबा जेलमा नै भएको वेलामा उहाँको खेत लगाएका एउटा किसानलाई अधियाँ र मोहियानी हक तथा जग्गा बेच्दा आधा जग्गा दिन फुपू श्यामकुमारीले मान्नुभएको थिएन । त्यसबारे जेलबाट नै कडा चिठी लेखेर किसानको मोहीको त्यो हक दिन भन्नुभएको थियो । त्यो विषयमा आफ्नी बहिनीसित उहाँको धेरै नै विरोध भएको थियो । भद्रगोल जेलमा भएको वेलामा नै उहाँले लेखेको एउटा हस्तलिखित पुस्तिका, ‘आमाको मृत्यु वा हत्या रु’मा उहाँले त्यो घटनाको विवरण दिनुभएको छ । उहाँसित जेलमा सँगै भएका मोदनाथ प्रश्रितले त्यो पुस्तिकाको कभर बनाइदिनुभएको थियो र त्यो पुस्तिका उहाँसँग अझै पनि सुरक्षित छ ।

    बाबु–छोराको राजनीतिक यात्राको प्रारम्भ
    बाजे खिमविक्रम एउटा सामन्त हुनुका साथै उहाँका कैयौँ सकारात्मक पक्ष पनि रहेका छन् । ००७ सालमा बाजे खिमविक्रम आफ्नो दलबलसहित प्युठान ९त्यसवेला प्युठान र रोल्पा एउटै थियो०मा कब्जा गरेपछि सल्यान कब्जा गर्न जानुभएको थियो । त्यसवेला प्युठान र सल्यान कब्जा गर्दा बाजे र बुबा साथसाथै हुनुहुन्थ्यो, यद्यपि त्यसवेला बुबाको उमेर खाली १५ वर्षको मात्र थियो । त्यो बाबु–छोराको राजनीतिक सम्बन्धको प्रारम्भ थियो, पछि कैयौँ घटनाक्रमका सन्दर्भमा त्यो सम्बन्ध बढ्दै गयो । प्युठान कब्जा गरिसकेपछि बाजे प्युठानको सहायक गभर्नर र पछि गभर्नर पनि बन्नुभएको थियो । तर, केही समयपछि उहाँ नेकाबाट अलग हुनुभएको थियो ।

    अहिलेसम्मकै ऐतिहासिक जनता प्रशिक्षण
    ०१० सालमा प्युठानको रातामाटा (विजयनगर)मा प्रगतिशील अध्ययन मण्डलको तत्वावधनमा ३ महिनाको आवासीय जनता प्रशिक्षण शिविर चलेको थियो, जसमा करिब एक सय युवक सामेल थिए । यहाँ यो उल्लेखनीय छ कि नेपालको सम्पूर्ण राजनीतिक इतिहासमा तीन महिनाको आवासीय शिविर कम्युनिस्ट पार्टीले मात्र होइन, अन्य कुनै राजनीतिक पार्टीले पनि चलाउन सकेका छैनन् । त्यसैले त्यो शिविर नेपालको राजनीतिक इतिहासको एउटा विशिष्ट उदाहरण हो । त्यो शिविरले नै प्युठानमा कम्युनिस्ट पार्टी सशक्त बनाउन बलियो आधार तयार पा¥यो ।

    ०१० सालको त्यो शिक्षण शिविरको मागमा नेपाल कम्युनिस्ट पार्टी प्युठान जिल्ला संगठन समिति गठन भएको थियो । त्यो शिविरको सञ्चालन समितिको अध्यक्षमा बाजे खिमविक्रम र मन्त्री (सचिव)मा बुबा मोहनविक्रम सिंह हुनुहुन्थ्यो । बुबाले एकपटक भन्नुभएको छ: ‘प्युठानको कम्युनिस्ट पार्टी वा जनवर्गीय संगठनको सदस्य नभएका बुबा (खिमविक्रम) को सहयोगको अभावमा त्यो शिविरको सञ्चालन गर्न सम्भव नै थिएन । हामी त्यो शिविरको प्रशिक्षणको सञ्चालन र व्यवस्थापनसम्बन्धी काममा लाग्यौँ । उहाँले जिल्लाव्यापी र आसपासका जिल्लामा समेत भ्रमण गरेर आर्थिक सहयोग जुटाउने काम गर्नुभयो । शिविरको सञ्चालन र कम्युनिस्ट पार्टीको आधार तयार तथा किसान संघर्ष वा भ्रष्टाचारविरुद्ध आन्दोलनमा बाजेको त्यति महत्वपूर्ण भूमिका भए पनि उहाँ एउटा सामन्त भएको हुनाले उहाँलाई पार्टी वा किसान संघमा पनि सामेल गरिएको थिएन ।’

    फागुन २४ को किसान आन्दोलन
    ०११ सालमा भएको त्यो शिविरले प्युठानमा किसान आन्दोलन सञ्चालन गर्नका लागि पनि महत्वपूर्ण आधार निर्माण गरेको थियो । त्यसै सन्दर्भमा नारीकोटमा भएको फागुन २४ गतेको किसान आन्दोलनले ऐतिहासिक महत्वपूर्ण राख्दछ । नेपाल तथा विदेशका कैयौँ लेखक वा शोधकर्ताले त्यो किसान आन्दोलनबारे लेख, पुस्तक तथा अनुसन्धान गरेका छन् । त्यो किसान आन्दोलनमा पनि बाजेले पूरै सहयोग गर्नुभएको थियो ।

    फेक आइडीको लेखमा ‘फागुन २४ गते’बारे बनेको फिल्मको पनि आधारहीन र सिद्धान्तरहित तरिकाले आलोचना गरिएको छ । त्यो फिल्म फागुन २४ गतेको किसान आन्दोलनको वास्तविक घटनामा आधारित छ । त्यो किसान आन्दोलनमा प्रत्यक्ष रूपले सहभागी भएका बुबा मोहनविक्रम सिंह र खगुलाल गुरुङ अहिले पनि जीवित हुनुहुन्छ । त्यसबारे बुबा मोहनविक्रम सिंहले करिब ४० वर्ष पहिले नै एउटा नाटक लेख्नुभएको थियो । त्यो नाटक अखिल भारत नेपाली वामपन्थी युवक मोर्चाको एउटा अखिल भारतीय सम्मेलनमा प्रदर्शन पनि गरिएको थियो । अहिले बनेको ‘फागुन २४ गते’ फिल्म त्यही नाटकमा आधारित छ ।

    त्यो फिल्ममा ‘एउटा जाति ठकुरीहरूको विरोध गरेको’ भनेर टिप्पणी गरिएको छ । त्यसरी त्यो फेक आइडीका लेखकले ग्रामीण वर्गसंघर्षमाथि आधारित त्यो ऐतिहासिक नाटक वा फिल्ममा जातिवाद वा साप्रदायिकताको रङ भर्ने प्रयत्न गरेका छन् । त्यसवेला नारीकोटका साहु, मुखिया वा जाली फटाहाहरूका विरुद्ध चलेको त्यो किसान संघर्षमा मद्दत गर्नका लागि खुंगबाट ठकुरीहरू हतियारसहित आएका थिए । रातको वेलामा हतियारसहित शिविरमाथि आक्रमण गरी किसानहरूले गिरफ्तार गरेर ल्याएका साहु–मुखियाहरूलाई छुटाउन आएका थिए । तर, उनीहरूको त्यो आक्रमण असफल पारिएको थियो । त्यो फिल्ममा त्यही वास्तविक घटनालाई प्रस्ट पार्ने प्रयत्न गरिएको छ । त्यसलाई जातिवादी रूप दिने प्रयत्न गर्नु निश्चित रूपले सिद्धान्तहीन कुरा त हुँदै हो, त्यसका साथै फागुन २४ गतेको त्यो नाटक वा फिल्मको विरोध गर्नु ग्रामीण वर्गसंघर्ष र किसान आन्दोलनलाई नै अवमूल्यन गर्नु हो ।

    कम्युनिस्ट र कांग्रेस सँगसँगै भ्रष्टाचारविरोधी संघर्षमा
    ०११ सालमा ‘भ्रष्टाचारको विरुद्ध संघर्ष’ गर्न प्युठानमा अखिल नेपाल किसान संघ र नेपाली कांग्रेसको आयोजनामा मच्छीमा संयुक्त सम्मेलन भएको थियो । त्यो सम्मेलनले एउटा संयुक्त संघर्ष समिति बनाइएको थियो, जसको सभापतिमा बाजे खिमविक्रम, उपसभापतिमा नेपाली कांग्रेसका जिल्ला सभापति अनिरुद्ध शर्मा र सचिवमा बुबा मोहनविक्रम सिंह हुनुहुन्थ्यो भने त्यसका सदस्यहरूमा खगुलाल गुरुङ, सिद्धिमान सिंह, जगतबहादुर, नन्दलाल गुरुङ, काले कामी, लीले कामी, रुमबहादुर पाण्डे, हेमराज पण्डित, गिरबहादुर आदि हुनुहुन्थ्यो । तर, त्यो जुलुसलाई प्युठानको सदरमुकाम खलंगामा लैजानका लागि राति बाग्दुलामा वास बसेको वेलामा मोहनविक्रम सिंह, खगुलाल गुरुङ, रुमबहादुर पाण्डे, नन्दलाल गुरुङ, सिद्धिमान सिंह र नेकाका हेमराज पण्डितलाई गिरफ्तार गरियो । बेलुका वास बस्ने ठाउँमा दाउरा काट्न लिएको बन्चरोलाई प्रमाणका रूपमा प्रस्तुत गरेर उहाँहरूका विरुद्ध राजद्रोहको मुद्दा लगाइयो । बाजेसहित दर्जनौँ व्यक्तिका नाममा वारेन्ट काटियो ।

    बर्मन बुढा र बुबाको प्युठान जेलमा भेट
    बुबाहरू गिरफ्तार भएपछि उहाँसहित खगुलाल गुरुङ, हेमराज पण्डितलाई पाल्पा जेल चलान गरियो । बाँकी तीनजनालाई प्युठानको जेलमा नै राखियो । त्यहीवेला रोल्पाको थबाङका क। बर्मन बुढासमेतलाई ल्याएर प्युठानको जेलमा नै राखियो । त्यसरी बर्मन बुढाहरू कम्युनिस्ट पार्टीको सम्पर्कमा आउनुभयो र पछि ०१३ सालमा मोहनविक्रम सिंह, खगलाल गुरुङ र रुमबहादुर पाण्डेसमेतले थबाङ गएर कम्युनिस्ट पार्टी र किसान संघको स्थापना गर्नुभएको थियो ।

    बुबाहरू गिरफ्तार भएपछि उहाँहरू डेढ वर्षजति जेलमा रहनुभयो । पछि ६ जनालाई नै सल्यान जेलमा लगेर उहाँहरूलाई जेलबाट छोडियो । बुबाहरू गिरफ्तार भएपछि बाजे खिमविक्रमले भूमिगत रहेर नै प्युठानमा राजबन्दीहरूलाई छुटाउन जिल्लाव्यापी रूपमा डेढ वर्षसम्म अभियान चलाउनुभएको थियो । प्युठानमा भूमिगत रूपमा चलेको त्यो आन्दोलनलाई निर्देशन र सहयोग गर्न केन्द्रबाट क। तुल्सीलाल अमात्य र पाल्पाबाट क। बिआर राई पुग्नुभएको थियो ।

    स्कुल निर्माणमा बाजे र बुबा सँगसँगै
    बाजे खिमविक्रम र बुबा मोहनविक्रम सिंहले रचनात्मक कार्यहरूमा पनि आपसमा मिलेर कैयौँपटक काम गर्नुभएको थियो । ओखरकोटको बालशिक्षा विद्यालय, जो अहिले क्याम्पसमा बदलिएको छ, त्यसको सञ्चालन समितिमा बाजे खिमविक्रम सभापति र बुबा सचिव हुनुहुन्थ्यो । त्यसवेला त्यसको भव्य घर बनेको थियो । त्यो घर बनिसक्ने वेलामा वर्षाका कारणले झरी परेर पूरै भत्केको थियो । पछि त्यसको पुनर्निर्माण गरिएको थियो । उहाँहरूबीचको सहकार्यले स्कुल निर्माण र सञ्चालमा धेरै मद्दत पुगेको थियो ।

    बाबु–छोराको सहकार्य बढ्दै गयो
    पार्टीले उहाँलाई कम्युनिस्ट पार्टी वा किसान संघमा पनि सामेल गरेको थिएन । तर, पार्टी र किसान संघसँगको सहकार्यले गर्दा उहाँको सामन्ती दृष्टिकोणमा धेरै सुधार हुँदै गएको थियो । उहाँ केही हदसम्म प्रगतिशील पनि बन्नुभएको थियो ।

    बिर्ता खतम हुने भएपछि सबै बिर्तावालले त्यहाँका पर्ती जग्गा वा जंगल आफ्नो नाममा लेखाएर पनि मालमा प्रस्तुत गर्न सक्दथे । त्यसवेला बाजे खिमविक्रमले कौछेखोलादेखि उर्लेनीखोलासम्मको कौछेखण्डसहितको विशाल जंगल आफ्नो नाममा लेखाएर प्रस्तुत गर्न खोज्नुभएको थियो । तर, बुबा मोहनविक्रमले त्यसो गर्दा जनतालाई धेरै नोक्सान पर्दछ, त्यसकारण त्यसो गर्नु राम्रो हुँदैन भनेपछि उहाँले त्यो सम्पूर्ण क्षेत्र आफ्नो नाममा दर्ता गर्नुभएन र त्यो जग्गा सार्वजनिक नै रह्यो ।

    पछि बाजेको मृत्यु भयो र बुबा जेलमा पर्नुभयो । त्यसपछि कैयौँ मानिसले कौछेखण्डको जंगल आफ्नो नाममा गराउन दरखास्त दिए । त्यसबारे कैयौँ मुद्दा पनि चले । अहिले कौछेखण्डको जंगलको एउटा ठूलो क्षेत्र नष्ट गरेर व्यक्तिगत घर, जग्गा बनाइएका छन् । खाली कौछेखण्ड मात्र होइन, कौछेखोलादेखि उर्लेनीखोलासम्मको सम्पूर्ण जंगल बाजेले आफ्नो नाममा गराउन सक्नुहुन्थ्यो । तर, बुबाले भनेको हुनाले नै उहाँले त्यति ठूलो जग्गालाई आफ्नो नाममा दर्ता गराउनुभएको थिएन ।

    अन्त्यमा,
    संक्षिप्तमा के भन्न सकिन्छ भने बाजे खिमविक्रम सामन्त हुनुहुन्थ्यो । तर, सामन्ती चरित्रका साथसाथै उहाँका कैयौँ सकारात्मक र प्रगतिशील पक्ष पनि थिए । उहाँको मूल्यांकन गर्दा उहाँका ती दुवै पक्षमाथि विचार गर्नुपर्दछ । त्यस प्रकारको पृष्ठभूमिमा फेक आइडी बनाएर कतिपय तत्ववले उहाँको चरित्रहत्या गर्ने जुन प्रयत्न गरेका छन्, त्यो कति निराधार र अराजनीतिक प्रकारको छ, स्वतः प्रस्ट छ ।

    बुबा मोहनविक्रम र बाजे खिमविक्रमबीचको सम्बन्ध कहिले एकता र कहिले संघर्षको रूपमा रह्यो । कतिपय सन्दर्भमा उहाँहरूबीच मेल पनि भयो । कतिपय सन्दर्भमा उहाँहरूबीच कडा संघर्ष पनि भयो । बुबा मोहनविक्रमले निर्मल लामाको निधनपछि लेखिएको एउटा लेखमा आफ्नो बुबासितका सम्बन्धलाई निर्मल लामासितको सम्बन्धसित तुलना गर्नुभएको छ । बुबाले लेख्नुभएको छः ‘लामाजीसँग मेरो अत्यन्त घनिष्ट र आत्मीय सम्बन्ध रह्यो । तर, कैयौँपटक हामीबीचमा तीव्र विरोध र संघर्षको स्थिति पनि देखाप-यो । तर, त्यति हुँदाहुँदै पनि निर्मलजी र मेरो बीचमा जीवनको अन्तसम्म आत्मीय सम्बन्ध रहिरह्यो । त्यही कुरा बुबाका बारे पनि सत्य हो । मैले कैयौँपटक पिताजीका विरुद्ध संघर्ष गर्नुप-यो, तर हाम्रा बीचमा पिता र पुत्रबीचको आत्मीय सम्बन्धमा कहिल्यै कमी आएन–कडा संघर्षको अवस्थामा पनि ।’
    (लेखक मोनहविक्रम सिंहका छोरा हुनुहुन्छ । साभारः नयाँ पत्रिका  )

    बिहिबार, साउन १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.