वासिङटन । अमेरिकाले इरान युद्धमा आफ्नो २५ अर्ब डलर खर्च भएको विवरण सार्वजनिक गरेको छ ।
Advertisement
अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)को हवाला दिंदै अमेरिकी अखबार द न्युयोर्क टाइम्सले इरानविरूद्ध युद्धको सुरूवातदेखि अहिलेसम्मको खर्च २५ अर्ब डलर पुगेको समाचार प्रकाशित गरेको छ ।
अमेरिकी रक्षा मन्त्रालयका उच्च अधिकारी जे हर्स्टले प्रतिनिधिसभाअन्तर्गत सशस्त्र सेवा समितिमा बोल्दै अधिकांश खर्च बम, मिसाइललगायत सैन्य सामग्रीमा गएको जानकारी दिएका छन्।