नवीन बस्याल , जापान
Advertisement
१
गरिब ढुक्कले मुस्कुराउने दिन कहिले आउँछ, सरकार ?
दुःख छैन भन्दै खुशी बाँड्न धाउने दिन कहिले आउँछ, सरकार?
२
देशका युवासबै परदेशिए, गाउँ बस्ती, सहर खाली भयो,
देशमै काम गर भनेर सिकाउने दिन कहिले आउँछ, सरकार ?
३
सधैं आरोप प्रत्यारोपको मैदान बन्यो देश, पार्टी र सरकार,
राष्ट्रको गीत गुनगुनाउने दिन कहिले आउँछ, सरकार ?
४
खेतबारी बाँझो भए, कहिल्यै सरकारको ध्यान गएन,
धान, मकै, कोदो फलाउने दिन कहिले आउँछ, सरकार ?