• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ५. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

बङ्गलादेश : रूपपुर परियोजनामा नयाँ चरण


  •   मङ्गलबार, बैशाख १५, २०८३ मा प्रकाशित
  • ढाका, १५ वैशाख । ऊर्जा अभावको चुनौती झेलिरहेको बङ्गलादेशले आफ्नै इतिहासमा पहिलो पटक आणविक उर्जा उत्पादनतर्फ निर्णायक कदम चालेको छ । ईश्वरदी उपजिल्लामा निर्माणाधीन रूपपुर आणविक उर्जा संयन्त्रमा इन्धन लोड गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु भएसँगै देशले दीर्घकालीन ऊर्जा सुरक्षातर्फ महत्त्वपूर्ण प्रगति गरेको छ ।

    Advertisement

    अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) को मापदण्डअनुसार चरणबद्ध रूपमा सञ्चालन भइरहेको यस परियोजनामा मङ्गलबारदेखि इन्धन भर्ने काम थालिएको हो । यो प्रक्रिया संयन्त्र सञ्चालनतर्फको अत्यन्त महत्त्वपूर्ण चरण मानिन्छ, जसले आगामी महिनाहरूमा विद्युत् उत्पादन सुरु हुने आधार तयार पार्छ ।

    सरकारी योजनाअनुसार रूपपुरबाट पहिलो चरणमै कम्तीमा ३०० मेगावाट विद्युत् आगामी अगस्टसम्म राष्ट्रिय ग्रिडमा जोडिने अपेक्षा गरिएको छ । यदि लक्ष्यअनुसार प्रगति भयो भने बङ्गलादेश दक्षिण एसियामा भारत र पाकिस्तानपछि आणविक ऊर्जा उत्पादन गर्ने तेस्रो देशका रूपमा स्थापित हुनेछ ।

    रूसको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको यो परियोजनाको लागत १२ अर्ब अमेरिकी डलरभन्दा बढी रहेको छ । परियोजनाअन्तर्गत विभिन्न एकाइहरूबाट क्रमशः विद्युत् उत्पादन गरिनेछ । पूर्ण रूपमा सञ्चालनमा आएपछि पद्मा नदी किनारमा अवस्थित यस संयन्त्रको कुल उत्पादन क्षमता दुई हजार ४०० मेगावाट पुग्नेछ ।

    सरकारले यसअघि नै चालु वर्षभित्र आणविक ऊर्जा राष्ट्रिय प्रणालीमा जोड्ने लक्ष्य सार्वजनिक गरिसकेको छ । पश्चिम एसियामा उत्पन्न ऊर्जा अस्थिरताको प्रभाव झेलिरहेको बङ्गलादेशका लागि यो परियोजनालाई दीर्घकालीन समाधानका रूपमा हेरिएको छ । ऊर्जा आपूर्ति स्थिर बनाउने र आयातमा निर्भरता घटाउने उद्देश्यले यो कदम चालिएको अधिकारीहरूको भनाइ छ ।

    यसै सन्दर्भमा, अप्रिल १६ मा बङ्गलादेश आणविक ऊर्जा नियामक प्राधिकरणका अध्यक्ष महमुदुल हसनले रूपपुर संयन्त्रको पहिलो युनिटका लागि आवश्यक कमिसन लाइसेन्स सम्बन्धित निकायलाई हस्तान्तरण गर्नुभएको थियो । यसले संयन्त्र सञ्चालनको कानूनी र प्राविधिक प्रक्रिया अघि बढाउन मार्ग प्रशस्त गरेको छ ।

    रूपपुर आणविक उर्जा संयन्त्रलाई बङ्गलादेशको ऊर्जा क्षेत्रको एक ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ । पहिलो युनिटमा इन्धन लोडिङ सुरु भएसँगै देशले आफ्नो आणविक ऊर्जा कार्यक्रमलाई व्यावहारिक कार्यान्वयनतर्फ अघि बढाएको सङ्केत दिएको छ ।

    आधिकारिक उद्घाटन अप्रिलको अन्तिम साताभित्र हुने अपेक्षा गरिएको छ । योजना अनुसार, इन्धन लोडिङ सुरु भएको करिब तीन महिनाभित्र पहिलो युनिटबाट विद्युत् उत्पादन सुरु भई राष्ट्रिय ग्रिडमा आपूर्ति गरिनेछ ।

    त्यसपछि चरणबद्ध परीक्षण, क्षमता विस्तार र प्राविधिक मूल्याङ्कन गर्दै पूर्ण क्षमतामा विद्युत् प्रसारण गर्ने लक्ष्य डिसेम्बरसम्म राखिएको छ । यसले बङ्गलादेशको ऊर्जा संरचनामा नयाँ युगको सुरुआत गर्ने अपेक्षा गरिएको छ ।

    मङ्गलबार, बैशाख १५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक
    राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु
    बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)
    भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे
    कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग
    चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ५.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

    • ४.
      भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    • ५.
      कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

    • ६.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ७.
      लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

    • ८.
      ‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.