काठमाडौँ । विद्रोही समूहले गरेको आत्मघाती ट्रक बम आक्रमणमा परी मालीका रक्षामन्त्री साडियो कामाराको मृत्यु भएको छ ।
Advertisement
कामाराको जिहादी विद्रोही र पृथकतावादी समूहहरूले गरेको संयुक्त आक्रमणका क्रममा मृत्यु भएको बीबीसीले समाचारमा उल्लेख गरेको छ । उनीमाथि आक्रमण हुँदा राजधानी बामाको नजिकै रहेको उनको निवासमा थिए ।
सरकारी टेलिभिजनले पनि रक्षामन्त्री कामाराको मृत्युको पुष्टि गरिसकेको छ । आक्रमणमा रक्षामन्त्रीका परिवारका तीन सदस्यको समेत मृत्यु भएको छ । यसैगरी विद्रोहीहरूले सैन्य जुन्ताका प्रमुख जनरल आसिमी गोइटाको घरलाई समेत निशाना बनाएपछि उनलाई सुरक्षित स्थानमा सारिएको छ ।
सन् २०२० मा सैन्य कू मार्फत सत्ता कब्जा गरेको मालीको जुन्ता सरकारले सुरक्षा सुधार गर्ने वाचा गरे तापनि विद्रोही हिंसाले देश आक्रान्त बनेको छ ।