काठमाडौँ । अबबाट सरकारी कर्मचारीहरूको तलब अर्धमासिक रूपमा आउने भएको छ । एक परिपत्र मार्फत अर्थ मन्त्रालयले महालेख नियन्त्रक कार्यालय, अनामनगरले जारी गरेको छ ।
Advertisement
अर्थमन्त्रालयबाट जारी परिपत्रमा राष्ट्रसेवक सरकारी कर्मचारीहरूको तलबभत्ता सुविधा वितरणको कार्य महिना भुक्तान भएपछि मासिक रुपमा गर्दै आइएकोमा अब यसलाई अर्धमासिकरूपमा भुक्तानी गर्ने परिपाटी सुरूवात गर्न निर्देशन गरिएको छ । त्यस्तै अर्धमासिकरुपमा वितरण गर्ने आवश्यक व्यवस्था मिलाउन आवश्यक व्यवस्थापन गर्न समेत निर्देशन गरिएको छ ।
