महेश रिजाल
Advertisement
भालुवाङ, बैशाख ०४ । राप्ती गाउँपालिका–४, निवासी ८३ वर्षिय तल्लो मौरीघाट निवासी हुमादेवि कार्किले राप्ती गाउँपालिका–८, पिपरी स्थित निलसागर सेवाश्रममा रहेका सडक मानवापेक्षितहरूलाई एक समारोहको आयोजना गरी आर्थिक तथा खाद्यान्न र फलफुल वितरण गरेका छन् ।
उक्त सेवाश्रमका अध्यक्ष गरिबु चौधरी हस्ते रु. १० हजार नगद, चामल १ क्यूईन्टल, खाने तेल, नुन, दाल लगाएत खाद्यान्न र फलफुल वितरण गरेका छन् ।
सो अवसरमा उनका जेठा छोरा केशव बहादुर कार्कि, माईला छोरा शोभाकान्त कार्कि, कान्छा ओम बहादुर कार्कि, बुहारीहरू माया कार्कि, दिपा कार्कि, जिया कार्कि र छोरीहरू निर्मला घिमिरे, भिमला केसी लगाएत परिवारका सदस्यहरूको उपस्थिति रहेको थियो ।