• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

नेकपाभित्रको संघर्षः सत्तामा पुग्ने मोलमोलाई


  •   शनिबार, साउन १०, २०७७ मा प्रकाशित
  • नेकपाभित्र जारी संघर्ष समाधान भएको छैन । तर त्यो संघर्ष विरामउन्मुख देखिएको छ । तत्काल नेकपाभित्र देखिएको संघर्र्षले विरामउन्मुख दिशा समातेकाले केपी सरकारउपरको सत्ता संकट यो पटक पनि सम्भवतः टरेकोजस्तो देखिन्छ ।
    ‘केपी ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएर बाल्कोट गएर विश्राम गर्नुपर्छ’ भन्ने वामदेवको उद्घोषका साथै केपीलाई प्रधानमन्त्रीबाट हटाउने अभियान सुरु भएको थियो । तर वामदेवलाई भावी प्रधानमन्त्री बनाउने उधारो प्रतिबद्धता गरेर आफ्नो पक्षमा पारेर केपीेले पहिलो पटक देखा परेको सत्तासंकट पार लगाएका थिए । वामदेवले प्रधानमन्त्रीको प्रलोभनमा परेर केपीको सत्तासङ्कटबाट पार लगाउने सारथी बनेका थिए । तर केपीको उधारो प्रतिबद्धताले प्रधानमन्त्रीको पदमा आसिन हुन लिगलिग कोटको दौड जित्न सकेनन् । वामदेव ‘हिस्स बुढी खिस्स दाँत’ भएर पुनः माधव–प्रचण्डकै मोर्चामा ओत लाग्न जानुपरेको थियो ।

    Advertisement

    प्रधानमन्त्री हुनका लागि सर्वप्रथम त वामदेव प्रतिनिधि सभाको सदस्यमा निर्वाचित हुनुपर्ने पहिलो आवश्यकता थियो । त्योभन्दा महत्त्वपूर्ण कुरा देशको कुनै निर्वाचन क्षेत्र खाली गर्नुपर्ने आवश्यकता थियो । त्यो निर्वाचनमा विजयी भएपछि मात्र केपीले उदारता देखाएर पदबाट राजीनामा दिएपछि र अन्य समूह सहमत भएमा मात्र उहाँको प्रधानमन्त्री बन्ने बाटो खुल्थ्यो । पदीयलोभले वामदेवको विवेकले यी सबै कुरा देख्नमा ढिलाइ ग¥यो । प्रधानमन्त्रीको पद हात लागेन । तर परिस्थिति अगाडि बढिसकेको थियो ।

    दोश्रो चरणमा माधव–प्रचण्डलगायतको ओलीइतर समूहले पार्टीभित्र र बाहिर केपीमाथि दबाब सृजना गर्न प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने अभियान चलाए । त्यो अभियान उत्कर्षमा पुगेका बेला जसरी तत्कालीन माओवादीभित्र बाबुराम भट्टराई प्रचण्डमा विलीन भएका थिए, ठिक त्यसैगरी प्रचण्ड अन्तरसंघर्षबाट पछाडि हटेर केपीमा विलय भएका छन् । केपीलाई चिढाएर होइन, रिझाएर अगाडि बढ्नुमा प्रचण्डले आफ्नो राजनीतिक फाइदा देखेका छन् । प्रचण्डसहितका केपी ओलीले दुई वटै पद छोड्नुपर्छ भन्ने मागबाट पछाडि हटेका छन् । वामदेव, माधवसहितको केपीको राजीनामा मागेका थिएनौँ भन्ने अभिब्यक्ति सार्वजनिक सञ्चार माध्यममा आइरहेका छन् ।

    केपीले वामदेवलाई प्रधानमन्त्री बनाउने प्रलोभन देखाएर क्षणिक समयका लागि आफ्नो पक्षमा पारेर सत्तासंकट तत्कालका लागि टारेका थिए । त्यसरी नै अहिले प्रचण्डलाई आगामी एकता महाधिवेशनमा चाडै गर्ने र केपी पक्षबाट एकल अध्यक्षको रूपमा प्रस्ताव गर्ने प्रलोभन देखाएर आफ्नो पक्षमा पारेका छन् । तत्कालका लागि माधव गुट कमजोर हुनुका साथै केपीको यो पटकको पनि सत्तासङ्कट टरेको छ । नेकपाभित्र चलिरहेको अन्तरसंघर्षमा तत्कालका लागि विराम लाग्ने सम्भावाना बढेको छ । तर जुन कारणले अन्तरसंघर्ष पैदा भएको थियो, त्यो समस्या अझै समाधान भएको छैन । समस्यालाई कायम राखेर गरिएको संघर्ष विरामले थप नयाँ समस्या पैदा गर्ने छ ।

    नेकपाभित्र विकसित उपर्युक्त घटनाक्रमबाट सर्वसाधारण जनताले समेत यो कुरा बुझ्ने मौका पाएका छन् कि नेकपाभित्र चलिरहेको अन्तरसङ्घर्षको केन्द्रमा सत्ताको लालचले काम गरेको छ । निश्चित रूपले नेकपाभित्र नेतृत्वले नोकरशाही तथा स्वेच्छाचारी कार्यशैलीले आन्तरिक जनवादलाई हनन् गरेको छ । सरकारको गलत काम–कारबाहीको परिणाम जनताका बिच पार्टी बद्नाम भएको छ । सरकार पार्टीको मातहतमा सञ्चालन हुन तयार छैन । तर ती वास्तविक सांगठनिक तथा राजनीतिक मुद्दालाई समेत सत्तालोलुपहरूले सत्तामा पुग्ने वा आफ्नो स्थिति सुदृढ गर्ने भ¥याङको रूपमा उपयोग गरेको पाइएको छ ।

    वर्तमान केपी ओली नेतृत्वको सरकार कालापानीसहितको भूभागलाई नेपालको नक्सामा सामेल गरेर त्यसअनुरूपको संविधान संशोधन गर्ने कार्यमा राष्ट्रिय सहमति कायम गर्न तथा गणतन्त्र र धर्म निरपेक्षताको सवालमा सही अडान लिनेबाहेक सबै क्षेत्रमा असफल भएको छ । सरकारका विरुद्ध जनतामा धेरै ठुलो असन्तोषको भावनाले काम गरिरहेको छ । लकडाउनको अवस्थामा पनि हजाराँै जनता देशव्यापी रूपमा सरकारका विरुद्ध स्वतःस्फूर्त रूपमा सडकमा उत्रिनु त्यसको ज्वलन्त उदाहरण हो ।

    कोरोना रोकथाम र नियन्त्रणको सवालमा सरकारले अपनाएको गलत नीतिको परिणाम देशभित्र र प्रवासबाट आएका लाखौँ जनताले कहालीलाग्दो पीडा बेहोर्नुपर्यो । अझ त्यसमा पनि कोरोना रोकथाम र नियन्त्रणका लागि मगाइएको स्वास्थ्य सामग्री, मसिन र औषधिमा पटक–पटक भ्रष्टाचार हुँदा पनि भ्रष्टाचारीलाई कारबाही गर्नुको सट्टा प्रधानमन्त्रीबाट नै उनीहरूको पक्ष लिने काम भइरहेको छ । सरकार माफियाहरूको चंगुलबाट बाहिर निस्कन सकेको छैन । जनताका जनजीविका र सामाजिक सुरक्षाको प्रश्नमा सरकार लगातार चुक्दै आइरहेको छ । एमसीसीजस्तो राष्ट्रघाती परियोजनालाई पारित गराउन सरकारले सम्पूर्ण हत्कण्डा अपनाएको थियो । यद्यपि सरकारलाई तत्काल त्यसमा सफलता हुन सकेको छैन । कालापानीको विषयलाई अन्तर्राष्ट्रिय गर्न सरकारले अहिलेसम्म दब्बु नीति अनाएको छ । सरकारका गलत काम–कारबाहीका कारण पनि नेकपाभित्र सरकारको विकल्पको खोजी भएको हो ।

    केपीले सकारको नेतृत्व गर्न असफल भएका कारण प्रधानमन्त्री पदबाट हट्नुपर्ने माग उठेको हो । त्यो मागको पक्षमा बहुमत हुँदाहुँदै पनि त्यसबारेमा संस्थागत निर्णय हुन नदिनका लागि केपीले लगातार बाधा–अवरोध खडा गर्दै आएका छन् । केपीले पार्टीअध्यक्ष तथा प्रधानमन्त्री पदको दुरूपयोग गरेर सहज निकासका लागि तयार छैनन् । तर जहाँसम्म केपीइतरको पक्ष छ, त्यसमा सहभागी विभिन्न गुटका नेताहरूले पनि अन्तरसंघर्षलाई लेनदेन वा सत्तामा पुग्ने मोलमोलाइको विषयमा केन्द्रित गरेका छन्, जसको कारण पद र अवसरको प्रलोभन देखाएर तिनीहरूलाई आफ्नो पक्षमा पार्न वा तटस्थ बनाउन वा एक्ल्याउन केपीलाई सजिलो भइरहको छ ।

    केपीइतरका विभिन्न गुट पनि परस्परमा एकर्कालाई प्रयोग गरेर आआफ्नो राजनीतिक स्वार्थ पूरा गर्नमा लागेका छन । केपीका विरुद्ध पार्टीभित्र चलिरहेको अन्तरसङ्घर्षलाई पदको मोलमोलाइका रूपमा अगाडि बढाएको देखिएको हुनाले केपीइतर पक्षको छवि पनि जनता र कार्यकर्ताका बिचमा थप बिग्रेको छ । उनीहरूले पार्टीभित्र चलाएको अन्तरसंघर्ष सही कुराका लागि नभएर पदका लागि लुछाचुँडी गरिरहेको सन्देश गइरहेको छ ।

    नेकपा फुटेमा देशमा राजनीतिक अस्थिरता पैदा हुने छ । त्यसैले राजनीतिक स्थिरताका पक्षमा रहेको कसैले पनि नेकपा फुटेको देख्न चाहेका छैनन् । तर अर्को कुरा पनि सत्य हो कि नेकपाभित्रको अन्तरसङ्घर्षका कारण मुलुकलाई कहिलेसम्म बन्धक बनाइराख्ने हो ? नेकपा फुटबाट जोगिनु राम्रो पक्ष हो । तर पार्टीभित्रको विद्यमान अवस्थाले पनि देशको राजनीतिलाई गलत दिशामा लैजान भूमिका खेलिरहेको छ । देशमा प्रतिगमनका लागि व्यापक आधार तयार हुँदै गइरहेको छ । प्रशासनिक संयन्त्रले उच्च मनोबलका साथ मन लगाएर काम गरिरहेको छैन । अराजकतामा वृद्धि हँुदै गइरहेको छ । भ्रष्टाचारीको मनोबल बढेको छ । विदेशी शक्तिले खेल्ने मौका पाइरहेका छन् । नेकपाभित्रको अन्तरसंघर्षलाई आफ्नो पक्षमा उपयोग गर्नका लागि विदेशी शक्तिहरू खेलिरहेको कुरा कसैबाट लुकेको छैन । आखिर यी सबै गतिविधिले अन्ततः निम्तिने वा पैदा हुने त राजनीतिक अस्थिरता नै हो ।

    यदि नेकपामा कथम्कदाचित फुट वा विभाजन हुन्छ, देश राजनीतिक अस्थिरतातर्फ धकेलिने छ । यदि नेकपाको विद्यमान अवस्थामा सुधार हुन्न भने पनि देशलाई राजनीतिक अस्थिरतातर्फ जानबाट कसैले रोकेर रोक्न सक्दैन । सत्तारूढ पार्टीभित्रको भद्रगोल र अराजकताको दुष्प्रभाव सरकार सञ्चालनमा परेका कारण देशले चुकाउनुपरेको मूल्यकोे नेपालमा लामो इतिहास छ । सरकार सञ्चालनमा पर्ने त्यसको दुष्प्रभावको असर देशको राजनीतिमा पनि पर्छ ।

    प्रचण्ड केपीमा विलीन भएको हुनाले नेकपाभित्र चलिरहेको अन्तरसंघर्ष मत्थर हुने वा त्यसमा विराम लाग्ने हो कि जस्तो देखिएको छ । प्रचण्ड केपीमा किन एक्कासी विलीन भए ? त्यसका लागि दुई वटा अध्यक्षका बिच भएको लेनदेनको सबै विवरण आइसकेको छैन । तर एकता महाधिवेशन चाँडै गर्ने र प्रचण्डलाई एकल अध्यक्षको उम्मेदवार बनाउने सहमति भएको कुरामा सबै सञ्चार माध्यमले प्रकाशित गरेका रिर्पोटका बिच समानता रहेको पाइन्छ । चाँडै महाधिवेशन गर्ने विषयमा पार्टीले कुनै संस्थागत निर्णय गरिनसकेकाले यो विषय केपी कुनै नयाँ दाउपेच त होइन ? थाहा पाउन प्रतिक्षा गर्नुको विकल्प छैन ।

    तत्कालीन रूपमा आफूमाथि आइपर्ने संकट टार्न केपी ओली जस्तोसुकै सम्झौता गर्न पनि पछि पर्दैनन् । तर आफ्नो पक्षमा अनुकूल स्थिति पैदा हुनासाथ सम्झौतालाई लत्याइदिने गरेका उदाहरणको लामो फेहरिस्तलाई पनि बिर्सिने भुल गर्नु हुँदैन । त्यसको प्रत्यक्ष भुक्तभोगी स्वयम् प्रचण्ड नै छन् । प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाउने भनेर प्रचण्डसँग गरिएको सम्झौताको पालना कति भयो ? त्यो सबैका अगाडि जगजाहेर छ । जहाँसम्म आगामी एकता महाधिवेशनमा प्रचण्डलाई एकल अध्यक्ष बनाउने प्रस्ताव छ, ‘आकाशको फल आँखा तरी मर’ को अवस्था प्रचण्डलाई नआओस् । महाधिवेशन सम्पन्न गर्न त्योसँग धेरै जटिलता जोडिएका हुन्छन् । ती जटिलताको आँकलन प्रचण्डले पनि गरेकै होलान् ।

    निश्चित रूपले महाधिवेशन पार्टीको सर्वोच्च निकाय हो । पार्टीभित्र व्याप्त समस्यालाई समाधान गर्ने महाधिवेशन एउटा उपयुक्त ठाउँ हो । त्यसैले सिद्धान्ततः पार्टीको महाधिवेशन गर्ने सहमति गर्नुलाई गलत मान्न सकिन्न । तर वर्तमान अवस्थामा विश्व र स्वयम् नेपाल पनि कोरोना महामारीसँग लडिरहेको सङ्कटपूर्ण अवस्थामा त्यति ठुलो कार्यक्रमको आयोजना गर्नु के सम्भव हुने छ ? त्यो सम्भावना कम्तिमा पनि यो वर्षभित्र देखिन्न । अर्को वर्ष के हुने छ ? कोरोना महामारीमाथि नियन्त्रण कायम हुने छ ? वा त्यसको अझ विकास भएर जाने छ ? त्यस विषयमा अहिले नै यकिनका साथ केही भन्न सकिन्न । त्यसैले चाडै महाधिवेशन गर्ने कुरामा प्रचण्डले सहमति जनाएर वर्तमानमा पार्टीभित्र चलिरहेको अन्तरसंघर्षबाट ‘बहादुरीका साथ पछाडि हटेको’ कुरालाई अस्वीकार गर्न सकिन्न ।

    शनिबार, साउन १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.