नवीन बस्याल, जापान
Advertisement
१
गरीबको नांगो शरीर, भोको पेट भरेको हेर्न मन छ
म जीवित हुँदाहुँदै सरकारले यो काम गरेको हेर्न मन छ ।
२
परिवर्तनका नारा सिकाउनेहरू आफैँ राजा बने
अब जनतालाई राजा नेता झरेको झरेको हेर्न मन छ ।
३
सहीद भए, घाइते छन् व्यवस्था फेर्न लड्नेहरू
अब जित जनताको” भन्दै अघि सरेको हेर्न मन छ ।
४
पुस्तौँ लगाउनु हुँदैन एउटा व्यवस्था सिद्धृत गर्न
गरीबको बस्तीमा सुन्दर किरण छरेको हेर्न मन छ ।
५
हिजोका शासकले देशसम्म सिध्याउने खेल खेले
अब माटो जोगाउन जंघार तरेको हेर्न मन छ ।