धनवीर पुनमगर ###
Advertisement
सय कार्ययोजनाको ठुलो सूची,
कागजमा देशै उज्यालो देखियो
तर सीमाको पीडा सोध्दा
शब्दहरू किन मौन देखियो ?
लिपुलेक रोयो चिसो हावामा,
कालापानी धुम्म अँध्यारोमा हरायो ।
नक्सामा देश अडिग देखियो
यथार्थमा विदेशीको दबाबमा डगमगायो ।
कहाँ हरायो त्यो साहस,
जो भाषणमा गर्जन्थ्यो कहिले ।
किन छिमेकीको हस्तक्षेपमा,
सरकार चुप लाग्छ अहिले ।
सय योजनामा सडक बने
बत्ती बल्ला गाउँसहरमा ।
तर सीमाको माटो चिच्याउँदैछ
“मलाई बचाऊ” भन्दै कहरमा ।
कागजका सुधार ठुला देखाइए,
तर आत्मा कमजोर देखिया ।
देशको मुटु चिरिँदा पनि,
सरकार मौन हुने देखियो ।
ओ सरकार !
सय होइन, एक साहस चाहिन्छ ।
सीमाको माटो जोगाउन,
कागज होइन, मुटु चाहिन्छ ।