डाँडा त पाखा नाङ्गो छ
सत्य त बोल्नेको मुख बाङ्गो छ
बुझ्नेले कुरा नबुझेपछि
मनमा यो कुरा नलिएपछि
जनताले दुः ख पाउने नै भयो
अमेरिकी सेना आउने नै भयो
मकै पिन्दा घुन पर्ने नै भयो
आखिरी नेपाली मर्ने नै भयो ।
बारम्बार गल्ती गरेकै छ,
दलाल विदेशीको पाउमा परेकै छ
सत्ता र कुर्सीको मोहले
देश सिध्यायो फटाहाले
देख्दैन केही वैशामा
भोट हाल्छ सधैं पैसामा
दुःख त जनताले पाउने नै भो
नेपालमा अमेरिकी सेना आउने नै भो ।
एमसीसीले देशमा आगो लाग्यो
हेलिकप्टर चढेर ओली भाग्यो
२३ गते विद्यार्थीको हत्या आगो बल्यो
२४ गते सिंहदरबार सारा जल्यो
अपराधीको टाउको खै गन्यो
देश जलाउनेहरू सांसद बन्यो
देशले आज दुःख पायो
अमेरिकी सेना नेपाल आयो ।
Advertisement