निशान दाहाल ##
Advertisement
महापुरुषको भेलामा
एउटा तिलष्मी माखा
भुनभुनाउँदै थियो
मखमलको आसनमाथि
तुच्छ माखीको मनमौजी विचरणले
पवित्र आसनमा बाधा पुर्याउने कुनै दानवझैँ
भित्र हृदयबाट सङ्घर्षको आवाज
गुनगुनाउँदै थियो
अपसोच !
अपसोच कि क्रोधले जुर्मुरिएर
शस्त्र समातेमा मेरा हात
नैतिकताको जन्जिरले जकडिए
मेरा राता आँखा मूकदर्शक भए
हकिकतमा अहिले त्यही माखी
मेरो मातृभूमिको निधारमा थियो
मेरो मातृभूमिको निधारमा थियो ।