• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

देश र जनताप्रति बफादार पार्टी राजमो


  •   शनिबार, फागुन ३०, २०८२ मा प्रकाशित
  • कृष्णा राना ##

    Advertisement

    यति बेला अमेरिकी साम्राज्यवादले संसारभरि आफ्नो हैकमवादी नीति अगाडि सारेको छ । उसले संसारभरि आक्रमण गरिरहेको छ । गरिब, अविकसित र कमजोर देशमा विकासका नाममा सहयोगको बहाना बनाएर पस्ने र त्यही देशको भूमि प्रयोग गरी आफूभन्दा अगाडि बढ्न लागेका देशमाथि आक्रमण गर्ने उसको अहिलेको मुख्य उद्देश्य रहेको छ ।

    हाम्रा अगाडि यो तथ्य छर्लङ्ग छ– युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई चुनाव जिताएपछि रुस र युक्रेनलाई युद्धमा फसाइयो । इरानमाथि आक्रमण गरी त्यहाँको राष्ट्रपति खोमनीको हत्या गरिसक्यो । अहिले इरानले जहाँ जहाँ अमेरिकी सैनिक बेसक्याम्प छ, त्यहाँ त्यहाँ ध्वस्त पारिरहेको छ । भेनेजुयलामाथि आक्रमण गरी त्यहाँको राष्ट्रपति मादुरोलाई अपहरण गरी आफ्नो कब्जामा लगि डोनाल्ड ट्रम्पले आफूलाई त्यहाँको कार्यवाहक राष्ट्रपति घोषणासमेत गरेका छन् ।

    यी भए अरू देशका घट्ना । अब हाम्रो देश पनि अमेरिकी साम्राज्यवादले बाँकी राख्ने देखिँदैन किनभने छिमेकी देश चीन पनि विश्वमा उदीयमान शक्तिको रूपमा अगाडि बढेको उसले देखिरहेको छ । उसले चीनप्रति पनि गिद्देनजर लगाइसकेको छ । छिमेकीसँग लड्न जति सजिलो नजिकबाट हुन्छ, त्यति सजिलो टाढाबाट हुँदैन । त्यसैले चीनसँग लड्नका लागि उसले हाम्रो भूमि प्रयोग गर्ने उदेश्यले अमेरिकी साम्राज्यवाद अगाडि बढेको छ ।

    यसभन्दा अगाडि उसले नेपाल र नेपालीको हित र विकासका लागि भनि नेपालका दलाल दलहरू नेपाली कङ्ग्रेस, नेकपा (एमाले), तत्कालीन माओवादीलाई प्रयोग गरी एमसिसी संसद्बाट पास गराइसकेको छ । त्यसको अर्को पाटो एसपिपी पास गर्न यहाँका ठुला दलले मान्ने नभएपछि उसले आफ्नै नेतृत्वमा नेपालमा २०७९ सालको चुनावमा रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी दल खडा गर्‍यो र २१ सिट जित्न सफल भएको थियो तर एसपिपी पास गर्न त्यतिखेरका राष्ट्रिय दल भएर मात्र भएनन्, त्यसलाई संसद्बाट पास गर्न बहुमत वा दुईतिहाइ बहुमतको आवश्यकता पर्ने भएकाले उसले मौका कुरिरहेको थियो । ठिक त्यही मौका गत भदौ २३ र २४ गतेको घटनालाई उपयोग गर्न सफल भयो । भदौ २३ र २४ गतेको घटनामा घुसपेठ गरायो र नेपालको ऐतिहासिक सम्पत्तिमा आगोसमेत लगाइयो । त्यसका साथसाथै संसद् विघटन गराइयो र आफ्नो मातहतको सुशीला कार्कीको नेतृत्वमा कठपुतली सरकार गठन गरियो । त्यही कठपुतली सरकारले छ महिनामा संसदीय चुनावको मिति पनि घोषणा गर्‍यो । चुनाव पनि गरायो । उसको जुन प्रकारको योजना थियो, संसद्मा बहुमत वा दुईतिहाई सिट ल्याउने त्यहीअनुरुपको चुनावको परिणाम उसले हात पार्न प्रयास गर्‍यो ।

    यसभन्दा अगाडिका चुनावमा उसको सहयोगमा ठुला कहलिएका दल कङ्ग्रेस, एमाले, माओवादी (हालको नेकपा) ले लज्जास्पद हारको सामना गर्नुपर्‍यो । उनीहरूलाई पनि उसले दल खडा गरेपछि पछाडि पार्‍यो ।

    अब हाम्रा कुरा पनि गरौँ । हामी पनि चुनावमा भाग लियौँ । जनताका घरदैलोमा हाम्रा उम्मेदवार र एजेन्डा जनतालाई बुझाउन हामी पनि लागिपर्‍यौँ तर चुनावको परिणाममा हामी पछाडि पर्‍यौँ । यसभन्दा अगाडिको चुनावमा एक सिट जित्न सफल भएका थियौँ, अहिले त्यो पनि गुमायौँ । चुनावी परिणामको नजरले यो हार दु:खको कुरा हो तर समग्र रूपमा भन्नुपर्दा पनि दु:खको कुरा हो ।

    कस्तो विडम्बना ! देश र जनताका पक्षमा निरन्तर आन्दोलित र सङ्घर्षरत एवम् सडकदेखि सदनसम्म आवाज उठाउने पनि हामी हौँ । चुनावमा पछाडि पर्ने पनि हामी नै हौँ । यस्तो किन भयो भन्दा हाम्रा पार्टी कहिल्यै पनि विदेशी शक्तिकेन्द्रको गोटी बनेको छैन । विदेशी शक्तिकेन्द्रको गोटी नबन्दा पनि हाम्रो पार्टी राष्ट्रिय पार्टी हुन सकेन र चुनावमा पनि हार ब्यहोर्नुपरेको छ ।

    हामीलाई चुनावमा हराउनका लागि प्रतिक्रियावादी त लाग्छन् नै, विदेशी शक्ति केन्द्र झनै साम, दाम, दण्ड, भेद कुनै कसुर बाँकी नराखी लाग्छन् । किन भन्दा हाम्रो पार्टी ठुलो दल भएमा विदेशी शक्तिकेन्द्रको स्वार्थ पूरा हुँदैन ।

    हाम्रा समर्थक, शुभचिन्तक, मतदाता सबैको चिन्ताको विषय पनि आन्दोलन, सङ्घर्षमा हामी अगाडि, चुनावको परिणाममा हामी पछाडि भन्ने ठुलो चिन्ताको विषय बनेको छ । वास्तवमा अझै पनि हाम्रो देशका जनताको चेतनास्तर निम्न रहेको छ । साँच्चै भन्ने हो भने देश र जनताको पक्षमा आवाज उठाउने पार्टी हामी, हामीले नै चुनाव जित्नुपर्ने हो । यसका लागि जनताको चेनता उच्चस्तरमा वृद्धि हुन आवश्यक छ ।

    जनतामा जति चेतनाको कमी हुन्छ, उनी नै विदेशी शक्तिले आफ्नो स्वार्थ सिद्ध गर्दछ । अहिलेको चुनावको परिणामले ठ्याक्कै त्यही बताउँछ । हाम्रो पार्टीले चुनावमा एक सिट नपाए पनि हामीलाई आन्दोलन, सङ्घर्ष गर्न जनताका आवश्यकता र समस्याको आवाज बुलन्द गर्न सडक खाली नै छ । जनतालाई बुझाउँदै जाने हो, जनताका समस्यासँग सहकार्य गर्दै जनतालाई जगाउँदै हामी अगाडि बढ्यौँ भने हाम्रो जित भविष्यमा सुनिश्चित हुनेछ । जसले आउने दिनमा हाम्रो पार्टी पनि ठुलै दलमा परिणत हुनेछ ।

    हामी पार्टीभन्दा माथि उठेर राष्ट्र र राष्ट्रियतालाई जोगाउन देशभक्त नेपालीलाई एकजुट गराउने अभियानमा हाम्रो पार्टी यसभन्दा अगाडिको केपी ओलीको तानाशाही प्रवृत्तिको विरोधमा जसरी सबैलाई एकजुट बनाउन सफल भएको थियो, अहिलेको यो राष्ट्रियतामाथिको सङ्कट हटाउन पनि हाम्रो पार्टीले अग्रपङ्क्तिमा भूमिका खेल्नुपर्दछ । त्यसैमा नै देश र जनताप्रति पार्टी वफादार भएको ठहर्नेछ ।

    शनिबार, फागुन ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी
    घण्टीको उपहार र त्रिपुरेश्वरमा जलिरहेका गणेश

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.