• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अफगानिस्तानको आरोप: पाकिस्तानी हवाई आक्रमणमा सर्वसाधारणको मृत्यु


  •   शुक्रबार, फागुन २९, २०८२ मा प्रकाशित
  • अफगानिस्तान । अफगानिस्तानको तालिबान नेतृत्वको सरकारले शुक्रबार बिहान पाकिस्तानमाथि राजधानी काबुल र दक्षिणी प्रान्त कान्दाहारमा रातभर गरिएको हवाई आक्रमणमा सर्वसाधारणका घरहरूलाई लक्षित गरेको आरोप लगाउँदै कम्तीमा चार जना नागरिक मारिएको जनाएको छ । दुई छिमेकी मुलुकबीच जारी सैन्य तनाव तेस्रो हप्तामा प्रवेश गरेका बेला यस्तो आरोप सार्वजनिक भएको हो ।

    Advertisement

    सरकारी प्रवक्ता जबिहुल्लाह मुजाहिदले सामाजिक सञ्जाल एक्समार्फत पाकिस्तानका विमानहरूले कान्दाहार विमानस्थल नजिक रहेको निजी एयरलाइन्स ‘काम एयर’ सँग सम्बन्धित इन्धन डिपोमा पनि प्रहार गरेको जानकारी दिनुभयो । उहाँका अनुसार उक्त डिपोबाट नागरिक विमानका साथै संयुक्त राष्ट्रसङ्घका उडानहरूलाई समेत इन्धन आपूर्ति हुँदै आएको थियो ।

    यस घटनाबारे पाकिस्तान सरकार वा सेनाले तत्काल कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन् ।
    पछिल्ला हप्ताहरूमा पाकिस्तान र अफगानिस्तानबीच सैन्य तनाव तीव्र बनेको छ । फेब्रुअरीको अन्त्यदेखि दुवै पक्षले एकअर्काका सैन्य प्रतिष्ठानलाई लक्षित गरी आक्रमण गर्दै आएका छन् । काबुलले सीमाक्षेत्रमा भएको पाकिस्तानी आक्रमणको जवाफस्वरूप आफ्ना बलहरूले पाकिस्तानी चौकीहरूमा प्रहार गरेको बताउँदै आएको छ ।

    यता पाकिस्तानले भने आफ्ना कारबाहीहरू पाकिस्तानी तालिबान र सीमावर्ती क्षेत्रमा सक्रिय उनीहरूको समर्थन सञ्जाललाई लक्षित गरी गरिएको दाबी गर्दै आएको छ । अफगानिस्तानले भने त्यस्तो समूहलाई औपचारिक रूपमा मान्यता दिएको छैन ।

    दुवै पक्षले पछिल्ला वर्षहरूकै सबैभन्दा घातक भिडन्त भएको दाबी गर्दै आएका छन् । इस्लामाबादले त हालको अवस्थालाई अफगानिस्तानसँगको ‘खुला युद्ध’ जस्तै परिस्थिति भएको रूपमा व्याख्या गरेको छ ।

    मुजाहिदले आफ्नो वक्तव्यमा पाकिस्तानी आक्रमणहरूले पक्तिया, पक्तिका लगायत विभिन्न प्रान्तका नागरिक क्षेत्र र निर्जन स्थानहरूलाई समेत निशाना बनाएको उल्लेख गर्दै ती आक्रमणहरूको ‘जवाफ नदिइकन नजाने’ चेतावनी दिनुभयो ।

    काबुल प्रहरीका प्रवक्ता खालिद जादरानका अनुसार राजधानीमा भएका आक्रमणका कारण बालबालिकासहित कम्तीमा चार जना सर्वसाधारणको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन् । देशका अन्य भागहरूमा कति क्षति भयो भन्नेबारे स्पष्ट विवरण भने सार्वजनिक भएको छैन ।

    यसैबीच, चीनका विशेष दूत युए सियाओओङ काबुल भ्रमणपछि इस्लामाबाद पुगेको समयमा पनि क्षेत्रीय सुरक्षा र आतङ्कवादी समूहको खतरा मुख्य छलफलको विषय बनेको थियो । अफगानिस्तानका लागि पाकिस्तानका विशेष दूत मोहम्मद सादिकले एक्समा लेख्दै उहाँले चिनियाँ दूतसँग भेटेर तहरीक–ए–तालिबान पाकिस्तान ९टिटिपी० र पूर्वी तुर्किस्तान इस्लामिक आन्दोलन ९इटिआइएम० जस्ता समूहहरूले निम्त्याएको सुरक्षा चुनौतीबारे छलफल गरेको बताउनुभएको छ । दुवैले स्थायी शान्ति र स्थिरताका लागि सामूहिक प्रयास आवश्यक रहेकोमा सहमति जनाएको पनि उहाँले उल्लेख गर्नुभएको छ ।

    अन्तर्राष्ट्रिय समुदायबाट संयम अपनाउन गरिएको बारम्बारको आग्रहले भने अहिलेसम्म खास प्रभाव पार्न सकेको देखिँदैन । पाकिस्तानले यसअघि आफ्ना आक्रमणहरू केवल ‘खवारीज’ नामले सम्बोधन गर्ने प्रतिबन्धित पाकिस्तानी तालिबान लडाकूहरूलाई लक्षित गरिएको दाबी गर्दै आएको छ । इस्लामाबादले अफगानिस्तानको तालिबान सरकारमाथि उक्त समूहलाई शरण दिएको आरोप लगाउने गरेको छ, तर काबुलले त्यसलाई अस्वीकार गर्दै आएको छ ।

    सन् २०२१ मा अफगान तालिबान पुन: सत्तामा फर्किएपछि टिटिपीले पाकिस्तानभित्र र सीमावर्ती क्षेत्रमा आक्रमण बढाएको पाकिस्तानको दाबी छ । इस्लामाबादले अफगान भूभागबाट सञ्चालित टिटिपी र अन्य आतङ्कवादी समूहलाई नियन्त्रण गर्न प्रभावकारी कदम नचालिएसम्म आफ्नो सैन्य कारबाही जारी रहने चेतावनी दिएको छ ।

    हालको सैन्य टकरावले गत अक्टोबरमा कतार र टर्कीको मध्यस्थतामा भएको युद्धविरामसमेत अन्त्य गरिदिएको छ । कतारमा हस्ताक्षर भएको उक्त युद्धविरामपछि इस्तानबुलमा छ दिनसम्म वार्ता भएको थियो, जसले युद्धविराम विस्तार गर्ने र नोभेम्बरमा तेस्रो चरणको वार्ता गर्ने सहमति गराएको थियो । तर पछिल्ला झडपहरूले फेरि दुई छिमेकी मुलुकलाई युद्धको नजिक पुर्‍याएको सङ्केत दिएका छन् ।

    शुक्रबार, फागुन २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.