• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

डिजिटल मिडिया र नेपालको क्रान्तिकारी आन्दोलन


  •   बिहिबार, फागुन २८, २०८२ मा प्रकाशित
  • गणेश अधिकारी

    Advertisement

    २१औँ शताब्दीको वर्तमान अवस्थामा विश्व साम्राज्यवादले आफ्‌नो प्रभुत्व विस्तार गर्ने तरिका परिवर्तन गरेको छ। विगतमा उपनिवेश विस्तार र संसाधन दोहनका लागि मुख्य रूपमा सैन्य हस्तक्षेप प्रयोग गरिन्थ्यो । तर आज त्यो स्वरूप बदलिएको छ । अहिले सूचना र सञ्चार प्रविधिको प्रयोगमार्फत जनमत नियन्त्रण गर्ने, राष्ट्रहरूको आन्तरिक राजनीति प्रभावित पार्ने र क्रान्तिकारी आन्दोलनहरूलाई कमजोर बनाउने प्रयास तीव्र रूपमा भइरहेको छ । यो एउटा सूचना साम्राज्यवाद को नबिन रूप हो ।

    अमेरिका केन्द्रीत गुगल, फेसबुक, ट्विटर, युट्युब र टिकटकजस्ता डिजिटल प्लेटफर्महरू आज विश्वभरको जनमत निर्माणमा प्रभाव पार्ने प्रमुख माध्यम बनेका छन्। बाहिरबाट हेर्दा यी प्लेटफर्महरूले स्वतन्त्रता र अभिव्यक्तिको प्रवद्र्धन गरेको देखिए पनि व्यवहारमा तिनको सञ्चालन ठूलो पूँजी र शक्तिशाली राजनीतिक हितसँग जोडिएको हुन्छ। कतिपय अवस्थामा साम्राज्यवादविरुद्धका सामग्रीहरू सीमित पहुँचमा राखिने, हटाइने वा व्यापक रूपमा नदेखाइने प्रवृत्ति पनि देखिन्छ। यसले डिजिटल प्लेटफर्महरू पूर्ण रूपमा तटस्थ छैनन् भन्ने कुरा प्रष्ट पार्छ ।

    नेपालमा पनि कम्युनिस्ट आन्दोलनका विकास र विस्तारका लागि डिजिटल मिडिया चुनौती र अवसर दुबैका रूपमा उपस्थित छ। एकातिर यसलाई विभिन्न शक्तिहरूले जनतालाई भ्रमित गर्न, क्रान्तिकारी नेतृत्वलाई बदनाम गर्न र वैचारिक भ्रम फैलाउन प्रयोग गर्ने प्रयास गरेका छन् । अर्कोतिर, यसलाई वैज्ञानिक र सचेत दृष्टिकोणले प्रयोग गर्न सकियो भने जनतामा चेतना फैलाउने, वैचारिक बहसलाई विस्तार गर्ने र संगठनलाई बलियो बनाउने प्रभावकारी माध्यम बन्न सक्छ ।

    नेपाल जस्तो भौगोलिक रूपमा विकट र सांस्कृतिक रूपमा विविध मुलुकमा डिजिटल मिडियाको पहुँच तीव्र रूपमा बढिरहेको छ । हिमाली जिल्लादेखि तराईका बजारसम्म मोबाइल इन्टरनेट फैलिएको छ र युवा पुस्ता सामाजिक सञ्जालमा सक्रिय हुँदै गएको छ । यस्तो अवस्थामा डिजिटल मिडियालाई बेवास्ता गर्नु भनेको आन्दोलनको एउटा महत्वपूर्ण मोर्चालाई नै उपेक्षा गर्नु हो ।

    यसकारण नेपालका कम्युनिस्ट पार्टी र तिनका नेता–कार्यकर्ताले डिजिटल मिडियालाई रणनीतिक दृष्टिले बुझ्न आवश्यक छ । कार्यकर्ताहरूलाई प्रशिक्षण कार्यक्रम र शिविरहरूमा डिजिटल मिडियाको वर्गीय विश्लेषण बुझाउनु अहिलेको आवश्यकता बनेको छ । कुन सामाजिक सञ्जाल कसको स्वामित्वमा छ, तिनका एल्गोरिदम कसरी काम गर्छन् र ती प्रणालीहरूले जनमत निर्माणलाई कसरी प्रभावित पार्छन् भन्ने विषयमा स्पष्ट हुन बुझाइ आवश्यक छ । धेरै सामाजिक सञ्जालका एल्गोरिदमहरू प्रयोगकर्तालाई लामो समयसम्म प्लेटफर्ममा राख्ने उद्देश्यले बनाइएका हुन्छन् । त्यसैले विभाजनकारी, आक्रामक वा सनसनीपूर्ण सामग्रीहरूलाई धेरै प्राथमिकता दिइन्छ । यस्तो प्रवृत्तिले समाजमा ध्रुवीकरण बढाउन सक्छ र सकारात्मक बहसलाई कमजोर बनाउन सक्छ । त्यसैले सामाजिक सञ्जाल प्रयोग गर्दा सचेत र जिम्मेवार दृष्टिकोण आवश्यक हुन्छ ।

    पार्टीका नेतृत्व तह, बौद्धिक व्यक्तित्वहरू तथा जनसंगठनका नेता कार्यकर्ताहरूले पनि सार्वजनिक बहस, अन्तर्वार्तालाई सामाजिक सञ्जालमार्फत र डिजिटल प्लेटफर्मको प्रर्योग गरी वैचारिक बहस जनताको माझमा लानको लागी पनि यो एक महत्वपूर्ण मोर्चा हो ।

    यसका लागि पार्टीहरूले स्पष्ट डिजिटल रणनीति निर्माण गर्नु आवश्यक छ। कस्तो सामग्री उत्पादन गर्ने, कुन भाषामा प्रस्तुत गर्ने, कुन प्लेटफर्मलाई प्राथमिकता दिने र कसरी डिजिटल अभियान सञ्चालन गर्ने भन्ने विषयमा योजनाबद्ध रूपमा काम गर्नुपर्छ ।

    आजको विश्वमा प्रभुत्व कायम राख्न शक्तिशाली देशहरूले विभिन्न माध्यम प्रयोग गर्छन् । सैन्य शक्ति, आर्थिक दबाब, कूटनीतिक प्रभाव र सूचना नियन्त्रण गर्ने जस्ता मध्ये प्रमुख साधन हुन् । यीमध्ये सूचना नियन्त्रण सबैभन्दा प्रभावकारी र सस्तो साधन बन्न थालेको छ । डिजिटल प्लेटफर्ममार्फत सांस्कृतिक प्रभाव विस्तार गर्ने, जीवनशैलीलाई आदर्शका रूपमा प्रस्तुत गर्ने र स्थानीय संस्कृतिलाई कमजोर पार्ने प्रयास पनि देखिन्छ । यसलाई कतिपयले सांस्कृतिक साम्राज्यवादको रूपमा पनि व्याख्या गरेका छन्।सामाजिक सञ्जालका एल्गोरिदमहरू कहिलेकाहीँ पुँजीवादी र उपभोक्तावादी सामग्रीलाई बढी प्राथमिकता दिने र वैचारिक सामग्रीलाई सीमित गर्ने प्रवृत्तिसँग पनि जोडिएका हुन्छन्। यस्तो अवस्थामा वैकल्पिक विचार प्रस्तुत गर्ने शक्तिहरूले अझ व्यवस्थित र रचनात्मक रूपमा डिजिटल माध्यम प्रयोग गर्नुपर्ने आवश्यकता हुन्छ।विश्वका विभिन्न राजनीतिक घटनाहरूमा सामाजिक सञ्जालको प्रभाव देखिएको छ। अरब स्प्रिङदेखि अन्य धेरै आन्दोलनहरूमा डिजिटल मिडियाले जनतालाई संगठित गर्न भूमिका खेलेको थियो। तर त्यही माध्यम गलत सूचना फैलाउने र भ्रम सिर्जना गर्ने उपकरण पनि बन्न सक्छ। आजकल एआई र डीपफेक प्रविधिको प्रयोग गरेर भ्रामक सामग्री निर्माण गर्ने प्रवृत्ति पनि बढ्दो छ। यसले राजनीतिक नेतृत्व र संस्थामाथिको विश्वास कमजोर बनाउन सक्छ। नेपालमा पनि यस्ता जोखिमहरू देखिन थालेका छन् । यस्ता परिस्थितिलाई सामना गर्न डिजिटल सचेतना आवश्यक छ ।

    क्रान्तिकारी शक्तिहरूले डिजिटल माध्यमलाई केवल प्रतिक्रियात्मक रूपमा होइन, रचनात्मक रूपमा प्रयोग गर्नुपर्छ । तथ्यमा आधारित सामग्री, वैचारिक लेख, भिडियो, अन्तर्वार्ता र बहस कार्यक्रमहरू उत्पादन गरेर जनतासम्म निरन्तर संवाद कायम राख्नुपर्छ । जनतालाई सचेत बनाउनु कुनै पनि क्रान्तिकारी आन्दोलनको मूल कर्तव्य हो। डिजिटल युगमा यो कार्य अझ महत्वपूर्ण भएको छ। पुरानो शैलीको प्रचार भाषण, पर्चा र सभाहरु महत्वपूर्ण भए पनि आज त्यसलाई डिजिटल माध्यमसँग जोड्न आवश्यक छ। गाउँमा भएको सभा, आन्दोलनका गतिविधि, वैचारिक बहस र नेतृत्वका विचारहरूलाई डिजिटल प्लेटफर्ममार्फत व्यापक बनाउनु आवश्यक छ ।

    नेपालको भाषिक र सांस्कृतिक विविधतालाई ध्यानमा राखेर सामग्री उत्पादन गर्नु पनि महत्वपूर्ण छ। नेपाली मात्र होइन, मैथिली, भोजपुरी, थारु, नेवारी लगायत विभिन्न भाषामा सामग्री उत्पादन गर्दा विभिन्न समुदायसँग संवाद गर्न सजिलो हुन्छ।युवा पुस्तालाई आकर्षित गर्न डिजिटल शैली पनि परिवर्तन गर्न आवश्यक छ। व्यंग्यात्मक सामग्री, छोटा भिडियो, मिम (व्यंग्यात्मक) तथा रचनात्मक सामग्रीले पनि वैचारिक सन्देश फैलाउन सहयोग गर्न सक्छन।
    इतिहासमा हरेक पार्टी वा नेतृत्वले तात्कालिन समयमा आफ्‌नो संघर्षको शैली र साधन निर्धारण गरेका थिए । मार्क्स र एंगेल्सले लेखन र पुस्तकमार्फत विचार फैलाए। लेनिनले ”इस्क्रा’ पत्रिकामार्फत क्रान्तिकारी संगठन निर्माण गरे। माओले साहित्य र सांस्कृतिक आन्दोलनलाई जनतासँग जोडेर आन्दोलन विस्तार गरे ।

    आजको समयमा डिजिटल मिडिया पनि संघर्षको महत्वपूर्ण क्षेत्र बनेको छ। युवा पुस्ता दैनिक रूपमा सामाजिक सञ्जालमा धेरै समय बिताइरहेको छ। यदि राजनीतिक शक्तिहरू त्यहाँ उपस्थित छैनन् भने उनीहरू जनतासँगको संवादबाट टाढा हुन सक्छन् । डिजिटल मिडिया केवल प्रचारको साधन मात्र होइन, वैचारिक प्रभाव निर्माण गर्ने महत्वपूर्ण माध्यम पनि हो। यसमार्फत विश्वभरका क्रान्तिकारी शक्तिहरूसँग संवाद र अनुभव आदान प्रदान गर्न पनि सम्भव हुन्छ ।

    आजको सूचना युद्धको युगमा तटस्थता भन्ने कुरा धेरै हदसम्म सम्भव छैन। जसले सूचना प्रवाहको महत्व बुझ्छ र त्यसलाई रणनीतिक रूपमा प्रयोग गर्न सक्छ, ऊ नै प्रभावशाली बन्न सक्छ । यसकारण डिजिटल मिडियाको गहिरो विश्लेषण गर्दै त्यसलाई सचेत, रचनात्मक र योजनाबद्ध रूपमा प्रयोग गर्नु आजको आवश्यकता हो । जनतालाई सही सूचना दिनु, भ्रामक प्रचारको खण्डन गर्नु र वैचारिक बहसलाई विस्तार गर्नु डिजिटल युगको महत्वपूर्ण जिम्मेवारी हो ।

    लेनिनको एउटा प्रसिद्ध भनाइ छ “क्रान्ति त्यहीँ हुन्छ जहाँ क्रान्तिकारीहरू सक्रिय हुन्छन्।” आजको समयमा त्यो सक्रियता सडकमा मात्र होइन, डिजिटल क्षेत्रमा पनि आवश्यक छ । किनकि अबको राजनीतिक र वैचारिक संघर्ष भौतिक मैदानसँगै डिजिटल संसारमा पनि सरिसकेको छ । तसर्थ त्यहाँ पनि क्रान्तिकारीहरुले लढ्न जरुरी छ ।

    बिहिबार, फागुन २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी
    घण्टीको उपहार र त्रिपुरेश्वरमा जलिरहेका गणेश

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.