नवराज पौडेल कपिलवस्तु ।
नेपाल टेलिकम वर्कर्स युनियन पश्चिम क्षेत्रीय निर्देशनालय भैरहवाले २९ औं बार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको छ । नेपाल टेलिकम वर्कर्स युनियन पश्चिम क्षेत्रीय निर्देशनालयले २९ औं बार्षिक उत्सवको उपलक्ष्यमा नेपाल अविनास अनाथ आश्रममा खाद्यन्न सामाग्री वितरण गरेको छ । तिलोत्तमा नगरपालिका २० कोटिहवा रुपन्देहीमा रहेको आश्रममा खाद्यन्न सामाग्री वितरण गरिएको हो ।
कार्यक्रममा युनियनका कार्यबहाक अध्यक्ष शिव शर्मा र प्रमुख अतिथी शंकर विकद्धारा आश्रमका अध्यक्ष कृष्ण प्रसाद ज्ञवालीलाई रु १५,०००(पन्ध्र हजार) बराबरको अति आवस्यक खाद्यन्नका सामाग्रीहरु हस्तान्तरण गरिएको कार्यबहाक अध्यक्ष शिव शर्माले जानकारी दिनु भएको छ । युनियनको तर्फबाट युनियनकै खर्चमा १ लाईन टेलिफोन समेत जडान गरिएको उहांले बताउनु भयो ।
कार्यक्रम युनियनका कार्यबहाक अध्यक्ष शिव शर्माको सभापतित्व, नेपाल सार्वजनिक संस्था कर्मचारी संघका केन्द्रीय उपाध्यक्ष शंकर विकको प्रमुख आतिथ्यता पश्चिम क्षेत्रीय निर्देशनालय भैरहवाका निमित्त निर्देशक भगवानराम कलवारको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।