• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

पाकिस्तानमा इन्धनको अभाव, मूल्य बढ्ने डर कायम


  •   बुधबार, फागुन २७, २०८२ मा प्रकाशित
  • शेखुपुरा, २७ फागुन । पाकिस्तानमा इन्धन अभावको चिन्ता बढ्दै गएको छ । देशभर इन्धन ढुवानी गर्ने ट्याङ्कर चालकहरूले डिपोमा इन्धन उपलब्ध नभएकाले ट्याङ्करहरू लामो समयसम्म रोकिएको बताएका छन् । तर सरकारले भने इन्धनको मूल्य फेरि तत्काल बढ्ने सम्भावनालाई कम आँक्दै स्थिति नियन्त्रणमा रहेको जनाएको छ ।

    Advertisement

    मध्यपूर्व क्षेत्रमा बढेको युद्ध र तनावका कारण तेल तथा ग्यास आपूर्तिमा अवरोध सिर्जना भएको छ । यसले विश्व बजारमा तेलको मूल्य बढाउन थालेको छ भने विभिन्न देशहरू ऊर्जा आपूर्ति सुनिश्चित गर्न सङ्घर्षरत देखिएका छन् । यही असर पाकिस्तानमा पनि देखिन थालेको छ ।

    पंजाब प्रान्तको राजधानी लाहोर नजिकका इन्धन डिपोहरूमा दर्जनौं ट्यांकरहरू सडक किनारमा पार्क गरिएका देखिएका छन् । ती ट्याङ्करहरू देशका विभिन्न भागमा पेट्रोल र डिजेल पुर्‍याउने काम गर्छन् । तर डिपोहरूमा पर्याप्त इन्धन नहुँदा चालकहरू लामो समयसम्म त्यहीँ रोकिन बाध्य भएका छन् ।

    एक ट्याङ्कर चालक अब्दुल शकूरले पछिल्ला चार दिनदेखि डिपोमा पेट्रोल उपलब्ध नभएको बताउनुभयो । उहाँका अनुसार डिपो खाली रहेको कारण ट्यांकरहरू इन्धन लिन नसकी थन्किएका छन् । उहाँले इरानतर्फको सीमा बन्द भएको जानकारी पाएको पनि बताउनुभयो, जसका कारण आपूर्तिमा थप समस्या आएको हुनसक्ने अनुमान गरिएको छ ।

    पाकिस्तानले आफ्नो अधिकांश तेल र ग्यास खाडी क्षेत्रका देशहरूबाट आयात गर्ने गर्छ । मध्यपूर्वमा बढेको सङ्कटका कारण इन्धन बोकेका जहाजहरूको सुरक्षा सुनिश्चित गर्न यस साता नौसैनिक सुरक्षासहित समुद्री मार्गबाट ढुवानी गरिएको बताइएको छ ।

    गत साता पाकिस्तान सरकारले पेट्रोलियम पदार्थको मूल्य करिब बीस प्रतिशतले बढाएको थियो । मूल्यवृद्धिपछि देशभरका पेट्रोल पम्पहरूमा लामो लाइन लागेको थियो भने धेरै स्थानमा मानिसहरूले एकैपटक ठूलो मात्रामा इन्धन किन्ने प्रयास गरेका थिए ।

    पेट्रोलियममन्त्री अली परवेज मलिकले मंगलबार प्रसारित एक अन्तर्वार्तामा तत्काल इन्धनको मूल्यमा ठूलो परिवर्तन नहुने बताउनुभयो । उहाँले सरकारले आपूर्ति व्यवस्थापन गर्न आवश्यक कदम चालिरहेको पनि बताउनुभयो ।

    यसैबीच प्रधानमन्त्री शहबाज शरीफले इन्धन बचत गर्न विभिन्न मितव्ययी उपायहरू घोषणा गर्नुभएको छ । सरकारी कर्मचारीको कार्यसप्ताह चार दिनमा सीमित गर्ने, केही समयका लागि विद्यालय बन्द गर्ने जस्ता निर्णयहरू लागू गरिएको छ, जसबाट इन्धन खपत कम गर्ने लक्ष्य राखिएको छ ।

    तर ट्याकर चालकका सहायक मझर महमूदले डिपोमा अझै इन्धन उपलब्ध नभएको बताउनुभयो । उहाँका अनुसार चालकहरू बुधबार पनि डिपो पुगेका थिए, तर कर्मचारीहरूले इन्धन नआएको जानकारी दिनुभएको छ ।

    उहाँहरूलाई इन्धन आउन अझै पाँचदेखि छ दिन लाग्न सक्ने भनिएको छ । महमूदका अनुसार देशको अवस्था राम्रो देखिएको छैन र पेट्रोल अभावकै कारण धेरै ट्याङ्करहरू सडक किनारमै पार्क गरिएका छन् ।

    विश्लेषकहरूका अनुसार मध्यपूर्वमा जारी तनाव लामो समयसम्म जारी रहेमा पाकिस्तान लगायत ऊर्जा आयातमा निर्भर देशहरूमा इन्धन आपूर्ति र मूल्यमा थप दबाब पर्न सक्ने सम्भावना रहेको छ ।

    बुधबार, फागुन २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.