• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सियोल–वासिङ्टन सैन्य अभ्यासप्रति उत्तर कोरियाको कडा चेतावनी


  •   मङ्गलबार, फागुन २६, २०८२ मा प्रकाशित
  • सियोल, २६ फागुन । उत्तर कोरियाका नेता किम जोङ उनकी प्रभावशाली बहिनी किम यो जोङले दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले सुरु गरेको संयुक्त सैन्य अभ्यासले ‘अकल्पनीय रूपमा भयानक परिणाम’ निम्त्याउन सक्ने चेतावनी दिएका छन् ।

    Advertisement

    मंगलबार सार्वजनिक गरिएको वक्तव्यमा उनले सियोल र वासिङ्टनले सञ्चालन गरिरहेको वार्षिक सैन्य अभ्यासलाई गम्भीर उक्साहटका रूपमा व्याख्या गर्दै यसले कोरियाली प्रायद्वीपमा थप तनाव निम्त्याउने बताए ।

    दक्षिण कोरिया र अमेरिकाले सोमबारदेखि आफ्‌नो वसन्तकालीन सैन्य अभ्यास ‘फ्रिडम सिल्ड’ सुरु गरेका छन् । यो अभ्यास मार्च १९ सम्म सञ्चालन हुने बताइएको छ ।

    दक्षिण कोरियाका करिब १८ हजार सैनिक यसमा सहभागी हुने जानकारी दिइएको छ, तर कति अमेरिकी सैनिक सहभागी छन् भन्ने विवरण भने सार्वजनिक गरिएको छैन ।

    सन् १९५० मा छिमेकी दक्षिण कोरियामाथि आक्रमण गरी कोरियाली युद्ध सुरु गरेको आणविक हतियार सम्पन्न उत्तर कोरियाले यस्ता संयुक्त सैन्य अभ्यासहरूलाई लामो समयदेखि आफ्‌नो देशमाथि आक्रमण गर्ने तयारीको अभ्यासका रूपमा आरोप लगाउँदै आएको छ ।

    किम यो जोङको भनाइ प्योङयाङस्थित सरकारी सञ्चार माध्यम कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) ले उद्धृत गरेको हो । उहाँले यस्तो अभ्यासले ‘अकल्पनीय रूपमा भयानक परिणाम निम्त्याउन सक्ने’ चेतावनी दिँदै क्षेत्रीय सुरक्षामा थप अस्थिरता आउन सक्ने संकेत गर्नुभयो ।

    उहाँ हालै उत्तर कोरियाको सत्तारूढ वर्कर्स पार्टीको सामान्य मामिला विभागको प्रमुख पदमा पदोन्नति हुनुभएको छ । विश्लेषकहरूले यस पदलाई पार्टी महासचिवसरह प्रभावशाली जिम्मेवारी भएको मान्ने गरेका छन् ।

    उहाँको प्रतिक्रिया त्यतिबेला आएको हो जतिबेला उहाँका दाजु किम जोङ उनले हालै सियोलले अघि सारेका शान्ति पहलहरूलाई ‘असङ्गत भ्रामक प्रहसन’ भन्दै अस्वीकार गरेका थिए । उहाँले उत्तर कोरियाको दक्षिण कोरियासँग ‘कुनै व्यापारिक लेनदेन छैन’ भन्ने धारणा पनि व्यक्त गरे ।

    किम यो जोङले संयुक्त सैन्य अभ्यासलाई विश्वव्यापी अस्थिरताको संवेदनशील समयमा भइरहेको कदमका रूपमा चित्रण गरेका छन् । उनका अनुसार विश्व सुरक्षा संरचना तीव्र गतिमा कमजोर बन्दै गएको छ र विभिन्न क्षेत्रहरूमा युद्धका घटनाहरू बढिरहेका छन् ।

    उनले अहिलेको अवस्था ‘अन्तर्राष्ट्रिय बदमाशहरूको लापरवाह कार्य’ का कारण सिर्जना भएको आरोप लगाए ।

    प्योङयाङले हालै इरानमाथि अमेरिका र इजरायलले गरिरहेको आक्रमणलाई पनि ‘अवैध आक्रमण’ भन्दै कडा शब्दमा निन्दा गरेको छ । उत्तर कोरियाले त्यस घटनाले अमेरिकाको ‘दुष्ट प्रकृति’ उजागर गरेको दाबी गरेको छ ।

    उत्तर कोरिया र संयुक्त राज्य अमेरिका दशकौँदेखि राजनीतिक र सैन्य रूपमा विरोधी रहेका छन् । यद्यपि पछिल्ला महिनाहरूमा वासिङ्टनले प्योङयाङसँग उच्चस्तरीय वार्ता पुनः सुरु गर्न पहल गरिरहेको संकेत देखिएको छ ।

    कतिपय रिपोर्ट र विश्लेषकहरूले यस वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच सम्भावित शिखर सम्मेलनको सम्भावना पनि औँल्याएका छन् ।

    लामो समयसम्म ती प्रस्तावहरूलाई बेवास्ता गर्दै आएका किम जोङ उनले गत महिना भने वासिङ्टनले उत्तर कोरियाको आणविक हैसियत स्वीकार गरेमा दुई देश ‘सँगै बस्न सक्ने’ बताएका थिए ।

    मङ्गलबार, फागुन २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • २.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ३.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ४.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ५.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ६.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ७.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ८.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.