कुरा काट्नेहरू समाजमा खुसुखुसु हल्ला गरि रहन्छन् ।
बनेको संरचना मुसाले जस्तै धुजाधुजा पारि रहन्छन् ॥
ईष्या, डाहा पोख्दै गुट उपगुटको खेलमा सधै मस्त हुन्छन् ।
समाज ध्वंस्त पार्ने यस्तै अभिष्ट पुरा गर्ने चाटुकार हुन्छन् ॥
अरुको कुरा काट्ने यत्रतत्र सर्वत्र सधै बिगार्ने गर्छन्।
राम्रो गर्नेका विरुद्ध सधै प्रहार गर्ने यस्तै कुचेष्टा गर्छन् ॥
आफु राम्रो बन्न खोज्छ अरुलाई नराम्रो भन्ने उनको नियत हुन्छ।
आफुले सिन्को नभाच्ने अरुको कामै मन नपार्ने चरित्र हुन्छ ॥
राम्रो नराम्रो छुट्टाउनै नसक्ने अन्धानुकरण अर्कैको गर्ने।
योगदान र सदभाव न बुझ्ने आशंका को नै सधै खेती गर्ने॥
आफु सधै दुलाभित्र बसेर स्वणीम संसारको विरोध गर्ने।
चरित्र त्यस्तै नअरुले गरेको देख्न सक्ने नआफैले नै गर्ने॥
कुरा काट्नेले बिगार्छ रिस्ता नाता गाउँ समाज र देश पनि।
झुटलाई पनि सत्य देखाउछ भताभुङ्ग पार्छ समाज पनि॥
बेलैमा चिनौ कुरौटेहरूलाई नत्र बेहोर्नु पर्ला ठुलै क्षेती।
दर्शन र कुटनीतिको पर्दामा लुक्छ कुरौटेको झुटको खेती ॥